• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भन्सारमै रोकियो पेट्रोलियम ड्रिलिङ मेशिन


  •   मङ्गलबार, फागुन २९, २०८० मा प्रकाशित
  • दैलेख । दैलेख जिल्लाको भैरवी गाउँपालिका–१, जलजलेमा पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खनन कार्यको मुख्य ड्रिलिङका लागि ल्याउन लागिएको उपकरण बाँकेको रुपैडिहा भन्सारमा रोकिएको छ ।

    Advertisement

    उपकरणको भन्सार छुटको पत्र नहुँदा ती सामग्री रोकिएका हुन् । चाइना जिओलोजिकल सर्भे कम्पनीका नाममा सम्पूर्ण कर तथा महसुल छुट गरिदिन अर्थ मन्त्रालयलाई पत्र पठाइए पनि भन्सार छुटको पत्र प्राप्त नभएको बताइन्छ । अर्थ मन्त्रालयले चाइना जिओलोजिकल सर्भे कम्पनीका नाममा भन्सार छुटको निर्णय माघ २१ गते गरिसकेको बताइन्छ । भन्सार विभागले भने खानी तथा भूगर्भ विभाग पेट्रोलियम अन्वेषण परियोजनाकै नाममा भन्सार छुटको निर्णय हुनुपर्ने भन्दै फिर्ता पठाएपछि समस्या देखिएको परियोजनाले जनाएको छ ।

    पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेशकुमार नापितले पेट्रोलियम पदार्थ उत्खननका लागि आवश्यक पर्ने १० ट्रक ड्रिलिङका मेसिन चीनबाट भारतको कोलकाता हुँदै रुपैडिहा नाकामा ल्याइएको बताउनुभयो । अर्थ मन्त्रालयले भन्सार छुटको निर्णय नगरिदिँदा उपकरण भन्सारमै रोकिएको जनाइएको छ । उहाँले चाइना जिओलोजिकल सर्भे कम्पनीका नाममा निर्णय भई भन्सार विभागमा गएको भए पनि भन्सार विभागले खानी तथा भूगर्भ विभाग पेट्रोलियम अन्वेषण परियोजनाकै नाममा भन्सार छुटको निर्णय हुनुपर्ने भन्दै फिर्ता पठाएपछि समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खनन गर्ने दुई देशबिच सम्झौता हुँदा भन्सार नलाग्ने निर्णय भएको छ । त्यही अनुसार हामीले विगतमा सामग्री ल्याउँदा चाइना जिओलोजिकल सर्भेकै नाममा भन्सार छुट पत्र बनाएर सामान ल्यायौँ । अहिले भन्सार विभागले किन खानी तथा भूगर्भ विभाग पेट्रोलियम अन्वेषण परियोजनाकै नाममा भन्सार छुट माग्यो, थाहा भएन ।”

    उहाँका अनुसार खानी तथा भूगर्भ विभाग पेट्रोलियम अन्वेषण परियोजनाकै नाममा भन्सार छुटको पत्र बनाउन माघ २१ गते अर्थ मन्त्रालयमा पत्र पठाइए पनि हालसम्म निर्णय नहुँदा अन्वेषणका लागि आएका सामग्री भन्सारमै रोकिएको छ । अर्थमन्त्रीले निर्णय गर्नुपर्ने भएकाले केही समय लाग्ने नापितले जानकारी दिनुभयो  ।

    रुपैडिहा नाकाबाट दैलेखसम्म मेसिन ल्याउन आठ दिन लाग्छ । सबै मेसिनको पार्टपुर्जा टुक्रा टुक्रा पारिएकाले जडान गर्न समय लाग्छ । त्यस कारण पनि भन्सार छुटको निर्णय छिटो भएको खण्डमा सरकारले म्याद थपेको अवधिमै उक्त काम हुने अपेक्षा आयोजनाको छ ।

    ड्रिलिङ गर्न पूर्वाधार निर्माण

    पेट्रोलियम उत्खननको अन्तिम ड्रिलिङका लागि भैरवी गाउँपालिका–१, जलजलेमा पूर्वाधार निर्माणका काम यतिबेला धमाधम भइरहेको छ । मेसिन जडान गर्ने स्थानमा फिल्ड निर्माण, माटो कटिङ, जग्गा सम्याउनेलगायत कार्य सकिएको छ । यसअघिका दुई चरणको अध्ययनले पेट्रोलियम पदार्थ रहेको पुष्टि गरेको छ । अब तेस्रो चरण अन्तर्गत पेट्रोलियम भण्डारणको अवस्था पत्ता लगाइने जनाइएको छ । करिब तीन सय किलोमिटरको हाराहारीमा तीन हजारभन्दा बढी स्थानमा ड्रिलिङ गरी विस्फोटको माध्यमबाट तरङ्ग पठाई गरिने अध्ययनबाट आएको जानकारी प्रशोधन गरी खानीको भण्डारण क्षेत्रबारे निक्र्याेल गरेर ड्रिलिङका लागि स्थान तय गरिएको हो । सोहीबमोजिम जलजलेमा काम भएको छ । चिनियाँ प्राविधिक टोलीले अन्तिम चरणको अन्वेषण गरेपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यावसायिक उत्खनन सम्भावनाको टुङ्गो लाग्ने छ । अन्तिम चरणमा हुने ‘ड्रिलिङ’ लगायतको कामपछि स्थानीय क्षेत्रमा कति पेट्रोलियम भण्डारण छ भन्ने पत्ता लाग्ने छ । अन्वेषणको प्रतिवेदनले पेट्रोलियम खानी सञ्चालन गर्न सम्भव देखाएमा उत्खनन योजना अघि बढ्ने जनाइएको छ ।

    मोड सुधार गरिँदै

    पेट्रोलियम पदार्थको अन्वेषणका लागि ठुला उपकरण ल्याउन कर्णाली राजमार्गका साँघुरा घुम्ती (मोड) फराकिलो बनाउने काम अन्तिम चरणमा पुगेको छ । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतका सूचना अधिकारी (इन्जिनियर) टोपनारायण पौड्यालका अनुसार सुर्खेतको

    बाङ्गेसिमलदेखि दैलेखको साङ्गेतडासम्मका साँघुरा मोड फराकिलो बनाउने काम ७५ प्रतिशत सकिएको छ । चैत मसान्तसम्म सडक सुधारका सबै कार्य सकिने छ । पेट्रोलियम पदार्थको अन्वेषणका लागि नेपाल सरकार र चाइना सरकारको जिओलोजिकल सर्भे कम्पनीबिच २०१९ फेब्रुअरी २८ मा भएको सम्झौताको अवधि सन् २०२२ फेब्रुअरी २८ सकिएसँगै २०७८ चैत १४ गते बसेको मन्त्रीपरिषद्को बैठकले दुई वर्ष म्याद थप गरेको थियो । २०७८ चैत १४ गते बसेको मन्त्रीपरिषद्ले दुई वर्ष म्याद थपको निर्णय फागुन १६ गते सकिएपछि पुनः एक वर्ष म्याद थप गरिएको जनाइएको छ ।

    मङ्गलबार, फागुन २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer