• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख २९, २०८३
☰
मङ्गलबार, बैशाख २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख २३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख २५ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल वैशाख २४ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

राष्ट्रिय सभाका समितिमा सभापति निर्विरोध


  •   आइतबार, चैत ०४, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय सभामा रिक्त रहेका दुई समितिका सभापति निर्विरोध निर्वाचित हुने भएका छन् । सभाले सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापतिको निर्वाचन गर्न लागेको हो ।

    Advertisement

    सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले उम्मेदवारीको प्रस्ताव दर्ताका लागि तोकिएको समयभित्र दुवै समितिको सभापतिमा एक एक जनाको मात्रै प्रस्ताव दर्ता भएको जानकारी दिनुभयो । उम्मेदवारी दर्ताका लागि शनिबार बिहान ११ देखि १२ बजेर ३० मिनेटसम्मको समय तोकिएको थियो ।

    सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा नेकपा (एमाले) बाट निर्वाचित सदस्य सोनाम गेल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समितिमा नेपाली कांग्रेसबाट निर्वाचित सदस्य कमला पन्तको उम्मेदवारी दर्ता भएको हो ।

    सहायक प्रवक्ता धमलाले राजनीतिक दलहरूबिच दुवै समितिको सभापति सर्वसम्मत निर्वाचित गर्ने सहमति भएबमोजिम उम्मेदवारी दर्ता भएको बताउनुभयो । रिक्त रहेका दुईमध्ये एउटामा कांग्रेस र अर्कोमा एमालेले सभापति पाउने दलहरूबिच सहमति भएको हो ।

    एमालेका शेर्पाको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक गोपीबहादुर सार्की अछामी तथा समर्थकमा एमालेका इन्दिरादेवी गौतम र कांग्रेसका दुर्गा गुरुङ हुनुहुन्छ । कांग्रेसका पन्तको प्रस्तावक कांग्रेसकै नारायणदत्त भट्ट र समर्थकमा एमालेका शारदादेवी भट्ट हुनुहुन्छ ।

    राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पदावधि फागुन २१ गते सकिँदा दुई समितिको सभापति पद रिक्त भएको थियो । संशोधित राष्ट्रिय सभा नियमावलीबमोजिम रिक्त भएको १५ दिनभित्र सभापतिको चयन हुनुपर्ने हुन्छ । सो व्यवस्थाबमोजिम चैत ५ गतेभित्र रिक्त रहेका दुवै समितिले सभापति पाउनुपर्ने हुन्छ ।

    सहायक प्रवक्ता धमलाले दुवै समितिको बैठक चैत ५ गते आइतबार बस्ने जानकारी दिनुभयो । उहाँले उम्मेदवारीको एकल प्रस्ताव दर्ता भएकाले समितिको आइतबारको बैठकमा छलफलपछि अध्यक्षता गर्ने सदस्यले समितिको सभापति निर्वाचित भएको घोषणा गर्ने बताउनुभयो ।

    माथिल्लो सदनको सबैभन्दा ठुलो दल माओवादी केन्द्रबाट निर्वाचित सदस्य मायाप्रसाद शर्मा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापति हुनुहुन्छ । नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित जयन्तीदेवी राई विधायन व्यवस्थापन समितिको सभापति हुनुहुन्छ ।

    आइतबार, चैत ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख २६ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख २७ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख २३ गते बुधवार:

    • ४.
      आज २०८३ साल वैशाख २५ गते शुक्रवार:

    • ५.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो

    • ६.
      आज २०८३ साल वैशाख २४ गते बिहीवार:

    भर्खरै

    • १.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख २५ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख २४ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख २३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख २२ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख २१ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer