• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

२०२४ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित प्रचारमा पोखराका पर्यटन व्यवसायी


  •   शनिबार, चैत १०, २०८० मा प्रकाशित
  • काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएसँगै कास्कीको पोखराका पर्यटन व्यवसायीहरू हर्षित छन् । लामो समयदेखि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने पोखराका पर्यटन व्यवसायीको माग थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिक कार्यक्रमबीच आइतबार पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका थिए ।

    Advertisement

    पोखरा नेपाल घुम्ने विदेशी पर्यटकको पहिलो सूचीमा पर्छ । नेपाल घुम्ने पर्यटकमध्ये कति पर्यटक पोखरा जान्छन् भन्ने यकिन तथ्यांक कसैसँग छैन । तर नेपाल पर्यटन बोर्ड करिब ६० प्रतिशत पर्यटक पोखरा पुग्ने गरेको अनुमान रहेको बताउँछ ।

    पोखरामा १२ सय होटेल र ८०० रेष्टुरेन्ट छन् । यी होटेल तथा रेष्टुरेन्टमा दैनिक ४० हजार पर्यटकलाई सेवा दिनसक्ने क्षमता छ ।

    सरकारले २०२३ मा नेपालमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । उक्त लक्ष्य पूरा पनि भयो । तर, नेपालमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य १० वर्ष पुरानो भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउँछन् ।

    “हामीले २०२४ मा पोखरामै २० लाख पर्यटक भित्र्याउने योजनाका साथ काम गरिरहेका छौँ । त्यसका लागि नयाँ गन्तव्य खोजी गर्न लागिरहेका छौँ,” उनले भने ।

    पर्यटकीय राजधानी घोषणा भएपछि पोखरा घुम्न आउने पर्यटकको औसत बसाई तीनबाट पाँच दिन पुर्याउने गरी योजना बनाएर काम गरिरहेको परिषद्का अध्यक्ष श्रेष्ठ बताउँछन् । यसका लागि प्रचार–प्रसारदेखि विभिन्न प्याकेज नै घोषणा गर्ने श्रेष्ठको भनाइ छ ।

    २०२४ मा पोखरामा २० लाख पर्यटक भित्र्याउने गरी गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र पर्यटन व्यवसायीहरू सहकार्य गरी भारत, चीन, युरोप, अमेरिकालगायत मुलुकका विभिन्न सहरहरूमा पर्यटन प्रवर्द्धन र प्रचार–प्रसार गर्ने श्रेष्ठले जानकारी दिए ।

    “पोखरा पर्यटकीय राजधानी पनि हो । यहाँ एक पटक घुम्न जानैपर्छ भन्ने सन्देश फैलाउन आवश्यक छ । हामीले पनि त्यहीअनुसार काम गर्ने योजना छ,” श्रष्ठले भने ।

    नेपाल–भारतको सीमा क्षेत्रमा मात्रै ३०/४० करोड जनसंख्या बस्ने गरेको भन्दै उनले त्यहाँ प्रचार–प्रसार गर्न सके २० लाख पर्यटक सहजै भित्र्याउन सकिने बताए ।

    पोखराबाट सबै प्रदेशमा हवाई कनेक्टिभिटी बढाउने, अन्तर्राष्ट्रिय उडान गर्ने, स्तरोन्नती भइरहेको सडक छिटोभन्दा सक्नुपर्ने उनको भनाइ छ । “यी काममा सरकारले ढिलो गर्न हुँदैन । जति चाँडो गर्न सक्छौँ, त्यति नै हामीले धेरैभन्दा धेरै पर्यटक भित्र्याउन सक्छौँ,” श्रेष्ठ भन्छन्

    पर्यटकीय राजधानी घोषणा भएपछि पर्यटक संख्या बढाउनेदेखि विभिन्न सेवा–सुविधा र नयाँ ‘प्रोडक्ट’ दिन पोखरालाई चुनौती थपिएको होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी बताउँछन् ।

    पोखरा पर्यटकीय राजधानी घोषणा भएसँगै साँच्चै राजधानी जस्तो देखाउन पर्यटन व्यवसायीदेखि संघ, प्रदेश र स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने सुवेदी बताउँछन् ।

    “राजधानी घोषणा भयो । तर यसअघि जति पनि पर्यटक आएनन् भने यसको औचित्य हुँदैन,” सुवेदीले भने, “यसका लागि महानगरपालिका, पर्यटन व्यवसायी, प्रदेश र संघीय सरकारको सहयोग महत्वपूर्ण हुन्छ ।”

    संघ सरकारले पनि पोखराको पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासमा आवश्यक बजेट विनियोजन गर्नुपर्ने उनको धारणा छ ।

    पर्यटन व्यवसायीले भारतीय बजारमा ‘चलिए पोखरा’ र ‘जाउँ पोखरा’ जस्ता थुप्रै कार्यक्रम गर्दै आएको छ । उनले यसलाई निरन्तरता दिँदै अरु सहरमा पनि पर्यटन प्रवर्द्धनका अन्य योजना ल्याउनुपर्ने बताए ।

    पर्यटकीय राजधानी घोषणा भएको अवसरमा पोखरामा होटेलहरूमा २० प्रतिशत छुट दिएका छन् । “राजधानी घोषण भएको अवसरमा संघको मातहतमा भएका होटेलहरूमा २० प्रतिशत छुट दिएका छौँ,” उनले भने ।

    पर्यटकीय राजधानी घोषणा भएसँगै चौबीसै घण्टा बजार खुला रहने बताउँदै उनले शान्ती सुरक्षाको उचित प्रबन्ध मिलाइएको जानकारी दिए ।

    शनिबार, चैत १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer