• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अनलाइनमा निःशुल्क किताब पढ्न पाइने ६ प्लेटफर्म


  •   सोमबार, चैत १२, २०८० मा प्रकाशित
  • काठमाडौं । यदि तपाईं पुस्तकप्रेमी हुनुहुन्छ भने यो सामग्री उपयोगी हुन सक्छ । इन्टरनेट आजको जमानामा ज्ञानको अथाह स्रोत बनिसकेको छ । यसमा कुनै दुई मत छैन । हामीले दैनिक जीवनयापनदेखि व्यावसायिक प्रयोजनसम्मका कामहरू इन्टरनेटमै आधारित भएर गरिरहेका छौं ।

    Advertisement

    इन्टरनेटमा आफूलाई चाहिने हरेक सूचनाहरू सहजै पाउन सकिन्छ । त्यसमा किताब छुट्ने कुरै भएन । ईबुक अर्थात् किताबको विद्युतीय स्वरूपका किताबका कारण अब किताब खरिद गर्न पसलमा जाने समय छैन अथवा पसल नजिक छैन, किताब किन्न पैसा छैन वा आफूले रुचाएको किताब बजारमा पाइएन भन्ने जस्ता समस्याहरू हट्दै गइरहेका छन् ।

    आजको दिनमा ईबुक खरिद गरेर अथवा नि:शुल्क पाइने पुस्तक डाउनलोड गरेर पनि आफ्नै मोबाइल वा ल्यापटप/डेस्कटपमा किताबहरू पढ्न सक्छौं । यसका लागि विभिन्न प्लेटफर्महरू छन् । आज तीनै प्लेटफर्महरूको चर्चा गर्दै छौं:

    ई-पुस्तकालय

    यो एउटा नि:शुल्क तथा ओपन लाइब्रेरी हो । तपाईंले यहाँ किताब पढ्न, सु्न्न, भिडिओ हेर्न तथा अभ्यास गर्न सक्नुहुन्छ । यो प्लेटफर्ममा शैक्षिक वा अन्य साहित्यिक तथा गैरसाहित्यिक ‍किताब पाउन सकिन्छ ।

    यसमा छ वटा क्याटेगरी छन् । साहित्यिक किताबहरूको लागि ‘लिट्रेचर एन्ड आर्टस’ मा जान सकिन्छ । जहाँ नेपाली तथा विदेशी लेखकहरूले लेखेका साहित्यिक किताबसँगै धार्मिक किताबहरू पनि पढ्न सकिन्छ ।

    बालबालिकालाई ध्यानमा राख्दै यहाँ ‘चिल्ड्रेन लिट्रेचर’ भन्ने क्याटेगरी पनि राखिएको छ ।

    यदि तपाईं विद्यार्थी हुनुहुन्छ भने ‘कोर्स मटेरियल्स’ भित्र आफुले पढ्न चाहेको कोर्स बुक सजिलै पढ्न सक्नुहुन्छ । यसमा कक्षा १ देखि १२ सम्मका धेरै जसो शैक्षिक किताब पढ्न सकिन्छ ।

    यस्तै ‘टिचिङ मटेरियल्स क्याटेगरी’ भने विशेष गरी शिक्षक-शिक्षिकालाई लक्षित गरी तयार गरिएको छ । यसमा विभिन्न परीक्षाका लागि उपयोगी हुने तथा व्यक्तित्व विकासका लागि आवश्यक सामग्रीहरू समेत राखिएका छन् । यो क्याटेगरीमा छुटाउनै नहुने यसमा भएको ‘एसईई सपोर्ट मटेरियल’ भन्ने सबक्याटेगरी हो ।

    यहाँ एसईई दिँदै गरेका विद्यार्थी र शिक्षक दुवैलाई आवश्यक गाइड र अन्य तयारी सामग्री राखिएको छ । यस्तै ‘रिफ्रेन्स मटेरियल’ भित्र भने सरकारको नीति नियम, डिक्स्नरी, म्याप, एटलस, चिल्ड्रेन इन्साइक्लोपेडिया लगायतका विभिन्न सामग्री पाउन सकिन्छ ।

    यस्तै ‘अदर एजुकेसनल मटेरियल’ भित्र विभिन्न आर्थिक, पर्यटन, खेल, नीति, शिक्षा, विज्ञान लगायतका क्षेत्रका जर्नल, प्रतिवेदन लगायतका किताब पढ्न सकिन्छ । त्यहीँ भएको ‘न्युज एन्ड म्यागजिन्स’ भित्र विभिन्न समयमा प्रकाशित समाचार तथा म्यागेजिनहरू पढ्न सकिन्छ ।

    यसमा भएका धेरै सामग्रीलाई तपाईंले पीडीएफ फर्म्याटमा डाउनलोड गरेर पढ्न सक्नुहुन्छ । केही किताब भने अडियोबुकका रूपमा पनि सुन्न सक्नुहुन्छ । सङ्क्षिप्तमा भन्दा यो प्लेटफर्म विद्यार्थीका लागि बढी प्रभावकारी छ ।

    थुप्रै

    ‘थुप्रै’मा थुप्रै किताब छन् । यो प्लेटफर्मबाट किताब अर्डर गर्ने, ईबुक पढ्ने, अडिओबुक सुन्ने लगायतका काम गर्न सकिन्छ । थुप्रैको वेबसाइट र मोबाइल एप दुवै रहेको छ । त्यसो हुँदा प्लेटफर्म चलाउन पनि सजिलो छ ।

    तर केही किताब नि:शुल्क पढ्न पाइने भएता पनि अधिकांश किताब शुल्क तिरेर नै पढ्नुपर्ने हुन्छ । यदि तपाईं अनलाइनबाटै किताब किनेर पढ्न चाहनु हुन्छ वा कम पैसा तिरेर ईबुक पढ्न चाहनु हुन्छ भने यो प्लेटफर्म उपयुक्त विकल्प बन्न सक्छ । यहाँ किताबको तुलनामा ईबुक र अडिओबुकको मूल्य फरक-फरक पाउन सकिन्छ ।

    हार्डकभर सहितको किताबको तुलनामा ईबुकको मूल्य करिब ५० प्रतिशतले कम पाउन सकिन्छ । यसको अर्को फाइदा भनेको नेपालमा किताब प्रकाशित हुन साथै तिनको अडिओ तथा ईबुक किन्न सकिन्छ । तर ती निकै कम छन् ।

    राष्ट्रिय पुस्तकालय

    नेपाल सरकारले पनि नेपाल नेसनल लाइब्रेरीका नाममा ईलाइब्रेरी सञ्चालन गरिरहेको छ । हुन त यो भौतिक पुस्तकालय नै हो । तर त्यहाँ उपलब्ध विभिन्न स्रोतलाई अनलाइनमा उपलब्ध गराइएको छ । यसमा विभिन्न विषयका थेसिस, केस स्टडी र केही उपन्यास राखिएका छन् ।

    तर यसमा पर्याप्त सामग्री भने छैनन् । व्यवस्थित गरेर अझै धेरै सामग्री राख्ने हो भने यो प्लेटफर्म मोबाइल/ल्यापटप चलाउने सबैको पहुँचमा सहज ढङ्गले पुग्थ्यो ।

    नेपाली बजारमा ईबुकको प्रचलन विस्तारै बढ्दै गएको देखिएपनि अझै धेरै प्लेटफर्म बन्नु जरुरी छ । अब नेपाल बाहिरका केही प्लेटफर्मको कुरा गरौं:

    ओपन लाइब्रेरी (इन्टरनेट अर्काइभ)

    इन्टरनेट अर्काइभले सञ्चालन गरेको यो एउटा डिजिटल लाइब्रेरी हो । यस प्लेटफर्ममा किताब पढ्नका लागि भने तपाईंले आफ्नो अकाउन्ट बनाउनु पर्ने हुन्छ । अकाउन्ट रजिस्टर गरिसकेपछि यहाँ उपलब्ध सबै किताब तथा स्रोतमा पहुँच पाउन सकिन्छ । यसले भौतिक पुस्तकालय नै काम गर्छ ।

    यहाँ तपाईंले पढ्नलाई किताब लिनु भयो भने केही समयसम्म मात्र पढ्न पाउनु हुन्छ । अर्थात् जसरी भौतिक पुस्तकालयमा किताब लिदा फिर्ता गर्ने समय पनि तोकिएको हुन्छ । यसरी नै यो प्लेटफर्ममा पनि तपाईंले ‘बोरो’ गर्नुभएको किताब पढ्न पाउने अवधि सीमित हुन्छ । सो अवधि पछि भने तपाईंले लिनु भएको किताबमा पहुँच पाउनु हुन्न ।

    यसका साथै यहाँ ‘प्रिभ्यू’ नामक अर्को फिचर पनि छ । किताबको विकल्पको ठीक तल देखिने प्रिभ्यूमा क्लिक गरे तपाईंले उक्त किताबको केही पृष्ठ मात्र पढ्न पाउनु हुन्छ । यसपछि भने तपाईंले सो किताब खरिद गरेर पढ्नुपर्ने हुन्छ ।

    यदि किताबको नामको तल ‘नट इन लाइब्रेरी’ देखिरहनु भएको छ भने त्यसको अर्थ उक्त किताब अहिले पढ्न सकिदैन भन्ने हो । किनेर पढ्नुपर्ने धेरै किताब प्लेटफर्ममा नि:शुल्क दिइएको छ । जसलाई पढ्न केही समय मात्र दिइन्छ । त्यस्तै तपाईंले यहाँ हरेक भाषा, हरेक क्षेत्र, हरेक विषयका किताब भेटाउन सक्नु हुन्छ । साथै तपाईंले किताबलाई अडिओमा पनि सुन्न सक्नुहुनेछ । तर किताबलाई पछि पढ्छु भनेर डाउनलोड गर्न भने पाउनुहुन्न ।

    प्रोजेक्ट गुटेनबर्ग

    यो प्लेटफर्म दाताहरूको सहयोगबाट ईबुक डाउनलोड साइट हो । यसमा ७० हजार बढी किताब रहेका छन् । ती सबैलाई पैसा नतिरी कनै जो कोहिले पढ्न सक्छन् । न कुनै अकाउन्ट बनाउने झन्झट न त एप डाउनलोड ‍गर्नु पर्ने झन्झट । यसमा तपाईंले साहित्यिकदेखि धार्मिक, जीवनी, विज्ञान लगायतका विभिन्न क्षेत्रका किताब पढ्न सक्नुहुन्छ ।

    ७० हजार किताब रहेको यो प्लेटफर्ममा नेपाली लेखकका कृतिहरू भने छैनन् । यो प्लेटफर्म अङ्ग्रेजी साहित्यमा रुचि राख्नेका लागि भने उपयुक्त छ ।

    पीडीएफ बुक्स वर्ल्ड

    नि:शुल्क ईबुक पढ्न पाइने अर्को प्लेटफर्म हो, पीडीएफ बुक्स वर्ल्ड ।यहाँ तपाईंले हजारौं विदेशी लेखकका किताब, लेख पढ्न सक्नुहुन्छ । यो प्लेटफर्ममा तपाईंले अनलाइनमै नि:शुल्क किताबहरू पढ्न सक्नुहुन्छ । ती किताब डाउनलोड गर्न भने तपाईंले आफ्नो अकाउन्ट रजिस्टर गरेको हुनुपर्छ, जसका लागि वार्षिक ३० डलर तिर्नुपर्छ ।

    यदि त्यसरी सशुल्क पढ्न चाहनु हुन्छ भने तपाईंले विधा वा लेखकका आधारमा पनि किताब छनोट गरेर पढ्न सक्नु हुन्छ । यसका साथै एकदमै प्रचलित वा हालै सार्वजनिक भएका किताबका अडिओबुक पनि पाउन सक्नुहुन्छ ।(टेक पाना)

    सोमबार, चैत १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer