• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पर्यटकीय राजधानीको महिमा र गरिमा बढाउनु पर्ने चुनौतीमा, फेवा नव वर्ष महोत्सव


  •   मङ्गलबार, चैत १३, २०८० मा प्रकाशित
  • कास्की । पोखरामा यही चैत २९ गतेदेखि वैशाख १ गतेसम्म होटेल संघ पोखरा नेपालले गर्न लागेको १९औँ फेवा नव वर्ष महोत्सव पर्यटकीय राजधानीको गरिमा र महत्व बढाउने किसिमको हुनुपर्नेमा पर्यटन सम्बद्ध क्षेत्रका अगुवाले जोड दिएका छन् ।

    Advertisement

    महोत्सवका सन्दर्भमा आज संघले आयोजना गरेको छलफल एवम् अन्तरक्रियामा सहभागीले यही चैत ४ गते पर्यटकीय राजधानी घोषणा भएको पोखरामा हुनलागेको महोत्सवमा यसको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्नुपर्ने बताए ।

    पोखराको फिस्टेल गेटदेखि हल्लनचोकसम्म हुने महोत्सवमा नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै पछिल्लो पुस्ताको इच्छा र रुचिसमेतलाई दृष्टिगत गरी कार्यक्रमको तयारी गरिएको सङ्घका अध्यक्ष एवम् महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए ।

    महोत्सवलाई भव्य र सभ्य बनाउन गठित विभिन्न २१ वटा उपसमितिले आआफ्नो तयारी तीव्र बनाएको बताउँदै यसैका सन्दर्भमा पोखराका विभिन्न पर्यटकीय संघसंस्थाका तर्फबाट भारी छुट प्रदान गरिएको जानकारी गराए ।

    महोत्सवमा सांस्कृतिक कार्यक्रम, पञ्चेबाजा, नाचगानका कार्यक्रम, दोहोरी र कन्सर्ट समेटिने उल्लेख गर्दै सुवेदीले यसपटक ड्यामसाइड क्षेत्रसमेतमा विविध गतिविधि सञ्चालन गरिने बताए । महोत्सवमा पर्यटक दौड र सम्भव भएसम्म डुङ्गा दौडसमेत समेटिने उहाँको भनाइ छ । पर्यटन, संस्कृति र खानालाई जोड दिएर गरिएको महोत्सवले कोरोना महामारीलगायतका कारण प्रभावित पर्यटनलाई चलायमान बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।

    अन्तरक्रियामा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले महोत्सवको प्रचारका लागि डिजिटल मार्केटिङलाई जोड दिन र भारतीय सञ्चारकर्मीसमेतलाई आमन्त्रण गर्न सुझाव दिए । पोखरालाई पर्यटनको राजधानीको रुपमा घोषणा गरिएपछि यसलाई एउटा ब्राण्डको रुपमा प्रचारप्रसार गर्न उहाँले सुझाव दिए ।

    कार्यक्रममा संघका निवर्तमान अध्यक्ष विकल तुलाचन, महासचिव राजेन्द्र ढकाल, पोखरा उद्योग वाणिज्य सङ्घ, पर्यटनसम्बद्ध संस्था टान गण्डकी, नाट्टा गण्डकी, महिला पर्यटन व्यवसायी मञ्च, पोखरा पंक्षी समाज, नेपाल हवाई खेलकूद संस्थालगायतका तर्फबाट अध्यक्ष तथा प्रतिनिधिले फेवा नव वर्ष महोत्सव पोखराको पहिचान बनिसकेको बताउँदै पर्यटकीय राजधानी घोषणासँगै हुनलागेको महोत्सव भव्य र सभ्य बन्नुपर्नेमा जोड दिएका थिए । उक्त अवसरमा महोत्सवलाई सफल पार्न आफ्ना संस्थाकातर्फबाट साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरिएको थियो ।

    मङ्गलबार, चैत १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer