• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नेपाली छात्रालाई अमेरिकामा अनुसन्धानको अवसर


  •   मङ्गलबार, फागुन २९, २०८० मा प्रकाशित
  • काठमाडौँ । अवसर पाए भने नेपाली चेली पनि नासाको अनुसन्धान गर्न सक्षम छन् भन्ने उदाहरण एक नेपाली विद्यार्थी बन्नुभएको छ । अमेरिकामा अध्ययनरत एक नेपाली छात्राले संयुक्त राज्य अमेरिकाको उच्चतम अनुसन्धान केन्द्रमा अनुसन्धान र विश्लेषणका लागि अवसर पाउनु भएको हो ।

    Advertisement

    उहाँले अमेरिकाको मात्र नभई विश्वकै अन्तरिक्ष अनुसन्धान केन्द्रका रूपमा रहेको नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा)मा काम गर्न अनुसन्धान वृत्ति पाउनु भएको हो ।

    वासिङ्टन स्टेट युनिभर्सिटीमा स्नातक तेस्रो तहमा अध्ययनरत मोरङको सुन्दर हरैँचा निवासी एन्जिला बस्तीले अध्ययनकै क्रममा नासाका वैज्ञानिकहरूसँग सौर्य ऊर्जा प्रणालीको चुम्बकीय तथा प्लाज्मा अध्ययनका लागि अन्तरिक्ष अभियानको क्रममा प्राप्त तथ्याङ्कको विश्लेषण कार्यमा सहकार्य गर्नुहुने छ ।

    युनिभर्सिटी स्पेस रिसर्च एसोसिएसनका तर्फबाट गरिएको मनोनयनमा उहाँका नासाका प्रायोजक र अनुसन्धानका निरीक्षक डा. जिना डिब्रासियो र डा. नोर्बेत्रो रोमानेल्ली रहनु भएको छ । उहाँलाई सन् २०२४ मे ६ देखि २०२४ जुलाई १९ सम्मका लागि अनुसन्धानमा लगाउन लागिएको हो ।

    धनकुटाको फलाँटेका बस्ती परिवारमा जन्मेकी एन्जिलाले काठमाडौँस्थित बुढानीलकण्ठ स्कुलबाट एसइई उत्तीर्ण गर्नुभएको हो । उहाँका पिता तुलसी प्रसाद बस्ती मितेरी बैङ्कमा कार्यकारी प्रमुख र माता कोपिला निरौला पूर्व शिक्षिका हुनुहुन्छ ।

    एन्जिलाले सुनसरीको धरानस्थित दिल्ली पब्लिक स्कुलबाट कक्षा १२ पूरा गरी उच्च अध्ययनका लागि अमेरिका जानुभएको हो । उहाँको खगोल विज्ञानप्रतिको विद्यालय शिक्षाको बेलादेखि नै हो । एन्जिलाले सन् २०२२–२०२३ मा डिनलिस्ट छात्रवृत्ति, सन् १९१९ मा रोबोटिक्स प्रतिस्पर्धामा काम गर्नुभएको थियो ।

    युनिभर्सिटी अफ कोलोराडोमा एरोस्पेस इन्जिनियरिङ अध्ययन गर्दै गर्दा उहाँको रुचि खगोल विज्ञानतर्फ मोडिएपछि आफूले विश्वविद्यालय नै परिवर्तन गरी वासिङ्टन स्टेट युनिभर्सिटीमा खगोल विज्ञानको सिद्धान्त र गणित अध्ययन थालेको बताउनुभयो । उहाँ अहिले विश्वविद्यालयमा नै प्राध्यापकको सहायकका रूपमा कार्यरत हुनुहुन्छ ।

    अध्ययनका क्रममा नै एउटा विश्व वैज्ञानिक सम्मेलनमा नोबेल पुरस्कार प्राप्त भौतिक शास्त्रीहरूसहित नासाका वैज्ञानिकसँग भेट भएर आफ्नो रुचि क्षेत्र बताएपछि अहिलेको अवसरको बाटो खुलेको बताउनुभयो । नासामा आफूलाई ब्ल्याक होलबारे अध्ययन गर्ने चासो रहे पनि त्यो चौथो वर्षमा मात्र सम्भव हुने भएको जानकारी दिनुभयो ।

    अमेरिकाका विश्वविद्यालयमा अन्य विद्यार्थीभन्दा उच्च अङ्क ल्याए पनि नासाको नियम अनुसार आफूले अध्ययन अनुसन्धानको अवसर नपाउने कुरा नासाका वैज्ञानिकद्वय डा. जिना डिब्रासियो र डा. नोर्बेत्रो रोमानेल्लीलाई बताएपछि उहाँहरूले आफ्नातर्फबाट केही पहल गर्ने आश्वासन दिएको स्मरण गर्दै अहिले त्यही अनुसार काम पाएको जानकारी दिनुभयो ।

    नासाका वैज्ञानिकलाई आफूले भनेपछि विभिन्न चरणका जुम बैठकमा परीक्षण गरेर मात्र आफूलाई चयन गरिएको जानकारी पनि एन्जिलाले दिनुभयो । उहाँले मङ्गल र वृहस्पति ग्रहका तथ्याङ्कको विश्लेषणमा वैज्ञानिकहरूसँगको समूहमा काम गर्ने बताउनुभयो ।

    उहाँको काम पूर्णकालीन अनुसन्धाता नभई स्नातक अध्ययनरत विद्यार्थीका रूपमा नै हुने छ । त्यसका लागि नासाले नै उहाँलाई छात्रवृत्ति प्रदान गरेको युनिभर्सिटी स्पेस रिसर्च एसोसिएसनका तर्फबाट निर्देशक लिन्डा पार्करले उहाँलाई दिएको पत्रमा उल्लेख छ ।(गोरखापत्र)

    मङ्गलबार, फागुन २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer