• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, बैशाख २८, २०८३
☰
सोमबार, बैशाख २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख २२ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख २३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख २५ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल वैशाख २४ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मनाङेले त्यागे एकीकृत समाजवादी, रोचक मोडमा गण्डकीको राजनीति


  •   आइतबार, चैत ०४, २०८० मा प्रकाशित
  • पोखरा । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले एकीकृत समाजवादी त्यागेको घोषणा गरेपछि गण्डकीको राजनीति रोचक मोडमा पुगेको छ ।

    Advertisement

    ४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र हैसियतमा जितेका मनाङे त्यसको १५ दिनपछि १९ मंसिरमा एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर अहिले सत्ता समीकरणका कारण गण्डकीमा सरकार बनाउने र टिकाउने खेल सुरु भएका बेला उनले एकीकृत समाजवादी त्यागेको घोषणा गरेका हुन् ।

    आइतबार मनाङेले आफूले एकीकृत समाजवादी पार्टी परित्याग गरेको भन्दै गण्डकी प्रदेशसभा सचिवालयमा पत्र दिएका छन् ।

    ‘एकीकृत समाजवादीमा प्रवेश गरेपछि त्यही दलको सदस्यका रुपमा संसदमा जानकारी आएको थियो र त्यहीरुपमा सूचीकृत गराइएको थियो । तर, अहिले उहाँले दल त्यागेर स्वतन्त्र नै रहेको जानकारी गराउनुभएको छ’, प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले भने ।

    मनाङेले आफूले स्वतन्त्र हैसियतमा चुनाव जितेकाले स्वतन्त्र नै रहने भन्दै पत्र दिएपछि प्रदेशसभा सचिवालय परामर्शमा जुटेको छ । ‘स्वतन्त्र रुपमा जितेकाले दलको ह्वीप लाग्छ कि लाग्दैन र पदबारे अगाडिको प्रक्रिया के हुन्छ भन्नेबारे उक्त पार्टीले पनि निर्णय लिन्छ होला र हामी पनि कानुनी परामर्शमै छौं’, सचिव पोखरेलले भने ।

    प्रदेशसभा सदस्य मनाङेले गण्डकीमा अप्ठेरो अवस्था देखिएकाले मध्यावधि चुनावमा जान सक्ने अवस्था रोक्न आफूले स्वतन्त्र रहने निर्णय गरेको बताएका छन् ।

    २१ फागुनमा एमाले-कांग्रेससहितको गठबन्धन बनेपछि गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विश्वासको मत लिनुपर्ने अवस्थामा छन् । कांग्रेसबाट निर्वाचित पाण्डेले २२ फागुनमै माओवादी केन्द्रका मन्त्री बर्खास्त गरे भने माओवादीले पनि समर्थन फिर्ता लिएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित ८, राप्रपाको २ र दीपक मनाङे छन् । यो स्थितिमा मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था छैन भने एमाले-माओवादीले पनि सरकार बनाउन सक्ने अवस्था छैन ।

    गण्डकीमा अहिलेसम्म राप्रपा निर्णायक देखिएको छ । तर, मनाङे पनि स्वतन्त्र बसिदिँदा अहिलेको सत्ता समीकरणको सजिलै सरकार बन्ने स्थिति नदेखिएको हो ।

    माओवादी सांसदको रुपमा गणना भएका फणीन्द्र देवकोटा पनि नेपाल समाजवादी पार्टीका नेता हुन् । उनी माओवादी चुनाव चिह्नबाट निर्वाचित भएका थिए । उनलाई पनि नेपाल समाजवादी पार्टीको सांसद कायम गराइदिन अध्यक्ष बाबुराम भट्टराई निर्वाचन आयोगमा पत्र लेखेका छन् ।

    संघीय सांसद महिन्द्र राय यादव, बागमतीका सांसद गंगानारायण श्रेष्ठले माओवादीसँग एकता गर्ने निर्णय गरे पनि फणीन्द्र भने अहिले पनि बाबुरामकै साथमा छन् ।

    शनिबारमात्र काठमाडौंमा भएको कार्यक्रममा पनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र बाबुरामबीच सत्ता समीकरणबारे पनि छलफल भएको थियो ।

    २७ सांसदसहित कांग्रेस नेतृत्वमै सरकार कायम राख्न पाण्डेले राप्रपालाई पनि फकाइरहेका छन् । राप्रपाका २ सांसदसहित मनाङे र फणीन्द्र पनि पाण्डेकै पक्षमा उभिने स्थिति बनाउन मुख्यमन्त्री पाण्डेले कसरत गरिरहेका छन् ।

    स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई मुख्यमन्त्री पाण्डे र गण्डकीका सभापति शुक्रराज शर्माले पनि गण्डकी प्रदेश सरकार कांग्रेसकै बनाउन सकिने बिफ्रिङ गरेका थिए ।

    राप्रपा संसदीय दलका नेता पञ्चराम तमुले अहिले सरकारमा नजाने पार्टीको नीति रहेको तर आवश्यकताका आधारमा सरकार निर्माणका क्रममा समर्थन गर्न सकिने बताएका छन् ।

    आइतबार, चैत ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख २६ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख २२ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख २३ गते बुधवार:

    • ४.
      आज २०८३ साल वैशाख २७ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख २५ गते शुक्रवार:

    • ६.
      आज २०८३ साल वैशाख २४ गते बिहीवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख २५ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख २४ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख २३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख २२ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख २१ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख २० गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer