• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ ११, २०८३
☰
बिहिबार, भदौ ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

बिचौलियाको हातमा अलैँचीको मूल्य, प्रतिमन ८६ हजारमा किनबेच


  •   शनिबार, चैत १०, २०८० मा प्रकाशित
  • फिदिम । अलैँचीको मूल्य निर्धारण बिचौलियाको हातमा रहेको भन्दै किसानहरूले नियमन गर्न माग गरेका छन् । बिचौलियाले किसानले विक्री गर्ने समयमा कम मूल्य बनाएर खरिद गर्ने र बढी मूल्य बनाएर विक्री गर्ने गरेको पाइएको हो ।

    Advertisement

    प्रतिमन ७० हजार सम्ममा विक्री गरेको अलैँची हाल बिचौलियाले ८६ हजार भन्दा बढीमा मूल्य निर्धारण गरेका छन् । अलैँचीको गुणस्तर र सामाग्री उही भए पनि मूल्य मात्र घटबढ गर्ने गरेपछि यसको नियमन गर्न किसानले माग गरेका छन् ।

    पहाडी जिल्लाका किसानको प्रमुख आय स्रोतका रूपमा स्थापित अलैँचीको मूल्य शनिवार प्रतिमन ८६ हजार रुपियाँ पुगेको छ । किसानले बेचिसकेपछि अलैँचीको मूल्य आकासिएर प्रतिमन ८६ हजार (प्रतिकिलो दुई हजार एक सय पचास ) रुपियाँ पुगेको हो ।
    शनिवार झापाको बिर्तामोडमा प्रतिमन ८६ र पाँचथरको फिदिममा ८५ हजार रुपियाँमा किनबेच भएको फिदिमका अलैँची व्यवसायी खेमनाथ अधिकारीले बताउनुभयो ।
    फिदिममा अलैँचीको मूल्य प्रतिमन ८५ हजार रुपियाँ पुगेको यो वर्ष पहिलो पटक हो ।

    मूल्य बढे पनि अलैँची उत्पादक किसान स्वयम यो मूल्य पाउनबाट वञ्चित भएका छन् । सिजन सकिएसँगै किसानको अलैँची भण्डार पनि रित्तिएकाले बढेको मूल्यबाट व्यवसायीलाई भने केही राहत भएको छ ।

    पाँचथरको फालेलुङ ३ का किसान बिरबल लिम्बूका अनुसार अलैँचीको सिजन सामान्यतया भदौ देखि सुरु भएर मङ्सिर पहिलो साता सम्म हो । किसानले प्रशोधन गरेका अलैँची भदौ देखि माघ महिना भित्रै बिक्री गरिसक्ने भएकाले यो बेला बढेको मूल्य सङ्कलक र व्यापारीले मात्रै भेट्छन् ।
    ‘यो वर्ष पनि बेसिजनमा मूल्य बढेकाले किसानलाई भन्दा धेरै फाइदा व्यवसायी र सङ्कलकलाई नै भयो ।’ लिम्बूले भन्नुभयो ।
    व्यवसायीहरूका अनुसार अलैँचीलाई गुणस्तरका आधारमा क,ख र ग गरी तीन तहमा विभाजन गरिएको हुन्छ ।

    व्यवसायी अधिकारीका अनुसार अलैँचीलाई गुणस्तरका आधारमा क,ख र ग श्रेणीमा विभाजन गरिएको छ । शनिवार फिदिममा उत्कृष्ट (क) श्रेणीको ८५ ,मध्यम (ख) श्रेणीको ८४ र सामान्य (ग) श्रेणीको अलैँची प्रतिमन ८३ हजारमा किनबेच भएको हो ।

    यस्तै बिर्तामोडमा क श्रेणीको ८६,ख श्रेणीको ८५ र ग श्रेणीको ८४ हजार रुपियाँ प्रतिमनका दरले किनबेच भएको छ ।नेपालमा उत्पादन भएको अलैंंचीको बजार भारत हो । पूर्वी नेपालमा उत्पादन भएको अलैँची झापाको बिर्तामोड हुँदै भारत छिर्छ । त्यसपछि भारतले तेस्रो मुलुक निर्यात गर्दै आएको छ ।
    अलैँची पूर्वी पहाडी जिल्लाका नागरिकको आम्दानीको भरपर्दो स्रोत हो । अरू अन्न नफल्ने नहुने भिरालो खोल्सा र पाखा भित्तामा पनि उत्पादन हुन भएकाले यसलाई ‘खोल्साको सुन’ पनि भनिन्छ ।

    अलैँचीको मूल्य अन्तर्राष्ट्रिय बजारबाटै निर्धारण भएर आउने गरेकाले त्यसको लाभ किसानले लिन नसकेका हुन । विशेष गरी पूर्वी पहाडका ताप्लेजुङ,पाँचथर,इलाम र सङ्खुवासभाका कृषकको प्रमुख आय स्रोत नै अलैँची हो ।

    शनिबार, चैत १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer