☰
बुधबार, कार्तिक २६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. तिहार: प्रकृति र आत्मबोधको सांस्कृतिक एवं दार्शनिक चक्र

झापामा साढे तीन करोडको लागतमा पशुपति सेवा सदन निर्माण


  •   शनिबार, फागुन २६, २०८० मा प्रकाशित
  • झापा । झापाको दमकमा डेढ करोडभन्दा बढीको लागत सहभागितासहित साढे तीन करोडको लागतमा सुविधा सम्पन्न पशुपति सेवा सदन भवन निर्माणको काम सम्पन्न भएको छ । झण्डै ५० प्रतिशत जनसहभागितामा निर्माण सुरु भएको १५ वर्षपछि भवन निर्माण भएर उद्घाटन भएको हो ।

    Advertisement

    शिवरात्रिको अवसर पारेर शुक्रबार जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले तीन तले पशुपति सेवा सदनको उद्घाटन गर्नु भएको हो । यसको शिलान्यास बि.स. २०६४ साल फागुन २२ गते आचार्य पण्डित पुष्पलाल निरौलाले गर्नु भएको थियो । तीन करोड ५९ लाख २४ हजार १४६ रुपियाँको लागतमा पशुपति सेवा सदनको भवन बनेको हो ।

    विभिन्न दाताहरूबाट एक करोड ५४ लाख ९६ हजार ६५९ रुपियाँ प्राप्त भएको र बाँकी रकम संसद् विकास कोष, स्थानीय सरकारसहित विभिन्न सरकारी निकायहरूबाट प्राप्त बजेटले काम पूरा भएको जानकारी दिइएको छ । दमक नगरपालिकाका प्रमुख एवम् पशुपति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकुमार थापाका अनुसार ५० प्रतिशत अर्थात् डेढ करोडभन्दा बढी आर्थिक जन सहभागिता रहेको छ ।

    पशुपति सेवा सदनमा एक हजारसम्म मानिसहरू अटने सुविधायुक्त कार्यक्रम हलसहित एक सयभन्दा बढी बसोबास गर्न मिल्ने कोठाहरू निर्माण भएका छन् । पशुपति मन्दिरमा लगातार १८ पुराणको समेत आयोजना भइसकेको र यो पवित्रभूमि बनेकाले आउने धार्मिक पर्यटकहरूलाई बसोबास सहित खानेपीनको व्यवस्थापन गर्न आफूहरू लागिरहेको उहाँले बताउनु भएको छ ।

    दमकमा सुविधा सम्पन्न अतिथि सदन बनाउन भनेर महायज्ञ लगाएर केही रकम उठाइएपनि उक्त अतिथि सदन बनाउने स्थलको विवादका कारण रोकिएको थियो । त्यही समय दमक वडा नं. ६ स्थित पशुपति मन्दिर परिसर भित्र पशुपति सेवा सदन भवन निर्माणका लागि नन्दीकेशर अधिकारीको संयोजकत्वमा निर्माण समिति बनेर काम सुरु गरिएको बताइएको छ ।

    शनिबार, फागुन २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तिहार: प्रकृति र आत्मबोधको सांस्कृतिक एवं दार्शनिक चक्र
    चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न
    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    लोकप्रिय

    • १.
      8

    भर्खरै

    • १.
      तिहार: प्रकृति र आत्मबोधको सांस्कृतिक एवं दार्शनिक चक्र

    • २.
      चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न

    • ३.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • ४.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ५.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ६.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ७.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ८.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer