• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अङ्ग्रेजी भाषा सिक्न उपयोगी हुन्छन यी ५ मोबाइल एप


  •   सोमबार, चैत १२, २०८० मा प्रकाशित
  • काठमाडौं । आफ्नो मस्तिष्कलाई चुनौती तथा तालिम दिइरहने एउटा उपाय हाे, नयाँ भाषा सिक्नु । नयाँ भाषा सिक्नुको फाइदा त्यतिमा मात्र सीमित छैन । तपाईं विदेश जाने योजना बनाउँदै हुनुहुन्छ, अथवा बाहिरी देशको साहित्य, संस्कृति वा अन्य खुराक बुझ्न खाेज्दै हुनुहन्छ भने त्याे देशकाे भाषाबारे ज्ञान लिनु अनिवार्य जस्तै हाे ।

    Advertisement

    सायद नयाँ भाषा सिक्नुको फाइदा तपाईंलाई बुझाइरहन नपर्ला । भाषा सिकाउने उद्देश्यले अहिले विभिन्न तालिम प्रदायक संस्था सक्रिय रहेका छन् ।

    यसबाहेक विभिन्न अनलाइन प्लेटफर्ममा पनि भाषा सिक्न स्रोत दिइएका हुन्छन् । आज भने हामी तपाईंलाई अङ्ग्रेजी भाषा सिक्न उपयोगी पाँच मोबाइल एपबारे बताउँदै छाैं:

    डुअलिङ्गो (Duolingo)

    ल्याङ्ग्वेज एपमा डुअलिङ्गो एक चर्चित विकल्प हो । यो एप प्रयोग गर्न सजिलो हुनुका साथै अङ्ग्रेजी सिक्न पनि सहज छ । एपमा अंग्रेजी व्याकरण र शब्दावली सम्बन्धी आधारभूत विषयवस्तु समावेश गरिएको छ ।

    एप आकर्षक र अन्तरक्रियात्मक छ । किनकी एपमा रहिरन सहज हुने गरी यसको डिजाइन गरिएको छ, जसले गर्दा सिक्ने क्रममा प्रयोगकर्तालाई अल्छी लाग्दैन ।

    एपको मुख्य विशेषतामा सिकाइको प्रगति ट्र्याक गर्ने र पुरस्कार जित्न हौसाउने रहेको छ । जस्तै; एपमा भएका पाठहरू सक्दा प्रयोगकर्ताले पोइन्ट कमाउन सक्छन् । यसमा विभिन्न गेमहरूको माध्यमबाट सिक्ने प्रक्रियालाई रमाइलो गरिएको छ ।

    यसमा भएका पाठहरू छोटा, तर उपयोगी हुने खालका छन् । यसकारण व्यस्त हुँदा पनि सिक्न सकिन्छ । त्यस्तै तपाईंले अन्य प्रयोगकर्तासँग भाषा सिक्ने मामिलामा एपमार्फत प्रतिस्पर्धा गर्न सक्नुहुन्छ ।

    यो एप एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ र आईओएसमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

    बुसु (Busuu)

    भाषा सिक्नका लागि बुसु अर्को एउटा विकल्प हो । यसमा अङ्ग्रेजी सहित अन्य १२ ओटा भाषा सिक्न सकिन्छ । यो भाषा सिक्ने एप भएपनि सामाजिक सञ्जाल प्लेटफर्म जस्तै काम गर्छ । अर्थात् भाषा सिक्न संसारका विभिन्न ठाउँका मानिससँग यो एपमार्फत जोडिन सकिन्छ ।

    यसमा सशुल्क तथा नि:शुल्क दुवै योजना रहेका छन् । सशुल्क योजनामा सीमित कोर्ष रहेका छन् । यद्यपि यो योजनाबाट भाषा सिक्न नसकिने भन्ने छैन ।

    यो एप एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ र आईओएसमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

    बाबेल (Babbel)

    अङ्ग्रेजी सुधार गर्न अथवा अन्य भाषा सिक्न यो एप पनि एउटा विकल्पको रूपमा रहेको छ । यसबाट १३ ओटा भाषा सिक्न सकिन्छ । यसमा दैनिक जीवनमा उपयोगी हुने वाक्यहरू सिकाउने खालका पाठहरू रहेका छन् ।

    यो एपको मुख्य विशेषता भनेको वास्तविक समयमा कुराकानी गरेर भाषा सिक्नु हो । त्यसो हुँदा तपाईंले अङ्ग्रेजी मातृभाषीहरूसँग प्रत्यक्ष कुराकानी गरेर भाषा सिक्न सक्नुहुन्छ ।

    तर यसमा पनि नि:शुल्क योजनामा सीमित स्रोतमा पहुँच दिइएको छ । यो एप एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ र आईओएसमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

    हेल्लो इङ्ग्लिस (Hello English)

    अङ्ग्रेजी भाषा सिक्न भर्खर प्रयास गर्दै गरेकालाई यो एप एउटा विकल्प बन्न सक्छ । यसमा अङ्ग्रेजी भाषा सिकाउन आधारभूत, तर अनिवार्य विषयहरू राखिएका छन् । जस्तै; व्याकरण, शब्दावली र उच्चारण आदि ।

    एपमा रहेर सिकाइ जारी राख्न यसमा विभिन्न गेम तथा क्विजहरू राखिएका छन् । साथै यस एपले दैनिक रुपमा तपाईंलाई गृहकार्य समेत दिन्छ । जसले गर्दा नयाँ पाठमा पहुँच पाउन तपाईंले सो अभ्यास सक्नैपर्ने हुन्छ ।

    यो एप एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ र आईओएसमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

    मेमराइज (Memrise)

    यो एउटा क्राउड सोर्स्ड (crowd-sourced) ल्याङ्ग्वेज एप हो । अर्थात् यसमा पाइने सामग्री, स्रोत अथवा अन्य शैक्षिक सामग्रीहरू अन्य व्यक्तिहरूले राखेका हुन्छन् । यद्यपि ती सामान्य भने हुँदैनन् ।

    अझ यसमा आकर्षक गेम तथा पाठहरू राखिएका छन् । एपको मुख्य विशेषता भनेको कुनै पनि शब्द याद गरेर भन्दा पनि वास्तविक अवस्थामा कसरी प्रयोग गरिन्छ भनेर सिकाउनु रहेको छ । त्यसो हुँदा सिक्न रमाइलो हुन्छ, साथै सिकेको कुरा पनि तपाईं बिर्सनु हुन्न । ​यसबाहेक यहाँ अंग्रेजी मातृभाषा भएकाहरूले विभिन्न सामग्रीहरू राखेका हुन्छन् ।

    यसमा तपाईंले अन्य प्रयोगकर्तासँग भाषा सिक्नका लागि प्रतिस्पर्धासमेत गर्न सक्नुहुन्छ । यो एप एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ र आईओएसमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

    यी माथिका बाहेक पनि अङ्गेजी सिकाउने विभिन्न एप तथा वेबसाइट छन् । जस्तो; बिट्रिश काउन्सिलको लर्न इङ्ग्लिस, बिलिङ्गु एप, हेल्लो टक आदि । यी एपका अतिरिक्त विभिन्न युट्युब च्यानलमा भिडिओ हेरेर वा वेबसाइटमा पाइने पाठ पढेर भाषा सिक्न तथा सुधार गर्न सकिन्छ ।

    सोमबार, चैत १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer