• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

दुई हजारभन्दा बढी बालबालिकाले पाएनन् खोप


  •   शनिबार, फागुन २६, २०८० मा प्रकाशित
  • सिन्धुलीमाढी । सिन्धुली जिल्लामा हालै सञ्चालित दादुरा–रुबेला खोप अभियानमा दुई हजारभन्दा बढी बालबालिका उक्त खोप लगाउनबाट छुटेको पाइएको छ ।

    Advertisement

    उक्त अभियानअन्तर्गत नौ महिनादेखि पाँच वर्ष उमेर समूहका २१ हजार ७४ जना बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउने लक्ष्य भएकोमा विभिन्न समस्याले दुई हजार १३० जना बालबालिका छुटेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

    कार्यालयका अनुसार यही फागुन १५ देखि १९ सम्म सञ्चालन भएको दादुरा–रुबेला विरुद्धको खोप अभियानमा १८ हजार ९४४ जना बालबालिकाले उक्त खोप लगाएका छन् ।

    खोप लगाउने अभियान सञ्चालन भएको बेला लक्षित समूहका बालबालिकामध्ये कसैलाई ज्वरो आएको, कसैले विविध समस्याका कारण औषधी खाइरहेको भेटिएकाले त्यस्ता बालबालिका खोप लगाउनबाट छुटेको कार्यालयका खोप निरीक्षक पुष्पराज पन्तले जानकारी दिनुभयो ।

    ‘‘अब छुटेका बालबालिकालाई नियमित खाप सञ्चालन भएको बेला दादुरा–रुबेलाविरुद्धको पनि खोप लगाउँछौँ,’’ उहाँले भन्नुभयो, ‘‘जिल्लाका नौ वटा पालिकामध्ये प्रत्येक महिना १ देखि ५ गतेसम्म तीन वटा पालिकामा र १० देखि १५ गतेसम्म छ वटा पालिकामा नियमित खोप सञ्चालन हुँदै आएको छ ।’’

    उहाँका अनुसार उक्त अभियानअन्तर्गत दादुरा–रुवेलाको सङ्क्रमणलाई न्यूनीकरण गर्न जिल्लाको दुई नगरपालिका र सात गाउँपालिकामा गरी ३४७ खोप केन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको थियो । जिल्लामा नियमित खोप केन्द्र २२९ वटा छन् ।

    उक्त अभियानमा बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन ३४७ जना स्वास्थ्यकर्मी र ६९४ जना स्वयंसेवक परिचालन गरिएको कार्यालयले जनाएको छ ।

    शनिबार, फागुन २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer