• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ ११, २०८३
☰
बिहिबार, भदौ ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

वर्षेनि थपिँदै ऋणको भार, अर्थविद् भन्छन्-सदुपयोग नहुँदा समस्या आयो


  •   शनिबार, चैत १०, २०८० मा प्रकाशित
  • काठमाडौं । प्रत्येक वर्ष सार्वजनिक ऋणको भार बढ्दै गएको छ । वर्षेनि ऋण थप्दा पनि पुँजी निर्माण भने हुन नसक्नु चिन्ताको विषय बन्दै गएको छ । ऋणकै अनुपातमा अर्थतन्त्रको आकार विस्तार हुन नसक्दा समग्र कुल गार्हस्थ उत्पादन (जीडीपी) मा ऋणको हिस्सा बढ्दै गएको छ । ऋण थपेर पनि अर्थतन्त्रको आकार बढाउन नसक्नु ठूलो समस्याका रुपमा देखिएको छ । विशेषगरी, ऋणको सहि सदुपयोग हुन नसक्दा समस्या आएको अर्थविद् डा. रघुविर बिष्ट बताउँछन् ।

    Advertisement

    सरकारले लिने आन्तरिक ऋण उत्पादन क्षेत्रमा लगानी हुन नसक्नु र बाह्य ऋण लिइएका विकास निर्माण आयोजना सम्पन्न गर्न ढिलाइ हुनु अहिलेको मुख्य समस्या रहेको बिष्टको भनाई छ । ‘हामीले लिएको ऋण सदुपयोगभन्दा बढी दुरुपयोग भएको छ’ उनले भने, ‘ऋण लिएर प्रशासन चलाउन र सामाजिक सुरक्षा भत्ता वितरण गर्न प्रयोग भएको छ ।’ आन्तरिक ऋण उत्पादनका क्षेत्रमा प्रयोग हुनुपर्नेमा उपभोगका क्षेत्रमा खर्च भइरहँदा एकातर्फ यसले जीडीपीमा न्यून योगदान गर्ने र अर्कोतर्फ दायित्व पनि थपिँदै जाने उनको भनाई छ ।

    सरकारले सार्वजनिक ऋणलाई पुँजी निर्माणका क्षेत्रमा खर्च गर्नुपर्ने अर्थविद् बिष्टको भनाई रहेको छ । ‘ऋणलाई उत्पादन वृद्धि र पूर्वधारको क्षेत्रमा प्रयोग गर्नुपर्छ’ उनले भने, ‘यसले अन्य क्षेत्रमा पनि लगानीको वातावरण सिर्जना गर्छ ।’ अनिमात्रै ऋणले अर्थतन्त्रको आकारमा वृद्धि गर्न सहयोग पुर्याउँछ । अर्कोतर्फ, पछिल्लो समय मुलुकको अर्थन्त्रमा शिथिलता आएको कारणले पनि जीडीपीको आकार उल्लेख्य विस्तार हुन नसकेको उनी बताउँछन् । बढ्दो क्रममा सार्वजनिक ऋणगत आर्थिक वर्षको अन्त्यसम्म मुलुकको कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।

    यसअवधिमा जीडीपीको आकार भने ५३ खर्ब ८१ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । यसरी हेर्दा जीडीपीमा कुल ऋणको हिस्सा ४२.७२ प्रतिशत रहेको छ । सार्वजनिक ऋणको हिस्सा दिनप्रतिदिन बढ्दो छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड ४३ लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७४–७५ मा जीडीपीमा कुल ऋणको हिस्सा ३०.२६ प्रतिशतमात्रै थियो ।

    शनिबार, चैत १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer