• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

तीन गुणामात्र आवेदन भर्ने व्यवस्था गर्न कोरियाको आग्रह


  •   बुधबार, फागुन २३, २०८० मा प्रकाशित
  • काठमाडौं । कोरिया भाषा परीक्षाका लागि माग भएभन्दा झण्डै १० गुणाभन्दा बढी कामदारको आवेदन परेपछि आगामी वर्षदेखि माग भएको तीन गुणा मात्र आवेदन भर्ने व्यवस्था गर्न आग्रह गरेको छ । साथै यसवर्षको कोरिया भाषा परीक्षा छिटो सक्न आग्रह समेत गरेको छ ।

    Advertisement

    यस वर्ष धेरैको आवेदन पर्दा उत्पादन बाहेकका कामदार लैजान नसक्ने भन्दै आगामी वर्षदेखि आवेदनलाई सीमित गर्नका लागि उसले आग्रह गरेको हो ।

    यस वर्ष उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिएकाकाे परीक्षा सक्नै एक वर्ष लाग्ने भएकाले अन्य क्षेत्रमा थप कामदार लैजान नसकिने भन्दै नेपाललाई पत्र पठाएको छ ।

    इपिएस प्रणालीबाट विदेशी कामदार लैजाने प्रक्रिया हेर्ने एचआरडी कोरियाका अध्यक्षले पठाएको पत्र मङ्गलबार मात्र नेपालले प्राप्त गरेको छ ।

    ग्वार्कोस्थित इपिएस कोरिया शाखाका प्रमुख मैया कँडेलका अनुसार अन्य क्षेत्रमा नेपालमा भाषा परीक्षा नै लिन नसकिने भएका कारण ती क्षेत्रहरूमा अन्य देशहरूबाट नै कामदार लैजाने कोरियाले उक्त पत्रमार्फत नै जानकारी गराएको छ ।

    यसअघि नै परीक्षा र सीप उत्तीर्ण गरेर रोस्टममा रहेकाहरूलाई यो व्यवस्थाले कुनै असर नगर्ने उहाँ बताउनुहुन्छ ।

    उहाँका अनुसार उत्पादनमूलक क्षेत्रमा जानका लागि एक लाख ६३ हजार परीक्षार्थीको परीक्षा सक्न आगामी वर्षको पुस २ गतेसम्म लाग्ने भएको छ ।

    प्रमुख कँडेलका अनुसार यस वर्ष दक्षिण कोरियाले नेपालबाट उत्पादन क्षेत्रबाट १५ हजार ९०० जनामात्र कामदार लाने व्यवस्था गरेको छ ।

    नेपालबाट लैजानेभन्दा १० गुणा बढीको आवेदन परेपछि परीक्षा सक्न एक वर्ष लाग्ने देखिएको उहाँको भनाइ छ ।

    विकल्प के त ?

    आगामी वर्षदेखि भने प्रारम्भिक परीक्षा उत्तीर्ण गरेकालाई मात्र भाषा परीक्षामा सहभागी गराउने विषयमा छलफल चलाइने इपिएस कोरिया शाखाका प्रमुख कँडेलको भनाइ छ । यो नभए आवेदन माग भएको तीन गुणा आवेदन परेपछि अटोमेटिक रूपमा बन्द हुने सफ्टवेयर निर्माण गरेर यसलाई समाधान गरिने उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, “मागेको पदभन्दा झण्डै १० गुणा बढीको आवेदन परेपछि अर्को वर्षदेखि प्रारम्भिक परीक्षा उत्तीर्ण गरेकालाई मात्र भाषा परीक्षामा सहभागी गराउने वा माग भएको तीन गुणा आवेदन परेपछि आफै बन्द हुने सफ्टवेर बनाउने भन्नेमा छलफल जारी छ ।”

    समयमा भाषा परीक्षा सक्नेगरी आवेदन व्यवस्थित नगरे सबैभन्दा बढी कामदार आपूर्ति गर्ने देशबाट नेपाल पछि हट्ने सम्भावना रहेको उहाँ बताउनुहुन्छ । अहिले कोरियाले नेपालसहित १६ देशबाट कामदार लाने गरेको छ ।

    उहाँले भन्नुभयो, “परीक्षाको समय लम्बिँदै गयो भने कोरियाले नेपालबाट लान चाहेको अनुपातमा मान्छे लान सक्दैनौँ भनेको छ । त्यसैले पनि परीक्षा प्रणालीलाई जतिसक्दो छिटो सक्नुपर्ने चुनौती छ ।”

    नेपालबाट आपूर्ति गर्न धेरै समय लाग्दा अन्य देशलाई कोरियाले छनोट गर्नुपर्ने भएकाले नेपालको पोजिसन पनि घट्ने डर हुने उहाँ बताउनुहुन्छ ।

    अघिल्लो वर्षका सिप बिल्डिङमा अनुत्तीर्णलाई उत्पादन क्षेत्रमा पनि फर्म भर्नका लागि उच्च अदालतले गरेको निर्णयलाई पनि कोरियाले सहज रूपमा नलिएको उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, “उच्च अदालतले गरेको निर्णयप्रति पनि कोरियाको त्यति सहज जवाफ आएको छैन । असले अप्ठ्यारो तरिकाले स्वीकार गरेको छ । सिप बिल्डिङमा अनुत्तीर्णले आन्दोलन नगरेको भए अहिले कोरियाले फेरी कोटा खोलिहाल्थ्यो ।”

    दैनिक एक हजारको परीक्षा

    अहिले दैनिक एक हजारका दरले कोरिया भाषा परीक्षा दिइरहेका छन् । दक्षिण कोरियाको ह्युमन रिसोर्स डिभलपमेन्ट सर्भिसले दैनिक पाँच समयमा गरेर एक हजार जनाको भाषा परीक्षा लिइरहेको छ ।

    निर्देशक कँडेलले भन्नुभयो, “एक सिफ्टमा २०० जनाका दरले हरेक दिन एक हजारको परीक्षा भइरहेको छ । पहिलो चरणमा ४७ हजार ५१९ जनाको परीक्षा आगामी अप्रिल ६ सम्म सक्ने तालिका प्रकाशन भएको छ ।”

    शाखाका अनुसार मेमा सुरु भएर जुलाई अन्तिममा सकिने दोस्रो चरणको परीक्षामा ७९ हजार र नोभेम्बरमा सुरु भएर डिसेम्बर १७ मा सकिने तेस्रो चरणको परीक्षामा बाँकी ३६ हजार सहभागी हुनेछन् ।

    कोरियाले किन गर्छ नेपाललाई विश्वास ?

    कोरियाले कामदार लैजाने देशमा सबैभन्दा बढी कामदार नेपालका हुने गरेका छन् । नेपालीहरू कामप्रति इमानदार र कुनै अनैतिक काममा संलग्न नहुने कुरालाई नै कोरिया पक्षले मन पराउने इपिएस शाखाका प्रमुख मैया कँडेल बताउनुहुन्छ ।

    कामको करार अवधि सकिएपछि पनि अवैधानिक तवरले कोरिया नबस्नुलाई कोरिया पक्षले सकारात्मक रूपमा लिएको उहाँ बताउनुहुन्छ ।

    बुधबार, फागुन २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer