• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

समर्थन फिर्ता लिन केन्द्रको निर्देशन पर्खिंदै माओवादी


  •   मङ्गलबार, फागुन २२, २०८० मा प्रकाशित
  • कास्की । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्ना २ जना मन्त्री बर्खास्त् गरेपछि गण्डकीमा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने तयारी गरेको छ ।

    Advertisement

    मुख्यमन्त्री पाण्डेले मंगलबार बिहान सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम गुग्जालीलाई पदमुक्त गरेका थिए ।

    नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता तयारी गरिरहेको सुनाए । तर, एक्लै सरकार बन्न सक्ने अवस्था नभएकाले साझेदार अन्य दलसँग पनि सल्लाह भइरहेको उनले बताए ।

    ‘अब हामीले समर्थन फिर्ता लिने नै हो । हामीहरुले लिएमात्रै पनि हुन्थ्यो । तर, सरकारमा एक्लै जान सक्ने स्थिति पनि छैन’, चुमानले अनलाइनखबरसँग भने, ‘अन्य दलहरुसँग पनि सल्लाह गरिराखेका छौं ।’

    आफूहरु केन्द्रको आधिकारिक निर्णय पर्खेर बसेको र निर्देशन आउनासाथ समर्थन फिर्ता लिएर दाबी गर्न जाने बताए । ‘केन्द्रको केही नीतिगत निर्णय बाँकी छ । त्यो निर्णय भयो भने समर्थन फिर्ता लिने हो’, उनले भने ।

    समर्थन फिर्ता लिने सन्दर्भमा पार्टीभित्रै पनि छलफल भइरहेको तर, औपचारिक रुपमा संसदीय दलको बैठक बसिनसकेको चुमानले जानकारी दिए ।

    गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने पालो यो पटक माओवादीको रहेको दाबीसमेत चुमानले गरेका छन् । ‘एउटा अर्कोसँग नजोडिइकन सरकार बन्ने स्थिति त छैन । हामीले अहिलेसम्म इमान्दारितापूर्वक सरकार बनाउन सहयोग गर्दै आयौं’, उनले भने, ‘यसपटक त्यस्तै इमान्दारिता अरु दलले देखाउनुपर्‍यो । हाम्रो अपेक्षा त्यही हो ।’

    गण्डकीमा नयाँ सत्ता समीकरण बनाउन एमाले र माओवादी केन्द्रलाई सहज भने छैन । ६० सदस्यीय गण्डकी प्रदेशसभामा नेकपा एमालेको २२ र माओवादी केन्द्रको ८ सांसद छन् । बहुमतका लागि कम्तीमा ३१ सांसदको समर्थन आवश्यक हुन्छ ।

    सभामुख कृष्ण धिताल माओवादी केन्द्रबाटै निर्वाचित भएका हुनाले उनले सरकार गठनमा सहभागी हुन पाउँदैनन् । माओवादी र एमालेका गरी जम्मा २९ सांसद मात्र पुग्छन्, जुन नयाँ सरकार गठनका लागि पर्याप्त होइन ।

    सरकारका बहुमत पुर्‍याउन २ सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्णायक बन्ने देखिएको छ । तर, राप्रपा सत्ता समीकरणमा सहभागी नभएकाले गण्डकीमा सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार ढले पनि तत्काल सरकार गठन गर्न सहज छैन ।

    नेकपा माओवादी संसदीय दलका नेता चुमानले राप्रपालाई सरकारमा ल्याउन पहल भइरहेको र नयाँ सत्ता समीकरणलाई समर्थन गर्ने दाबी गरे । ‘राप्रपा सरकारमा आउँछ । संघको सन्दर्भमा एउटा कुरा हुन्छ, प्रदेशको सन्दर्भमा अर्को हुन्छ’, उनले भने, ‘प्रदेशमा भने भिन्नभिन्न स्थिति छ ।’

    गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसको २७ र नेकपा समाजवादी पार्टीको १ जना सांसद छन् ।

    मङ्गलबार, फागुन २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer