• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सिद्धबाबा सुरुङमार्ग: निर्माण गति बढ्यो


  •   सोमबार, चैत ०५, २०८० मा प्रकाशित
  • पाल्पा । सिद्धबाबा सुरुङमार्गको निर्माणले गति लिएको छ । पछिल्लो चार महिनादेखि निर्माणलाई गति दिँदा हालसम्म २० प्रतिशतभन्दा बढी काम पूरा भइसकेको आयोजना पक्षले जनाएको छ ।

    Advertisement

    यस सुरुङमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा सरकारले उच्च प्राथमिकतामा राखेको छ । हालसम्म दक्षिणतर्फको ढोकाबाट ३४ मिटर सुरुङ खनिएको छ भने उत्तरतर्फको ढोकाबाट दुई मिटर सुरुङ खनिएको छ । यस्तै सेफ्टी ढोका र रकनेट बिछ्याउने कामले पनि गति लिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिनुभयो । सरकारको प्राथमिकतामा परेको आयोजनाको काम पछिल्लो समय सन्तोषजनक रूपमा प्रगति भएको र निर्माण व्यवसायीलाई समयमै सक्न ताकिता गरिएको उहाँले बताउनुभयो ।

    गत वर्ष २०७९ फागुनदेखि नै सुरुङमार्ग निर्माणको काम सुरु भए पनि गत बर्सातमा सुरुङमार्गको ढोकामाथिबाट पहिरो खसेपछि चार महिना काम रोकिएको थियो । हाल रातको समयमा काम गर्न थालेपछि कामले गति लिएको हो । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अन्तर्गत बुटवलको तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान चौकीसम्मको करिब तीन किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले सुरुङमार्ग बनाउने योजना अगाडि बढेको हो ।

    सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले एक हजार १२६ मिटर लम्बाइको सुरुङमार्गका लागि सात अर्ब ३४ करोड रुपियाँमा सम्झौता गरेर काम भइरहेको छ । सुरुङमार्ग बनेपछि यस क्षेत्रमा खस्ने पहिरो रोकिने विश्वास गरिएको छ । सिद्धार्थ राजमार्ग हुँदै पाल्पा, गुल्मी, स्याङ्जा, रुपन्देही, अर्घाखाँची, बागलुङलगायतका जिल्लामा आवतजावत हुने गरेको छ ।

    यसैबिच उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सिद्धबाबा सुरुङ निर्माणको काम समयमै सक्न निर्देशन दिनुभएको छ । पाल्पाको सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङमार्गको स्थलगत निरीक्षण गर्दै मन्त्री महासेठले राष्ट्रिय गौरवको आयोजनामा ढिलाइ गर्नेमाथि छुट नदिइने बताउनुभयो ।

    निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गलाई समयअगावै सक्न मन्त्री महासेठले निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “निर्माणका क्रममा कुनै अवरोध भए सरकार सहयोग गर्न तयार छ तर कुनै पनि वहाना बनाएर निर्माणमा रोक्न पाइन्न, समयमै सक्न निर्माण कम्पनीलाई सरकारका तर्फबाट निर्देशन छ ।” आयोजना समयमै सक्नुपर्ने र त्यसका लागि सरकार सबै खालको सहयोग गर्न तयार रहेको उहाँले उल्लेख गर्नुभयो ।

    सुरुङमार्ग राष्ट्रिय गौरवको आयोजनाका रूपमा सरकारले उच्च प्राथमिकतामा राखेकाले यसलाई सफल बनाउन आकस्मिक रूपमा निरीक्षण गरिएको उहाँले बताउनुभयो । मन्त्री महासेठले सुरुङमार्ग निर्माणमा सरकारका तर्फबाट बजेटको पनि कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

    सोमबार, चैत ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer