• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार २६, २०८३
☰
शुक्रबार, असार २६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ३. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गैर जिम्मेवार सभामुख, संसद बन्द गरेर विदेश सयरमा


  •   आइतबार, चैत ११, २०८० मा प्रकाशित
  • काठमाण्डौ। संसद् अवरुद्ध छ । प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी घोटालामा संलग्न देखिएको भन्दै ‘संसदीय छानबिन समिति’को माग गरेर संसद् अवरुद्ध गर्दै आएको हो । पूर्वबजेट छलफल हुनसकेको छैन । दुर्भाग्य, सभामुख देवराज घिमिरे भने १० दिनका लागि प्रतिनिधि सभाका बैठक स्थगित गरेर विदेश भ्रमणमा निस्केका छन् ।

    Advertisement

    यही चैत १० गतेदेखि १४ गतेसम्म स्विटजरल्यान्डको जेनेभामा आयोजित अन्तर व्यवस्थापिका संघ (आईपीयु) को १४८ औं सम्मेलनमा भाग लिन सभामुख घिमिरेको नेतृत्वमा ठूला राजनीतिक दलका प्रमुख सचेतकहरूसहित १० जनाको टोली गएको हो । अहिलेको अवस्थामा यसरी संसदै बन्द गरी विदेश भ्रमणमा गएर सभामुख र प्रमुख सचेतकहरू जनताका दृष्टिमा गैरजिम्मेवार देखिएका छन् ।

    आईपीयुको बैठकमा भाग लिन जानु अनुचित होइन । तर, त्यसका लागि प्रतिनिधि सभा नै बन्द गर्नुपर्ने थिएन । सभामुख नै नगई नहुने थियो भने उपसभामुखलाई बैठक सञ्चालनको जिम्मा दिएर जानुपर्थ्यो । उपसभामुखको नेतृत्वमा प्रतिनिधि मण्डल पठाएको भए पनि हुन्थ्यो । विदेश पनि सभामुख नै जानुपर्ने र बैठक पनि उनैले सञ्चालन गर्नुपर्ने हो भने उपसभामुख पदै किन चाहियो ?

    सम्भवतः राष्ट्र र जनताका समस्या नेपालका जनप्रतिनिधिहरूको प्राथमिकतामा पर्दैन । यसैले धेरैपटक उनीहरूले ‘निरोको बाँसुरी’को कथा चरितार्थ गर्दैआएका छन् । त्यसो त अहिले सभामुखको हैसियत दलका कार्यकर्तामा सीमित भएको देखिन्छ । तैपनि, व्यवस्थापिका प्रमुखको पदमा पुगेको व्यक्तिबाट विवेक र दायित्वबोधको अपेक्षा त हुन्छ नै ।

    प्रतिनिधि सभाको अवरोध हटाउन मूलतः सभामुख र प्रमुख सचेतकहरूले नै आफ्नो दायित्वबोध गर्नुपर्ने हो । प्रमुख सचेतकहरू त दलका प्रतिनिधिसँगै संसद्का पदाधिकारी पनि हुन् । संसद् र दलहरूका बीचका सेतु हुन् । सभामुखलाई समेत समस्या समाधानमा जिम्मेवार हुन उनीहरूले सम्झाउनुपर्थ्यो । त्यसमा पनि संसद् अवरोध गर्ने नेपाली कांग्रेसका प्रमुख सचेतक त झन् बढी जिम्मेवार हुनुपर्थ्यो ।

    विरोधका अरू संसदीय उपायहरू छाडेर संसद् नै अवरुद्ध गर्ने प्रमुख विपक्ष र संवाद गरेर समस्याको हल निकाल्न खोज्नुभन्दा ओँठे जबाफ र मुढेबल देखाउने सत्ता पक्ष दुवै जनताप्रति उत्तरदायी छैनन् । जनताले चुनेका प्रतिनिधिहरू पनि यसरी गैरजिम्मेवार र राजनीतिक दलका नेताहरूको निरीह कार्यकर्तामात्र बन्ने हो भने जनतामा व्याप्त निराशा झन् फैलन्छ । जनताले सजाय नदिँदै शासक र तिनका मतियार सचेत होउन् !

    आइतबार, चैत ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २१ गते (५

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer