• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

जङ्गी अड्डाको निरीक्षणमा रक्षामन्त्री


  •   मङ्गलबार, चैत १३, २०८० मा प्रकाशित
  • काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनाले प्राप्त जिम्मेवारी सदैव उच्च दक्षता एवं व्यावसायिकताका साथ सम्पन्न गरेको बताउनुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षण पछि आयोजित कार्यक्रममा उहाँले सेना विषय परिस्थितिमा नेपाली जनताको भरोसाको केन्द्रको रूपमा रही आएको बताउनुभयो ।

    Advertisement

    मन्त्री उप्रेतीले भन्नुभयो, “विपद्को समयमा जनताको सुरक्षाको लागि नेपाली सेनाले देखाएको व्यावसायिक क्षमता प्रदर्शन, वन्यजन्तु तथा पर्यावरण संरक्षणप्रतिको योगदान एवं राष्ट्रिय एकता प्रवरर्द्धनमा गरेका उल्लेखनीय कार्यले सेनाप्रति नेपाली जनताको उच्च विश्वास, भरोसा र सम्मान छ ।”

    सुदृढ राष्ट्रिय सुरक्षा प्रणाली, आधुनिक एवं बलियो सेना, सबल अर्थतन्त्र, चुस्त कूटनीतिले नै अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रको सामर्थ्य मापन हुने बताउँदै उहाँले राष्ट्रिय सुरक्षाको मेरुदण्डको रूपमा रहेको नेपाली सेनाको समयानुकूल आधुनिकीकरण र सबलीकरण गर्नेबारे सरकार जानकार रहेको विचार प्रकट गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता तथा राष्ट्रिय एकताको रक्षार्थ नेपाली सेनाले अहम भूमिका निर्वाह गर्दै आएको बताउँदै मन्त्री उप्रेतीले विकास निर्माण, विपद् व्यवस्थापन, नागरिक सहयोग, खेलकुद एवं विश्व शान्ति स्थापनामार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान स्थापित गराउन सेनाले प्रशसनीय कार्य गरेको बताउनुभयो ।

    त्यस अवसरमा प्रधान सेनापति प्रभुराम शर्माले संविधान प्रदत्त जिम्मेवारी र नेपाल सरकारबाट प्राप्त विकास निर्माण लगायत विविध जिम्मेवारी समयमानै पुरा गर्दैआएको बताउनुभयो । सङ्गठनलाई प्राप्त जिम्मेवारी पूरा गर्ने क्रममा आई पर्ने चुनौतीलाई विधिसम्मत रुपमा पर्गेल्दै आएको बताउँदै उहाँले नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ गरिरहेका कार्यहरुले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपाली सेना दुवैको साख बढाएको बताउनुभयो ।

    प्रधानसेनापति शर्माले भन्नुभयो, “सेनाले विश्वशान्ती कार्यमा सहभागी भई सैन्य कूटनीति प्रवर्ध्द र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा समेत सकारात्मक प्रभाव परेको छ ।” उहाँले बाह्य तथा आन्तरिक सुरक्षा प्रणालीलाई सुदृढ बनाई राष्ट्रको आधारभूत मूल्यमान्यताको रक्षा एवम् जनताको विकास र समृध्दिको अभिलाषालाई पूरा गर्न समेत नेपाली सेनाको समयानुकूल आधुनिकीकरण गर्दै लैजान आवश्यक रहेको बताउनुभयो ।
    त्यस अवसरमा मन्त्री उप्रेतीलाई सेनाको सङ्गठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेका गतिविधिबारे जानकारी गराइएको थियो ।

    मङ्गलबार, चैत १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer