• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, जेठ २८, २०८३
☰
बिहिबार, जेठ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

केपी ओली,”अब मिलौँ”, माधव नेपाल,”मैले पनि त्यही भन्दै आएको हो नि!”


  •   बुधबार, फागुन २३, २०८० मा प्रकाशित
  • काठमाडौं । नयाँ गठबन्धन अघि बढाएपछि मंगलबार साँझ नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पुगे, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली।

    Advertisement

    सोमबारबाट सुरु भएको नयाँ गठबन्धनमा सामेल हुने आग्रहसहित उनीहरू नेपालको निवासमै पुगेका थिए।

    कांग्रेससँगको गठबन्धन तोडेर एकाएक नयाँ गठबन्धन बनाएका ओली–प्रचण्ड प्रदेशमा पर्न सक्ने संकट टार्नका लागि माधवलाई फकाउने कसरतमा जुटेका हुन्।

    ओलीले आफ्ना विश्वासपात्रहरू उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई पनि संगै लिएर गएका थिए।

    उता, एकीकृत समाजवादीका तर्फबाट महासचिव घनश्याम भुसाल र उपाध्यक्ष प्रमेश हमाल सहभागी थिए। प्रचण्डले आफ्नो पार्टीका तर्फबाट कोही नेता लगेका थिएनन्।

    उनीहरूबीच दुई घन्टा लामो छलफल भयो। ६ बजेर ३८ मिनेटमा सुरु भएको त्यो वार्ता ८ बजेर ३५ मिनेटसम्म चलेको थियो।

    केही दिनदेखि रुघाखोकी र ज्वरोका बिरामी परेका नेपाललाई पुग्नेबित्तिकै ओलीले स्वास्थ्यलाभको कामना गरे।

    खासमा लामो समयसम्म राजनीतिक सहकार्य गरेका यी दुई नेताबीच पछिल्लो समय राम्रो सम्बन्ध थिएन। नेकपा विभाजनसँगै राजनीतिक रुपमा दुई ध्रुवमा विभाजित भएपछि उनीहरू एकले अर्काको उछितो काढ्ने प्रतिस्पर्धा नै चल्थ्यो।

    मंगलबार साँझको यो भेटपछि भने अब नयाँ यात्रा र सहकार्यका लागि छलफलको बाटो खुलेको दुवै पक्षका नेताहरूको बुझाइ छ। ‘अब छलफलको सुरुवात भयो। दुई अध्यक्ष गम्भीर ढंगले कुरा गर्नुभयो,’ त्यही भेटमा रहेका एक नेताले भने।

    ती नेताका अनुसार अध्यक्ष नेपालसँग ओलीले संविधान र गणतन्त्रमाथि निरन्तर प्रहार भइरहेको भन्दै यो बेलामा मिल्नुपर्ने तर्क गरेका थिए। उनीहरू दुईजनाबीच कोटेश्वरको अलग्गै कोठामा करिब ६ मिनेट एक्ला एक्लै पनि वार्ता भएको छ।

    ‘समाजमा निराशा पैदा गरेर संविधान र गणतन्त्रमाथि प्रहार गर्ने प्रयास भइरहेको छ। यसलाई लिएर हामी एक हुनुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

    ओलीको लामो गफ सुनेर बसिरहेका नेपालले जवाफमा भनेका थिए, ‘मैले त पहिलेबाटै यही भन्दै आएको हुँ।’

    एमाले र एकीकृत समाजवादी दुवै पक्षका नेताहरू दुई जनाबीच मन माझामाझ सुरू भएको भन्दै उत्साहित देखिएका छन्। करिब एक वर्षपछि संवादको ढोका खुल्दा ओली पनि गम्भीर देखिएको उनीहरूको बुझाइ छ।

    माधवले बोली फुटाएपछि बोल्न सुरु गरे प्रधानमन्त्री प्रचण्ड।

    कांग्रेसमा हिन्दुवादी कुरा निस्किनु र साम्प्रदायिक दंगा सुरु भएपछि उपलब्धिमाथि नै प्रहार भएको सोचर आफूले कांग्रेससँगको गठबन्धन तोडेको प्रचण्डले बताए।

    ‘कांग्रेसमा हिन्दुका कुरा आउनु, साम्प्रदायिक दंगा हुनु लगायतका घटना हुँदाहुँदै त्यो छाडेर यता आउनु भनेको संविधान र लोकतन्त्र जोगाउनै हो,’ उनले भने।

    ओली र प्रचण्डको कुरा लामो सयम सुनेर बसेका माधव नेपालले तत्काल सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा ठोस जवाफ दिएनन्।

    बरु उनले पार्टी बैठकमा छलफल गरेर भोलि नै जानकारी गराउने बताए।

    एकीकृत समाजवादीले भोलि बिहान ११ बजेका लागि सचिवालय बैठक बोलाएको छ। त्यही बैठकबाट सरकारमा जाने वा नजाने भन्ने विषयमा निर्णय लिइने बताइएको छ।

    यद्यपि अहिलेको नयाँ गठबन्धनले वाम एकताको सन्देश दिने भन्दै कांग्रेससँगको गठबन्धन भन्दा यसमा खुसी भएको एकीकृत समाजवादीका नेताहरूले बताइसकेका छन्।

    पार्टी नेताहरूको सोही जवाफ सुनेर अध्यक्ष नेपालले प्रचण्ड र ओलीलाई सरकारमा सामेल हुने संकेत पनि गरेका छन्।

    ‘सैद्धान्तिक रुपमा वाम गठबन्धन, लोकतन्त्रका पक्षमा समर्थन हुन्छ। सहमत छु,’ उनको भनाइ उदृत गर्दै ती नेताले भने, ‘हामी सरकारमा जाने वा नजाने भन्नेबारे पार्टीमा छलफल नगरी भन्न सक्दिँन।’

    बुधबार, फागुन २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer