काठमाडौं । आज देशभर छिटपुटदेखि हल्का वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार पश्चिमी र भारतको विहार आसपास विकसित न्यून चापीय प्रणालीहरूको प्रभावका कारण आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।
कोशीका केही, मधेश, वागमती र गण्डकीका थोरै तथा देशका बाँकी भूभागका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। यस्तै, कोशी, वागमती र गण्डकीका उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। मधेश र कोशीका तराई इलाकाका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना देखिएको छ।
आज राति देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। गण्डकीका पहाडी भेगका थोरै र देशका बाँकी पहाडी भूभागका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ।




