• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार २६, २०८३
☰
शुक्रबार, असार २६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ३. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नेपालको राजनीति, काटाकाट देखि चाटाचाट सम्म; अनि देश…..?


  •   बुधबार, फागुन २३, २०८० मा प्रकाशित
  • काठमाडौं । नयाँ गठबन्धन बनाउँदा छायाँमा परेको नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा ल्याउनका लागि कसरत भएको छ । सरकार गठन हुँदा बेवास्ता गरिएपछि अन्योलमा रहेको एकीकृत समाजवादीलाई फकाउने रणनीति सत्तापक्षले अख्तियार गरेको छ ।

    Advertisement

    मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू अध्यक्ष माधवकुमार नेपाल निवास पुगेका थिए । प्रचण्ड र ओलीसँगै एमालेका उपाध्यक्ष विष्णु पौडेल महासचिव शंकर पोखरेल पनि थिए ।

    छलफलमा एकीकृत समाजवादीको तर्फबाट महासचिव घनश्याम भुसाल र उपाध्यक्ष प्रमेश हमाल सहभागी थिए ।

    छलफलमा प्रचण्ड र ओलीले सँगै मिलेर जाने प्रस्ताव गरेका छन् । सरकारमा सहभागी हुन उनीहरूको प्रस्ताव छ । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मिलेर जाने प्रस्ताव आएको जानकारी दिए ।

    “हामी सँगै जाऔँ भन्नुभयो । वामहरू एक ठाउँ भएर लोकतान्त्रिक शक्ति अघि बढाउने कुरामा जे कुरा भयो । सेयरिङ सकारात्मक छौँ,” उनले भने ।

    भुसालले सरकारमा जाने विषयमा पनि सकारात्मक रहेको संकेत गरे ।

    एकीकृत समाजवादीले बुधबार बिहान ११ बजे सचिवालयको बैठक बोलाएको र त्यस बैठकबाटै निर्णय गर्ने जवाफ दिएको छ ।

    एमालेका महासचिव शंकर पोखरलले पनि वार्ता सकारात्मक भएको र बुधबार निर्णय गर्ने जवाफ आएको जानकारी दिए ।

    “हामीले उहाँलाई अनुरोध गरेका छौँ । भोलि बैठक बसेर जवाफ दिनुहुने भन्नुभएको छ । सकारात्मक छ । यो प्रक्रियामा सहमत सबै पक्षलाई भनेका छौँ,” उनले भने ।

    बैठकमा सहभागी एकीकृत समाजवादीका उपाध्यक्ष हमालले आज सैद्धान्तिक प्रस्ताव आएको बताए ।

    “आज मिलेर जाऔँ भन्ने प्रस्ताव राख्नुभएको छ,” उनले भने, “कुन–कुन कुरामा मिलेर जान सकिन्छ भन्ने कुरा आज राख्नुभएको छैन । सैद्धान्तिक छलफल भएको छ ।”

    बुधबार बिहान बस्ने बैठकबाट नै निर्णयमा पुगिने हमाल बताउँछन् ।

    नेपाली कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा)को गठबन्धन निर्माण गर्दा माधव नेपालसँग छलफल गरेका थिएनन् । गठबन्धन गर्दा नभनेकोमा आज पनि अध्यक्ष नेपालले असन्तुष्टि जनाएका थिए । जहिले आफूहरूलाई बेवास्ता गरिएको उनको गुनासो थियो ।

    सोमबार साँझ नै प्रधानमन्त्री प्रचण्ड नारायणकाजी श्रेष्ठलाई साथमा लिएर कोटेश्वर पुगेका थिए । त्यसअघि एमाले अध्यक्ष ओलीले फोन गरेका थिए । उनीहरूले सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

    गठबन्धनप्रति एकीकृत समाजवादी आश्वस्त बन्न सकेको थिएन । त्यसपछि आज ओलीसहितका नेता पनि कोटेश्वर पुगेका हुन् । अब भने नेपाल आश्वस्त हुने विश्वास गठबन्धनका नेताहरूमा देखिन्छ । पार्टी विभाजनपछि बिग्रिएको ओली–नेपाल सम्बन्धमा एमालेका नेताहरूको भेट अर्थपूर्ण रहेको नेताहरूको भनाइ छ ।

    एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठ भने अहिले सकारात्मक र नकारात्मक भन्ने पनि परिस्थिति बनिनसकेको बताउँछन् ।

    बुधबार, फागुन २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २१ गते (५

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer