• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

प्रविधिको प्रयोगले उखुकिसान उत्साहित


  •   सोमबार, चैत ०५, २०८० मा प्रकाशित
  • स्याङ्जा । परम्परागत रूपमा उखु खेती गर्दै आएका स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ लुङ्सिङका किसान प्रविधिको प्रयोग गर्न पाउँदा उत्साहित भएका छन् । गोरु नारेर उखु पेल्दै आएका यहाँका किसानलाई गाउँपालिकाले अनुदानमा उखु पेल्ने मेसिन दिएपछि किसानले सहज महसुस गरेका छन् ।

    Advertisement

    परम्परागत शैलीमा उखुखेती गर्दा, पेल्दा अत्यन्त झन्झटिलो, श्रम र समयको खर्च बढी भएपछि यहाँका किसान उखुखेतीबाट बिमुख हुँदै गएको अवस्थामा गाउँपालिकाले उखु पेल्ने आधुनिक उपकरण, खेतीसम्बन्धी तालिम दिएपछि पुरानै पेसामा फर्कनेको सङ्ख्या बढ्दै गएको छ । लुङ्सिङका १५ घरपरिवार उखुखेतीमा आवद्ध छन् ।

    यहाँका किसानले करिब एक सय वर्षदेखि उखुखती गर्दै आएका छन् । खुदो बनाएर आम्दानी लिनु यहाँका किसानको मुख्य पेसा हो । स्थानीय भुवानन्द न्यौपानेले गोरु नारेर उखु पेल्दाश्रम र समयको खर्च हुने भएकाले उखु खेतीतर्फ जागर हराउँदै गएको स्मरण गरे । गाउँपालिकाले उखु पेल्ने मेसिन दिएपछि भने आफूहरूमा उत्साह थपिएको बताए ।

    “परम्परागत रूपमा उखु पेल्दा दिनैभरी लाग्थ्यो । मेसिनमा भने दिनभरको काम एकै घण्टामै हुने भएको छ”, उनले भने, “गाउँपालिकाले यहाँका किसानलाई उखुखेतीसम्बन्धी तालिमसमेत दिएको छ । यहाँका सबै किसानको मनस्थिति उखुखेती विस्तार गर्दै लैजाने छ ।”

    बाउबाजेको सिको गर्दै उखुखेती गरिरहेका यहाँका किसान प्रविधिको ज्ञानको अभावमा विस्थापित हुने अवस्थामा पुगेका थिए । “खेतीलगाउन त्यति गाह्रो छैन । तर रसबाट खुदो बनाउन अत्यन्त मेहनत लाग्छ । ठूला ठूला मुडा, काठ दाउरा जङ्लबाट ल्याउन, पकाउन निक्कै गाह्रो छ”, न्यौपानेले थपे, “खुदो बनाउन श्रम बढी खर्च हुने हुँदा युवाको आकर्षण यो पेसातर्फ त्यत्ति देखिँदैन ।”

    “गुल्मीको थोर्गाबाट बीउ ल्याएर बाउबाजेले यहाँ उखुखेती सुरु गर्नुभएको हो भन्ने सुन्दै आएका छौँ”, उनले भने, “एक पाथी खुदो उत्पादन गर्न नौ पाथी रस आवश्यक पर्छ । बजारको कुनै समस्या छैन । दुई सयमा एक माना घरबाटै बिक्री हुन्छ ।” न्यौपानेले दुई रोपनी जमिनमा उखु लगाएका छन् । उनले सिजनअनुसार धान मकै कोदो उत्पादन तथा बाख्रा पालेको छ ।

    यहाँका किसानले खुदो बिक्रीबाट वार्षिक एकदेखि पाँच लाखसम्म कमाइगर्दै आएका छन् । भुवानन्दले पनि यसवर्ष पाँच सय माना खुदो उत्पादन गरेको सुनाए । खेतीगर्ने आधुनिक प्रविधि, खुदो पकाउने बिजुली मेसिन सरकारबाट पाए आफूहरूले सही सदुपयोग गर्ने उनको भनाइ छ ।

    किसान रुकमागत न्यौपानेले पनि चार रोपनी जमिनमा उखु खेतीगर्दै आएका छन् । उनले खुदो बिक्रीबाट वार्षिक दुई लाख ५० हजारसम्म आम्दानी गर्ने गरेको सुनाए । रुकमागतले उखु खेतीलाई कहिले काहीँ कीराले सताउने गरेको गुनासो गरे। उनले पनि धान, गहुँ मकै खेतीसँगै बाख्रापालन गरेका छन् ।

    किसान नन्दलाल न्यौपानेले उखु खेतीबाट राम्रो आम्दानी हुने बताए । “म जान्ने हुँदादेखि हाम्रोमा उखुखेती थियो । यसैबाट घरखर्च चलेको थियो”, उनले भने, “उखुबाट किसानलाई राम्रो फाइदा हुन्छ ।” उनी बाँझो जग्गामा उखु लगाउन सबैलाई सुझाव पनि दिन्छन् । यसवर्ष करिब १५ हजार लिटर खुदो उत्पादन गर्ने लुङ्सिङवासीको लक्ष्य छ । रासस

    सोमबार, चैत ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer