• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

रुसलाई कसैले धम्क्याउन सक्दैन: पुटिन


  •   मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित
  • मस्को । रुसी नेता भ्लादिमिर पुटिनले चुनावी जितको प्रशंसा गर्दै रुस ‘धम्कीबाट डराउन नहुने’ बताउनुभएको छ । निर्वाचनले पूर्व जासुस पुटिनका लागि दुई सय वर्षभन्दा अधिक समयमा सबैभन्दा लामो समय सेवा गर्ने रुसी नेता बन्न मार्गप्रशस्त गरेको छ ।

    Advertisement

    एकहत्तर वर्षीय पुटिनका सबै प्रमुख प्रतिद्वन्द्वी मरिसकेका छन्, कारागारमा छन् वा निर्वासित छन् । साथै उहाँले युक्रेनमा आफ्नो शासन वा सेनाको आक्रमणको सार्वजनिकरूपमा विरोध गर्ने जोकोहीमाथि कठोर कारवाही गर्नुभएको छ ।

    “म तपाईंको समर्थन र यो विश्वासका लागि तपाईं र मुलुकका सबै नागरिकलाई धन्यवाद दिन चाहन्छु”, मतदान समाप्त भएको केही घण्टापछि सोमबार बिहान मस्कोमा आफ्नो निर्वाचन अभियान मुख्यालयमा पत्रकार सम्मलेनमा पुटिनले भन्नुभयो, “जसले जति धम्की दिन वा हाम्रो इच्छाशक्ति र हाम्रो चेतनालाई दबाउन चाहेको भए पनि यसबाट कुनै फरक पर्दैन, इतिहासमा कोही पनि यस्तो तरिकाले सफल भएको छैन, यसले अब काम गर्दैन र भविष्यमा पनि कहिल्यै गर्नेछैन ।”

    सरकारी समाचार एजेन्सी आरआइएका अनुसार आधिकारिक निर्वाचन आँकडाले ९९ प्रतिशतभन्दा बढी मतदान केन्द्रले दिएको परिणाममा पुटिनले ८७ प्रतिशत मत प्राप्त गर्नुभएको छ । कुनै पनि वास्तविक प्रतिस्पर्धाको सामना गर्नु नपरेको राष्ट्रपति निर्वाचनमा यो उहाँको रेकर्ड जित हो ।

    तीनदिने निर्वाचनमा घातक युक्रेनी बमबारी, किएभ समर्थक तोडफोड समूहहरू र मतदान केन्द्रहरूमा तोडफोडले रुसी क्षेत्रमा घुसपैठमा वृद्धि भएको थियो । क्रेमलिनले निर्वाचनलाई रुसीहरूका लागि युक्रेनमा पूर्णस्तरको सैन्य अभियानपछाडि आफ्नो समर्थन दिन एउटा अवसरका रूपमा लिएको थियो । रुस नियन्त्रित क्षेत्रमा पनि मतदान भएको थियो ।

    पुटिनले मस्कोमा निर्वाचनपछि आफ्नो भाषणमा युक्रेनमा लडिरहेका रुसी सैनिकहरूलाई विशेष धन्यवाद दिनुभयो । साथै उहाँले एक सातापछि पनि युक्रेनले रुसमाथि आफ्ना केही सबैभन्दा महत्त्वपूर्ण हवाई हमला र युक्रेन समर्थक मिलिसियाले रुसी सीमावर्ती गाउँहरूमा सशस्त्र हमला सुरु गरे पनि आफ्नो सेनालाई युद्धको मैदानमा ठूलो फाइदा भएको बताउनुभयो ।

    किएभ र उसका सहयोगीहरूले मतदानलाई नाटक भनेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पुटिनलाई ‘सत्ताको नशामा डुबेको तानाशाह’ भन्दै आलोचना गर्नुभयो । “आफ्नो व्यक्तिगत शक्ति बढाउनका लागि प्रतिबद्धता गर्नु कुनै खराबी होइन”, उहाँले भन्नुभयो ।

    मतदानको पहिलो दिन शुक्रबार युरोपेली सङ्घ (इयु) का प्रमुख चार्ल्स मिसेलले पुटिनलाई उहाँको ‘प्रचण्ड जीत’ मा व्यङ्ग्यात्मक तरिकाले बधाई दिनुभएको थियो । बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले विरोध प्रदर्शनमा आफ्नो आवाज थप्दै भन्नुभयो, “यो स्वतन्त्र र निष्पक्ष निर्वाचन जस्तो देखिँदैन ।” अमेरिकाले मस्कोले कब्जा गरेका युक्रेनी क्षेत्रहरूमा मतदान गराएकामा आलोचना गरेको छ ।

    भेनेजुएला, निकारागुवा, क्युबा र बोलिभियाका नेताहरूले पुनः राष्ट्रपतिमा निर्वाचित भएकामा पुटिनलाई बधाई दिएका छन् ।

    पुटिनले अर्को एक पूर्ण क्रेमलिन कार्यकाल पूरा गर्नुभयो भने उहाँ १८औँ शताब्दीमा क्याथरिन दि ग्रेटपछि कुनै पनि रुसी नेताको तुलनामा उहाँ सबैभन्दा लामो समय सत्तामा रहनुहुनेछ ।

    पुटिनका प्रमुख प्रतिद्वन्द्वी दिवङ्गत एलेक्सी नभाल्नीले उहाँको अपरिहार्य जीतलाई बिगार्ने प्रयास गर्नुभएको थियो । उहाँले मतदाताहरूलाई मध्याह्नमा मतदान केन्द्रहरूमा भीड बढाउन र आफ्नो मतपत्र बिगार्न आग्रह गर्नुभएको थियो । नभाल्नीको गत महिना आर्कटिक कारागारमा मृत्यु भएको थियो ।

    पुटिनलाई चीनको बधाई
    यसैबीच रुसको प्रमुख सहयोगी चीनले सोमबार राष्ट्रपति पुटिनलाई चुनाव जितेकामा बधाई दिएको छ । “चीन यसका लागि बधाई व्यक्त गर्दछ”, नियमित पत्रकार सम्मेलनमा मतदानका बारेमा सोधिएको प्रश्नमा विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भन्नुभयो, “चीन र रुस नयाँ युगमा एकअर्काका सबैभन्दा ठूलो छिमेकी र व्यापक रणनीतिक सहयोगी साझेदार हुन् ।”

    “राष्ट्रपति सी जिनपिङ र राष्ट्रपति पुटिनको रणनीतिक मार्गनिदेर्शनमा चीन–रुस सम्बन्ध अगाडि बढिरहनेछ भन्ने हाम्रो दृढ विश्वास छ”, यस वर्ष दुवै मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वार्षिकोत्सव मनाउने उल्लेख गर्दै प्रवक्ता लिनले भन्नुभयो, “दुवै राष्ट्राध्यक्षले घनिष्ठ आदानप्रदान जारी राख्न, दुवै मुलुकबीच लामो समयदेखिको असल छिमेकी मित्रतालाई कायम राख्न, व्यापक रणनीतिक समन्वयलाई गहिरो बनाउन र नयाँ युगमा चीन–रुस सम्बन्धको निरन्तर विकासलाई प्रवर्द्धन गर्न नेतृत्व गर्नुहुनेछ ।” रासस/एएफपी

    मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer