• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, जेठ २८, २०८३
☰
बिहिबार, जेठ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

यस्तो छ, महराको हिरासत यात्रा


  •   मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित
  • काठमाडौँ । प्रतिनिधि सभाका पूर्वसभामुख तथा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

    Advertisement

    सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर मुद्दा चलाउन सिफारिस गरेपछि पक्राउ परेका महरालाई काठमाडौँ जिल्ला अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई अनुमति दिएको हो । ब्युरोले भने सात दिन मागेको थियो । महरा अस्वस्थ भएकाले हिरासतमा राख्ने अवधिमा अस्पतालमा राखेर अनुसन्धान गर्न पनि अदालतले आदेश दिएको छ । त्यस अनुसार महरालाई थापाथलीस्थित नर्भिक अस्पतालमा राखिएको छ ।

    प्रहरीले महरालाई सोमबार बिहान कपिलवस्तुबाट पक्राउ गरी काठमाडौँ ल्याएको हो । यसअघि सुन प्रकरणमा अनुसन्धान गरेको सिआइबीले महरालाई बयान कागज गराएर छाडेको थियो ।

    सुन तस्करी प्रकरणको छानबिनका लागि गठित उच्चस्तरीय आयोगले भने यसअघि मुद्दा नचलाई छाडिएकोमा आपत्ति जनाउँदै थप छानबिन गरी मुद्दा चलाउन सुझाव दिएको थियो । आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रीपरिषद्को निर्णय र त्यस अनुसार नै पक्राउ गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको आदेश अनुसार प्रहरीले पक्राउ गरेको हो ।

    काठमाडौँमा रहेका महरा उपत्यकाबाहिर गएपछि प्रहरीले पिछा गर्दै कपिलवस्तुबाट पक्राउ गरेको हो । पक्राउपछि काठमाडौँ ल्याएर केन्द्रीय अनुसन्धान ब्युरोमा सोधपुछ गरी म्याद थपका लागि अपराह्न काठमाडौँ जिल्ला अदालतमा लगेको थियो ।

    ब्युरोका प्रवक्ता होविन्द्र बोगटीले जाँचबुझ आयोगको प्रतिवेदनमा दोषी किटान गरिएका महरामाथि अनुसन्धान गरी अनुसन्धानको पूरक प्रतिवेदन पेस गरिने जानकारी दिनुभयो ।

    २०७९ पुस १० मा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चिनियाँ नागरिक ली हासोङका साथबाट इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर ल्याएको नौ केजी सुन बरामद गरेको थियो । हासोङको साथबाट बरामद ७३० वटा भेप तथा गत साउन २ गते विमानस्थलबाट आन्तरिक राजस्व अनुसन्धानले बरामद गरेको ६० केजी तस्करीको सुन प्रकरणमा पक्राउ परेका महराको संलग्नता देखिएपछि सिआइबीले अनुसन्धानका क्रममा महरालाई पक्राउ गरेको हो । सोही प्रकरणमा बयान लिएका तर बयानसम्बन्धी अभिलेख नै गायव बनाई भगाइएको जीवन चलाउनेमाथि पनि थप अनुसन्धान गर्न आयोगले आदेश दिएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले बरामद गरेको तस्करीको सुन छुटाउन कृष्णबहादुर महरा र छोरा राहुलले भन्सार कार्यालयलाई पटक पटक दबाब दिएको आयोगले बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ । राहुललाई भने अदालतको आदेशबमोजिम थुनामा पठाइएको छ ।

    भेप प्रकरणमा महरालाई प्रतिवादी बनाएर मुद्दा चलाउन पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले सिफारिस गरेको थियो । पूर्वसभामुख महरा र तस्करीको मुख्य लगानीकर्ता चिनियाँ नागरिक वाङबिच पटक पटक कुराकानी भएको खुलेको छ । सो सुन प्रकरणमा चिनियाँ नागरिक लुई र दाओजिन वाङसँग महराका छोरा राहुलको पनि सम्बन्ध देखिएको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    भेपमा सुन ल्याउने समूहका आसिन पेङ र दाओजिन वाङको ६० किलो सुन तस्करीमा पनि संलग्न देखिएका छ हाल तीनै जना फरार छन् ।

    गुरुङ धरौटीमा रिहा

    सुन तस्करी प्रकरणमा नै पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका वैदेशिक मामिला सल्लाहकार जीवनकुमार गुरुङ १५ लाख रुपियाँ धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरुङलाई धरौटीमा छोड्न आदेश दिएको हो ।

    सुन तस्करी प्रकरणमा फागुन १४ मा पक्राउ परेका गुरुङविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो । पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन यसअघि नै पक्राउ परिसकेका छन् । यसअघि उक्त प्रकरणको अनुसन्धानमा त्रुटि भएको सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले औँल्याएपछि तत्कालीन सिआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण वज्राचार्यलाई मन्त्रीपरिषद्को निर्णय अनुसार प्रहरी मुख्यालयमा सरुवा गरिसकिएको छ । त्यहाँ प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीलाई पठाइएको छ ।(गोरखापत्र)

    मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer