• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सरकारको नयां डुंगामा सवारी, बदलाको मुडमा देउवा


  •   बिहिबार, फागुन २४, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक गठबन्धन बनाउने प्रयास गरेका छन् । यद्यपि एकीकृत समाजवादीले प्रचण्ड सरकारमा जाने निर्णय गरेसँगै देउवाको प्रयासले बुधबार नै सफलता पाएन ।

    Advertisement

    तर प्रतिपक्षी बेञ्चमा कांग्रेससँगै केही साना दललाई राख्न सफल भएका देउवाले कुनै पनि बेला सत्ता गठबन्धन बदल्ल्न सक्ने सम्भावना भने खुला राखेका छन् ।

    माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार कांग्रेस गठबन्धन छाडेर एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग नयाँ गठबन्धन बनाएका थिए । कांग्रेससँग गठबन्धन बनाएर चुनाव लडेका प्रचण्डले १० पुसमा २०७९ मा पनि एमालेसँग गठबन्धन गरेका थिए । त्यो बेला देउवा निरिह जस्ता देखिएका थिए । प्रधानमन्त्री पदमा लोभ गरेकै कारण माओवादीले गठबन्धन छाडेको अपजस समेत उनले पाएका थिए ।

    २६ पुसमा पुग्दा विश्वासको मत दिएर प्रधानमन्त्री प्रचण्डको विश्वास जितेका देउवाले फागुनमा राष्ट्रपति निर्वाचनसम्म पुग्दा पुरानै गठबन्धन ब्यूँताउन सफल भए ।

    यो पटक भने देउवा मात्र होइन, प्रचण्डले धोका दिएको निष्कर्षमा कांग्रेस एकमत देखिएको छ । मंगलबार बसेको कार्यसम्पादन समितिको बैठकमा सबै नेताले गठबन्धन तोड्नुको कारण भनेर माओवादी नेताहरुले जे भनेका छन्, त्यो बहाना मात्र भएको बताए । प्रचण्डले धोका दिएको निष्कर्षमा सबै सहमत भएपछि देउवाले भने, ‘धोकेबाज मात्र होइन, राजनैतिक बेइमान पनि हुन् ।’

    कांग्रेस नेताहरुका अनुसार देउवा यो पटक प्रचण्डसँग बदला लिने मुडमा देखिएका छन् । त्यसैले उनले मंगलबार नै संघीय संसदमा रहेका दलका नेताहरुसँग फोनमा सम्वाद थाले । उनी बुधबार विहानै प्रमुख सचेतक रमेश लेखकलाई लिएर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको कोटेश्वरस्थित निवास पुगे ।

    एकीकृत समाजवादीका नेताहरुका अनुसार नेपाललाई देउवाको प्रस्ताव थियो, ‘प्रधानमन्त्री बन्नुस् ।’

    एक वर्षपछि गठबन्धन गर्दा पनि माधव नेपाललाई दोस्रो पालोमा प्रधानमन्त्री बनाउने सहमति भएकाले अहिले नै सहजै प्रधानमन्त्री मान्न सकिने कांग्रेस नेताहरु बताउँछन् ।

    स्रोतका अनुसार एकीकृत समाजवादीका अध्यक्ष नेपाल, प्रधानमन्त्री प्रचण्डसँग रुष्ट छन् । आफूले सधैं साथ दिएको, तर प्रचण्डले कहिल्यै छलफल नगरेको उनको गुनासो छ । प्रधानमन्त्री प्रचण्डले सोमबार नै भेटेका थिए भने मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लिएर भेट्न नेपाल निवास पुगेका थिए ।

    दुबैले मिलेर जाने प्रस्ताव राख्दा पनि एकीकृत समाजवादीका अध्यक्ष नेपालले सहमति जनाएका थिएनन् । त्यसलाई बुझेका देउवाले एमाले, माओवादी र रास्वपा बाहेकको गठबन्धन बनाएर प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए ।

    २७५ सदस्यीय संसदमा बहुमतका लागि १३८ चाहिन्छ । सबभन्दा ठूलो कांग्रेसका ८८ सांसद छन् भने राप्रपासँग १४, जसपासँग १२, एकीकृत समाजवादीसँग १०, जनमत पार्टीसँग ६, नागरिक उन्मुक्ति पार्टीसँग ४, लोसपासँग ४, राष्ट्रिय जनमोर्चासँग रहेको १ सिट जोड्दा टुप्लुक्क १३८ पुग्छ । देउवाले साना दलका नेताहरुसँग सम्वाद पनि गरेका थिए भने बुधबार दिउँसो जनमत, लोसपा र नाउपाको संयुक्त बैठक पनि राखेका थिए ।

    नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल लगायतका नेताहरुले यो उपुयक्त बाटो होइन भनेपनि अध्यक्ष नेपालले देउवासँग सहकार्य गर्ने आँट गरेनन् । ‘वैकल्पिक गठबन्धन बनाउने र नयाँ सरकार गठनका लागि दाबी गर्न जाने कांग्रेसको प्रस्ताव थियो’, स्रोत भन्छ, ‘एक त बहुमत जुटाउन एकदमै गाह्रो थियो, जुटिहाल्यो भने पनि सम्हाल्न सकिन्न भन्ने देखेपछि हामीले यो बाटो जान चाहेनौं ।’

    अपराह्न त एकीकृत समाजवादीले सरकारमा सहभागी हुने निर्णय गर्‍यो र संघीय मामिला तथा सामान्य प्रशासन र शहरी विकास मन्त्रालय लिएर प्रचण्ड सरकारमा गएको छ । भानुभक्त जोशीले संघीय मामिला र धनबहादुर बुढाले शहरी विकासमन्त्रीको शपथ लिएका छन् ।

    तर कांग्रेस नेताहरु भने अहिले नै सरकार नबनेपनि वैकल्पिक गठबन्धनको सम्भावना रहेको बताउँछन् । किनकी नयाँ गठबन्धन बनाउने बेला हस्ताक्षर गरेको जनता समाजवादी पार्टी (जसपा) ले बुधबार पनि मन्त्री पठाउन सकेन । यो दलमा प्रचण्ड सरकारमा जान नहुने मत बलियो बनेको छ । सांसदहरुले बिद्रोह गर्ने चेतावनी दिएपछि अध्यक्ष उपेन्द्र यादवको सत्तारोहण रोकिएको छ ।

    बुधबार अपराह्न बूढानीलकण्ठ पुगेका लोसपा, जनमत र नाउपा पनि सत्ता गठबन्धनमा गएन ।

    देउवाले जनमतका अध्यक्ष सिके राउत, नाउपाका अध्यक्ष रेशम चौधरी र लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई बोलाएर सहयोग मागेका हुन् । ‘अचानक गठबन्धन भत्कियो, हामीलाई सहयोग गर्नुहोस्’, सभापति देउवाले भनेका थिए ।

    जनमत पार्टीका अध्यक्ष सीके राउतले भ्यागुतोको धार्नी पुर्‍याउनेतिर नलाग्न सुझाव दिएका छन् । ‘गठबन्धन बदलिरहँदा हामीजस्तो नयाँ र सानो शक्तिलाई गाह्रो भयो’ राउतले भनेका थिए, ‘तपाईंले भ्यागुतोको धार्नीतिर नलाग्नुहोला ।’ छलफलमा सहभागी एक नेताका अनुसार, राउतले देउवालाई मुलुकलाई स्थिरताको खाँचो परेकाले सत्ताको खेल भन्दा पनि राजनीतिक स्थीरतातिर लाग्न आग्रह गरेका थिए ।

    नाउपाका अध्यक्ष चौधरीले एमालेसँग मिलेर सरकार बनाउन आग्रह गरेका थिए । ‘तपाईंले सानो दलहरु मिलाइरहनु र बोक्नुभन्दा पनि ओलीजीसँग कुरा गर्नुहोस्, अस्थिरताले हामी नयाँहरुको राम्रो सन्देश गएन’, चौधरीले भनेका थिए ।

    लोसपा अध्यक्ष महन्थ ठाकुरले भने प्रतिक्रिया दिएनन् । ‘उहाँ सुनेर मात्रै बस्नुभयो’ स्रोतले भन्यो ।

    एकीकृत समाजवादीले नयाँ गठबन्धनलाई साथ दिएको अवस्थामा साना दलले यसो भन्नु स्वभाविक भएको कांग्रेस नेताहरु बताउँछन् । ‘एकीकृत समाजवादीले मन्त्री पठाएकाले अहिले नै वैकल्पिक गठबन्धन बनेन’, एक पदाधिकारी भन्छन्, ‘तर जसपा गएको छैन । त्यसले माधव नेपालले चाहँदा कुनै पनि बेला नयाँ गठबन्धन बन्नसक्छ । यसका लागि हामी प्रयास गरिरहन्छौं ।’

    प्रदेशमा पनि कोशी, गण्डकी र सुदूरपश्चिममा सरकार जोगाउन प्रयास गर्ने नेताहरुले बताएका छन् । कोशीमा संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीसँग बहुमत छैन । तर नयाँ सरकार बनाउन संवैधानिक जलिटता रहेको कांग्रेस नेताहरु बताउँछन् ।

    गण्डकीमा सभामुखले राजीनामा नदिँदासम्म एमाले–माओवादीसँग बहुमत (३१) पुग्दैन भने सुदूरपश्चिममा कांग्रेस, नाउपा र राप्रपा एक ठाउँमा उभिने हो भने कसैसँग पनि बहुमत हुँदैन ।(अनलाईन खवर)

     

    बिहिबार, फागुन २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer