• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पशु चिकित्सक उत्तीर्ण दर बढ्दो


  •   सोमबार, फागुन २८, २०८० मा प्रकाशित
  • काठमाडौँ । पशु चिकित्सकको अभाव भइरहेका बेला नेपाल पशु चिकित्सा परिषद्को नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको उत्तीर्ण दर सुखद देखिएको छ । पशु चिकित्सकको १९ औँ परीक्षाको नतिजामा ७९ प्रतिशत परीक्षार्थी उत्तीर्ण हुनुले चिकित्सक अभाव खड्किरहेका बखतमा राहत दिएको हो ।

    Advertisement

    परिषद्ले प्रत्येक चौमासिकमा लाइसेन्स परीक्षा सञ्चालन गर्दै आएको छ । परिषद्को लाइसेन्स परीक्षा उत्तीर्ण नहुनेले प्रयोगात्मक गर्न पाउँदैनन् । परिषद्ले सोमबार लिएको परीक्षामा ५३ जिल्लाका २१२ सहभागीमध्ये ४९ जिल्लाका १६८ जना उत्तीर्ण भएका छन् । परीक्षामा उत्तीर्णमध्ये ३८ प्रतिशत महिला छन् । सहभागी महिलामध्ये ९२ प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षा उत्तीर्ण हुने चिकित्सकलाई मङ्गलबार शपथग्रहण गराइने छ ।

    परिषद्ले २०७४ सालदेखि परीक्षा लिएर लाइसेन्स उपलब्ध गराउन थालेपछि नौ सय जनाले सो परीक्षा उत्तीर्ण गरिसकेका छन् । त्यस अघि विश्वविद्यालयमा उत्तीर्ण भएको प्रमाणपत्र पेस गरेका भरमा लाइसेन्स पाउने व्यवस्था थियो । परिषद्का प्रवक्ता डा. मनोजकुमार शाहीले पशु चिकित्सकको परीक्षामा औसतमा ५१ प्रतिशत उत्तीर्ण हुने गरेको जानकारी दिनुभयो । परीक्षामा सहभागीमध्ये नेपाल, बङ्गलादेश र चीनका नौ वटा विश्वविद्यालयमा अध्ययन गरेका सहभागी छन् । नेपालमा चार वटा क्याम्पसमा मात्रै पशु चिकित्साको अध्यापन हुने गरेको छ ।

    परिषद्ले परीक्षा सञ्चालन गरेकै दिनमा नतिजा प्रकाशन गर्ने, भोलि पल्ट प्रमाणपत्रको चेकजाँच र पुनर्पुष्टि गर्ने र तेस्रो दिन लाइसेन्सको प्रमाणपत्र दिएर शपथग्रहण गराउने गरेको छ । उहाँले पशुको सम्बन्ध सिधै मानव स्वास्थ्यसँग रहेकाले लाइसेन्स परीक्षामा बढी नै संवेदनशील हुने गरेको दाबी गर्नुभयो । “विश्वमा पशु स्वास्थ्यलाई मानव स्वास्थ्य सरह प्राथमिकतामा राखिने भएकाले लाइसेन्सको परीक्षालाई विशेष महìवका साथमा लिइन्छ,” उहाँले भन्नुभयो ।

    नेपालमा तीन हजार १६२ जना पशु चिकित्सकको आवश्यकता रहे पनि हाल एक हजार ९८२ जना उपलब्ध छन् । नेपालमा पशुपन्छीको सङ्ख्या नौ करोड ६२ लाख छ । एक जना चिकित्सकले ४८ हजार पशुको उपचार गर्नुपर्ने अवस्था छ । देशका ७५३ स्थानीय तहमध्ये ६० प्रतिशतभन्दा बढीमा हालसम्म पशु चिकित्सक नै छैनन् । राज्यले पशुपन्छी क्षेत्रको व्यवसायीकरण, औद्योगीकरण र आधुनिकीकरण गर्ने विषय नेपालको संविधानमै उल्लेख गरी बर्सेनि ठुलो रकम यस क्षेत्रमा खर्च गर्दै आइरहेको छ तर यसबाट प्राप्त उपलब्धि भने सन्तोषजनक छैन । गाईभैँसीमा लाग्ने लम्पी स्किन रोग समयमै रोकथाम र नियन्त्रण गर्न नसक्दा राज्यलाई ७५ अर्ब रुपियाँभन्दा बढी क्षति भएको सरकारी तथ्याङ्क छ । बङ्गुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोगले बङ्गुरपालन किसानले भोग्नुपरेको क्षतिको पीडा अकल्पनीय छ । सो सङ्क्रमणका कारणले १५ अर्ब रुपियाँ बराबरको क्षति भएको आकलन गरिएको छ ।

    पशु चिकित्सक डा. हरिकृष्ण थापाले पशुसँगको लसपस, दुध, दही, मासुको सेवन र हावाको माध्यमबाट सङ्क्रमणको जोखिम हुने कुरामा ध्यान पुर्‍याउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार विश्वमा हरेक वर्ष देखिने पाँच प्रकारका नयाँ सङ्क्रमणमध्ये तीन वटा सङ्क्रमण पशुबाट मानिसमा सर्ने गरेको बताउनुभयो ।

    पशु चिकित्सक डा. मणिप्रसाद सापकोटाले नेपालमा जनावरबाट मानिसमा सर्ने ६९ प्रकारका रोग पत्ता लागेको उल्लेख गर्नुभयो । अन्तर्राष्ट्रिय व्यापारका माध्यमबाट मात्रै ७७ प्रतिशत रोग मानिसलाई सर्ने गरेको पाइएको जानकारी दिनुभयो । काटेको मासुलाई राम्ररी नपकाई खाँदा, दुधलाई उमालेर नखाँदा र हावाको माध्यमबाट समेत रोग सर्ने गरेका छन् ।

    सोमबार, फागुन २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer