• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार २६, २०८३
☰
शुक्रबार, असार २६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ३. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भेटिएनन् नेवानिलाई ऋण दिने संस्था


  •   बिहिबार, चैत ०१, २०८० मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई ऋण दिन अहिलेसम्म कुनै पनि वित्तीय कम्पनीले रुचि देखाएका छैनन् । निगमले एक खर्ब ३५ अर्ब रुपैयाँ ऋण दिने वित्तीय संस्था खोजिरहेको छ ।

    Advertisement

    निगमले पहिलोपटक २३ जनवरी २०२४ मा सूचना निकालेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऋण दिने संस्थाहरूलाई आह्वान गरेको थियो । तर, उक्त समय अवधिमा कुनै पनि संस्थाले ऋण दिन चासो देखाएनन् । त्यसपछि पुनः मार्च १३ मा दोस्रोपटक सूचना निकालेको छ । निगमले निकालेको सूचनाअनुसार ऋण दिन आगामी अप्रिल ११ भित्र आवेदन दिनुपर्नेछ ।

    निगमले ऋण किन खोजिरहेको छ ?

    निगमले ५५ अर्ब पुरानो ऋण तिर्न, ७५ अर्ब नयाँ जहाज खरिद गर्न र पाँच अर्बको ह्याङ्गर बनाउन योजना अघि सारेको छ । जसका निम्ति उसले एक खर्ब ३५ अर्ब ऋण दिन सक्ने कम्पनीको खोजी निगमले गरिरहेको हो ।

    निगम सञ्चालक समितिको बोर्ड बैठकले १० वर्ष योजना बनाउँदै काम गरिरहेको र उक्त योजना कार्यान्वयन गर्न ऋण आवश्यक परेको प्रवक्ता रमेश पौडेलले जानकारी दिए । एक खर्ब ३५ अर्ब ऋण एकैपटक नभएर १० वर्षभित्रमा लिन खोजेको जानकारी पौडेलले दिए ।

    निगमले यसअघि जहाज खरिद गर्दा लागेको ऋण ५५ अर्ब पुगेको छ । प्राप्त ऋणमध्ये ५५ अर्ब ऋण तिर्न प्रयोग गरिने प्रवक्ता पौडेलले बताए ।

    १० वर्षमा १२ जहाज खरिद गर्ने योजना

    यस्तै, निगमले आगामी १० वर्षमा १२ वटा जहाज खरिद गर्ने योजना बनाएको छ । पौडेलका अनुसार, उक्त योजना कार्यान्वयन गर्न वित्तीय स्रोत सुनिश्चित गर्न निगमले ऋणको आशयपत्र निकालेको हो ।
    यस्तै, ह्याङ्गर बनाउन र आय आर्जनका क्षेत्रमा लगानी गर्न स्रोत खोजी गरिहरहेको निगमले जनाएको छ ।

    “निगमले १० वर्षे योजना बनाएको छ । त्यही योजना कार्यान्वयन गर्न ऋण चाहिएको हो,” उनले भने, “यसका लागि पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग समन्वय गरेर ऋण आशयपत्र लिकालेका छौँ ।”

    निगम दुर्गममा उडान गर्ने तीनवटा साना जहाज खरिदको प्रक्रियामा छ । उक्त जहाज खरिदको विषयमा विवादमा परेको छ । प्रतिनिधिसभाका सांसदहरूले नै जहाज खरिदको विषयमा प्रश्न उठाएका थिए ।

    नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाल वायुसेवा निगमको ट्विनअटर विमान खरिद प्रक्रियामा १८ करोड रुपैयाँ कमिसन खाने खेल भइरहेको आरोप लगाएका थिए । पछि विषयमा प्रतिकार गर्न खोज्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती विवादमा परेका थिए ।

    सांसद खतिवडाले हाल उत्पादन बन्द हुन लागेको जहाज खरिद गर्न लागेको अरोप लगाएका थिए ।

    “‘रिपोर्ट अन क्वालिफाइड’ भनेर समितिले भनिसकेको छ । ३०० डी ल्याइँदै छ, जुन जहाज उत्पादनमा छैनन् । यसलाई ल्याएर झन्डै १८ करोड रुपैयाँ कमिसन खाने खेलमा लागिएको सूचना प्राप्त भएका छन्,” उनले भनेका थिए ।

    यसअघि ऋण दिएका संस्थाबाहेक कोबाट निगमले ऋण लिँदै छ भन्नेबारे भने केही बताइएको छैन । अर्थ मन्त्रालयका एक उच्च अधिकारीले निगमलाई ऋण दिने संस्था कस्ता रहेछन् हेरेपछि मात्रै सरकारले निर्णय गर्ने बताए ।

    अर्थ मन्त्रालयले ऋणका लागि निगमलाई स्वीकृति दिइसकेको छैन । हालभन्दा कम ब्याजमा ऋण दिन सक्ने संस्था हेरेरमात्रै निर्णय गर्ने जानकारी अर्थ मन्त्रालयका ती अधिकारीले दिए ।

    बिहिबार, चैत ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २१ गते (५

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer