• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

एक वर्षमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सात लाखभन्दा बढी आबद्ध


  •   शनिबार, चैत १०, २०८० मा प्रकाशित
  • काठमाडौँ । वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र विदेशमा स्वरोजगार रहेका नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन सुुरु गरेको एक वर्षमा सात लाखभन्दा बढी आबद्ध भएका छन् । गत वर्ष चैत ८ गते वैदेशिक रोजगारीका क्रममा इजरायलमा रहनुभएकी मञ्जु थपलियाका श्रीमान् गोपाल सङ्ग्रौलालाई सामाजिक सुरक्षाको परिचयपत्र दिएर सुरु भएको योजनामा सात लाख ३२ हजार ८७८ जना आबद्ध भएका हुन् । यो सङ्ख्या गत चैत ८ देखि आजसम्म वैदेशिक रोजगारीमा जानुपूर्व र विदेशमा स्वरोजगार हुने कोषमा आबद्धता भएकाको सङ्ख्या हो तर निरन्तरता दिने श्रमिकको सङ्ख्या असाध्यै कम रहेको छ ।

    Advertisement

    कोषका अनुसार कोषमा वैदेशिक रोजगारीमा गएकामध्ये चार हजारको हारहारीले मात्रै निरन्तरता दिएका छन् । बाँकीलाई कोषको योजनामा आबद्धतालाई निरन्तरता गराउन नसकेको जनाएको छ । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनुपूर्व कोषको योजना आबद्ध भएकाले निरन्तरता दिएमा योगदान गरेको रकम दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा ७.४८ प्रतिशत र वृद्ध अवस्था सुरक्षा योजनामा १३.८५ प्रतिशत छुट्याइएको छ ।

    वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकबाट सामाजिक सुरक्षा कोषले दुई अर्ब योगदान रकम सङ्कलन गरेको छ । श्रमिकले न्यूनतम दुई हजार तीन सय रुपियाँदेखि अधिकतम २८ हजारसम्म कोषमा मासिक योगदान गर्न पाउँछन्  । कोषका अनुसार वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा जानेमध्ये संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया, कतार, साउदी अबर जाने धेरै श्रमिक कोषमा आबद्ध भएका छन् ।

    सामाजिक सुरक्षा कोषले श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकका परिवारलाई जोड्ने गरी तयारी गरेको छ । वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर जानेलाई सामाजिक सुरक्षा आबद्धता अनिवार्य गरिएकाले पहिलो पटक गरेर विदेश जाने सबै भए पनि यसलाई निरन्तरता दिने असाध्यै कम भएपछि अबदेखि परिवारलाई जोडेपछि निरन्तरता हुने भन्दै कोषले यस्तो तयारी गरेको हो । कोषका सूचना अधिकारी उत्तमराज नेपालले कोषको योजनामा आबद्ध भएर वैदेशिक रोजगारीमा जाने श्रमिकका परिवारलाई आबद्ध नगरेसम्म वैदेशिक रोजगारीमा जाने श्रमिक कोषको योजनामा आबद्ध गर्न नसकिने देखिएपछि कोषले यस्तो तयारी गरेको जानकारी दिनुभयो । कोषको योजनामा आबद्ध भएर जाने श्रमिक र उनीहरूका परिवारलाई कोषमा रकम जम्मा गर्दाको फाइदाबारे जानकारी नहुँदा कोषको योजनामा निरन्तरता दिने कम भएको उहाँको बुझाइ रहेको छ । कोषका सूचना अधिकारी नेपालले कोषको योजनामा पहिलो पटक आबद्ध भएर वैदेशिक रोजगारीमा गएका श्रमिकले विदेशमा कमाएको रकम आफ्नो परिवारलाई पठाउने गरेकाले परिवारमार्फत कोषको योजनामा निरन्तरता गराउने वातावरण गराउन सकियो भने भविष्यमा श्रमिक र उनीहरूका परिवार दुवैलाई लाभ हुने बताउनुभयो ।

    वैदेशिक रोजगारीमा रहेका श्रमिकले अग्रिम रूपमा योगदान गरेमा १० प्रतिशतसम्म छुटको व्यवस्थासमेत गरिएको छ । खर्च कटाई आम्दानीको ७० प्रतिशत रकम औपचारिक माध्यमबाट विप्रेषण पठाएको प्रमाण पेस गरेमा २० प्रतिशत छुट रकम फिर्ता हुने व्यवस्था वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगार रहेका व्यक्तिका लागि योजनामा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि–२०७९ मा गरिएको छ ।

    कोषका अनुसार दुर्घटना, अशक्तता र आश्रित परिवार सुरक्षा योजना अन्तर्गत सुविधा नलिएमा २० प्रतिशत रकम छुटको व्यवस्था तथा नेपालमा फर्केपछि अन्यजस्तै औपचारिक, अनौपचारिक र स्वरोजगार योजनामा जान सक्ने व्यवस्था गरिएको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषबाट कर्जा तथा सापटीको व्यवस्था हुन सक्ने प्रावधान राखिएको छ ।

    हालसम्म कोषको योजनामा १२ लाख २१ हजार ५४२ जना आबद्ध भएका छन् । जसमा वैदेशिक रोजगारीमा जानेको करिब सात लाख ३२ हजार ८७८ रहेको छ भने औपचारिक क्षेत्रको चार लाख ८८ हजार ३६७ जना आबद्ध भएका छन । त्यसै गरी अनौपचारिक क्षेत्रका २२० जना र ७७ जना स्वरोजगार श्रमिक कोषको योजनामा आबद्ध भएका छन् ।

    नयाँ जाने श्रमिकले श्रम स्वीकृतिपूर्व कोषको योजनामा अनिवार्य आबद्ध हुने गरेका छन् । वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र विदेशमा रहेका श्रमिकले श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृति नवीकरण गर्ने बेलामा योजनामा समावेश हुन सक्ने भनिएको छ । कोषले वैदेशिक रोजगारीमा रहेका २२ लाख श्रमिकलाई समेट्ने तयारीसहित योजना सुरु गरेको जनाएको छ ।

    शनिबार, चैत १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer