• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, जेठ २८, २०८३
☰
बिहिबार, जेठ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बागमतीमा विदेश भ्रमणमा रहेका २ मन्त्री कुर्दै कांग्रेस


  •   मङ्गलबार, फागुन २२, २०८० मा प्रकाशित
  • हेटौंडा । नयाँ सत्ता समीकरण बनेपछि बागमती प्रदेशमा कसरी नयाँ सरकार गठन गर्ने भन्नेमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा अन्योलमा परेका छन् ।

    Advertisement

    सरकार र प्रतिपक्षमा रहँदा यी दुई दलबीच हाल हार्दिक सम्बन्ध पनि छैन । बजेटमा आफ्ना योजना नसमेटेको भन्दै एमाले माओवादी नेतृत्वको सरकारसँग रुष्ट छ, त्यसैले केन्द्रमा नयाँ समीकरण बने पनि यी दुई दलबीच छलफल सुरु भएको छैन ।

    मुख्यमन्त्री शालिकराम जम्कट्टेल पार्टी अध्यक्ष तथा प्रधानमनत्ती पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न काठमाडौं गएका छन् । बागमतीका एमाले नेताहरु पनि काठमाडौंमा छलफलमा जुटेका छन् । ‘केन्द्रको स्पष्ट निर्णय आएमा काठमाडौंमै छलफल हुन सक्छ’, एमालेका एक प्रदेशसभाा सदस्यले भने ।

    एमाले संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले माओवादीसँग संवाद अगाडि नबढेको र केन्द्रको निर्णयपछि मात्रै छलफल सुरु हुने बताए ।

    चालु आर्थिक वर्ष २०८०÷८१ को बजेटमा विपक्षी दलका सांसदका योजना समावेश नगरेको भन्दै एमाले सरकारसँग रिसाएको छ । एमालेले संसदमा अवरोध गर्ने तयारी गरेपछि १७ फागुनमा बजेट विवाद सुल्झाउन संसदीय विशेष समिति गठन गरिएको छ । गठबन्धनमा फेरबदल आएसँगै एमाले प्रतिपक्षबाट सत्तापक्षको कित्तामा आएपछि परिस्थिति फेरिएको छ ।

    एमाले–माओवादीको मात्र पुग्दैन बहुमत

    केन्द्रमा नयाँ समीकरणमा रहेका एमाले, माअ‍ोवाद्यी राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीमध्ये बागमती प्रदेशसभामा एमाले र माओवादी मात्र छन् । प्रदेशसभामा यी दुई दलको मात्र बहुमत पुग्दैन ।

    अब कुन–कुन दललाई गठबन्धनमा सामेल गर्ने भन्नेबारे चर्चा सुरु भएको हो । ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सदस्य छन् ।

    एमाले र माओवादीको कुल सांसद संख्या ४८ छन्, प्रदेशसभामा बहुमत पु¥याउन उनीहरुलाई थप ८ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ ।

    एकीकृत समाजवादीलाई गठबन्धनमा सहभागी गराउँदा पनि आवश्यक बहुमत पुग्दैन । त्यसपछि पनि उनीहरुले कम्तीमा हाम्रो नेपाली पार्टी वा नेपाल मजदुर किसान पार्टीको समर्थन खोज्नुपर्छ ।

    कांग्रेसका दुई मन्त्री विदेशमा

    सत्ता समीकरण फेरबदल हुँदा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा र खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा बिदेशमा छन् ।

    पार्टीले आयोजना गरेको विभिन्न कार्यक्रमहरुमा सहभागी हुन उनीहरु सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनासँगै १३ फागुनमा विदेश भ्रमणमा गएका उद्योग, वाणिज्य, भुमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले जानकारी दिएका छन् । उनीहरु स्पेन, फ्रान्स, पोर्चुगलसहित ५ देशको भ्रमणपछि स्वदेश फर्किनेछन् ।

    ‘उहाँहरु एकदुई दिनमै आउनु हुन्।’, उनले भने । कांग्रेस संसदीय दलका नेता लामा फर्किए लगत्तै बागमतीमा कांग्रेसले छलफल गरेर निर्णय लिने मन्त्री चित्रकारको भनाइ छ । प्रदेश सरकारमा कांग्रेसका ६ जना मन्त्री छन् ।

     

    मङ्गलबार, फागुन २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer