• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार २६, २०८३
☰
शुक्रबार, असार २६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ३. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

तस्करीलाई अनदेखा नगर्दा कारवाही सिफारिस, कठै नेपालको कानून


  •   शुक्रबार, चैत ०९, २०८० मा प्रकाशित
  • काठमाडौं । इलेक्ट्रिक सिगरेट (भेप)मा भएको सुन तस्करी अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा निवेदन दिने तत्कालीन भन्सार प्रमुखलाई कारबाही सिफारिस भएको खुलेको छ । सुनको अवैध पैठारी (तस्करी) जाँचबुझ आयोगले भेपको सुन तस्करीबारे सीआईबीमा उजुरी दिने तत्कालीन विमानस्थल कार्यालयका भन्सार प्रमुख सहसचिव अरुण पोखरेललाई कारबाही सिफारिस गरेको हो ।

    Advertisement

    उनीमाथि ‘नैतिक जिम्मेवारी लिनुपर्ने’ भन्दै सचेत गराउन आयोगले सिफारिस गरेको हो । उनकै उजुरीपछि भेपमार्फत् हुने सुन तस्करीको नयाँ तथ्य खुलेको थियो ।

    भन्सार गोदाममा राखिएको भेप मुद्दा शाखाबाट निरीक्षण गर्दा साटफेर भएको पत्ता लागेपछि पोखरेल अनुसन्धानका लागि सीआईबी पुगेका थिए । उक्त भेपभित्रको सुन भन्सारकै नासु रेवन्त खड्कासहित सुरक्षा गार्ड निर्मलकुमार विक, भन्सार एजेन्ट दिनेश बस्नेतले चोरी गरी व्यापारी वेदप्रकाश अग्रवाल र साहेबराव पाण्डुरङ मर्गलेको समूहले बिक्री गरेको थियो ।

    उक्त अभियोगमा हाल जिल्ला अदालत काठमाडौंले उनीहरूलाई पुर्पक्षका लागि जेल चलान गरेको छ । साटफेरबारे नासु खड्कालाई पटक–पटक सोधपुछ गर्दा पनि जवाफ नपाएपछि अनुसन्धानका लागि सीआईबी गएको उनले गरेको कागजमा उल्लेख छ ।

    पोखरेल हाल गृहमन्त्रालयमा कार्यरत छन् । पोखरेलले दिएको निवेदनकै आधारमा सीआईबीको अनुसन्धानले ०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानमार्फत् भेप ल्याएको खुलाएको थियो । ७३ बट्टाभित्र ७३० थान भेपमा नौ किलो सुन लुकाएर ल्याइएको खुलेको हो ।

    उक्त सुन तस्करीमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराको समेत ‘कनेक्सन’ देखिएको थियो । महरा त्यही अरोपमा पक्राउ परेर आज (शुक्रबार) छुटेका छन् ।

    भेपकै सुन तस्करीमा जोडिएका महराका छोरा राहुल महरा भने पुर्पक्षका लागि थुनामा छन् । सरकारले १४ असोजमा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा आयोग गठन गरेको थियो ।

    आयोगको सदस्यमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, पूर्वसहसचिव किशोरजंग कार्की र पूर्वसहसचिव प्रेमराज जोशी थिए ।

    आयोगले सीआईबी प्रमुख एआईजी किरण बज्राचार्य, एक एसपीसहित दुई डीएसपीलाई समेत विभागीय कारबाही सिफारिस गरेको थियो । कारबाही सिफारिस गरेका प्रहरी अधिकारी समेत आयोगको छानबिनप्रति असन्तुष्ट देखिका छन् । आयोगको सिफारिसँगै बज्राचार्यालाई सीआईबीको प्रमुखबाट हटाइएको छ ।

    शुक्रबार, चैत ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २१ गते (५

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer