काठमाडौं । बजार व्यवस्थापनमा विश्व प्रसिद्द मानिएको कम्पनी एप्पलका प्रमुख कार्यकारी अधिकृत, ६३ बर्षिय टिम कुक विगत केही दिनदेखि चीनको भ्रमणमा छन् । बेइजिङमा चाइना डेभलपमेन्ट फोरममा भाग लिइरहेका उनले सांघाईमा नयाँ एप्पल स्टोरको समेत भ्रमण गरेको बताईएको छ । सोही अवसरमा एप्पल भिजन प्रो यस वर्ष मुख्य भूमि चीनको बजारमा उपलब्ध हुने एप्पल प्रमुख कार्यकारी अधिकृत टिम कुकलाई उदृत गर्दै चिनियाँ सरकारी मिडियाले रिपोर्ट गरेको छ ।
बेइजिङमा भएको चाइना डेभलपमेन्ट फोरमको एक प्रश्नको जवाफका क्रममा कुकले हेडसेटको चीन प्रक्षेपण योजना खुलासा गरेको सीसीटिभी फाइनान्सले आफ्नो वेईबो सामाजिक संजाल मार्फत उल्लेख गरेको छ ।
एप्पलले चीनमा अनुसन्धान र विकास लगानीलाई निरन्तरता दिने र अझै तिब्र बनाउने उनले बताएका छन् ।
चीनमा, एप्पलले पिको जस्ता स्थानीय हेडसेट प्लेयरहरूसँग प्रतिस्पर्धा गर्नेछ, जुन टिकटकको मूल कम्पनी बाइटडान्सको स्वामित्वमा छ ।
कुक विगत केही दिनदेखि चीनमा छन्, सांघाईमा नयाँ एप्पल स्टोरको भ्रमण गर्दै र बेइजिङमा चाइना डेभलपमेन्ट फोरममा भाग लिइरहेका छन् । उत्तरपूर्वी एसियाली देशमा एप्पलले धेरै चुनौतीहरूको सामना गरिरहेको बेला उनको भ्रमण भएको हो ।




