☰
बुधबार, कार्तिक १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

मोबाइल चार्ज गर्ने क्रममा विस्फोट भई घरमा आगलागी, चार बालबालिकाको मृत्यु


  •   मङ्गलबार, चैत १३, २०८० मा प्रकाशित
  • काठमाडौं । भारतको उत्तर प्रदेश राज्यको मेरठ जिल्लास्थित पल्लवपुरम थाना क्षेत्रस्थित एक घरमा मोबाइल चार्ज गर्ने क्रममा शर्ट सर्किट हुँदा विष्फोट हुँदा घरमा आगो लागेको छ। आगलागीमा परी चार बालबालिकाको मृत्यु भएको छ भने आमाबुवा गम्भीर रूपमा जलेका छन्।

    Advertisement

    पल्लवपुरम थाना क्षेत्रको जनता कालोनीमा रहेको जोनी नामका एक व्यक्तिको घरमा शनिबार राति मोबाइल चार्ज भइरहेको बेला सर्ट सर्किटका कारण आगलागी भएको एक प्रहरी अधिकारीले आइतबार बताएको भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्।

    आगलागीले केही बेरमै यति गम्भीर रूप लिएको थियो, जसमा जोनी, उनकी श्रीमती बबिता र चार छोराछोरी सारिका (१०), निहारिका (८), संस्कार उर्फ ​​गोलु (६) र कालु (४) गम्भीर रूपमा जलेको उनले बताए।

    सबैलाई मेडिकल कलेजमा भर्ना गरिएको थियो जहाँ निहारिका र गोलुको राति मृत्यु भएको थियो भने सारिका र कालुको आइतबार बिहान मृत्यु भएको थियो।

    अधिकारीले जोनीको अवस्था खतरामुक्त रहेको तर बबिताको गम्भीर अवस्थालाई ध्यानमा राख्दै उनलाई दिल्ली एम्समा रिफर गरिएको बताएका छन् ।

    समाचारअनुसार, निहारिका, गोलु र कालु मोबाइलमा गेम खेलिरहेका थिए र त्यही क्रममा मोबाइल पनि चार्ज भइरहेको जोनीले बताए। सो क्रममा सर्ट सर्किटका कारण आगलागी भएको र केही बेरमै आगलागीले ठूलो रुप लिएको उनले बताए।

    प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ।(सामाजिक संजाल)

    मङ्गलबार, चैत १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer