• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भारतबाट बिजुली किन्ने अनुमतिको म्याद सकिन लाग्यो, नवीकरण नभए के हुन्छ


  •   मङ्गलबार, चैत १३, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपालले भारतीय ऊर्जा बजारबाट बिजुली किन्न पाउने अनुमतिको म्याद सकिन लागेको तर त्यसको नवीकरणमा विलम्ब भएकाले नेपालमा ऊर्जा सङ्कट उत्पन्न हुन सक्ने चिन्ता व्यक्त हुन थालेको छ।

    Advertisement

    विज्ञहरूका अनुसार दुई देशबीचको उक्त अनुमतिसम्बन्धी सम्झौता नवीकरण हुन नसके आगामी महिनाको सुरुबाटै नेपालले दैनिक कम्तीमा “१० घण्टाको लोडशेडिङ” भोग्नुपर्ने हुन सक्छ।

    अधिकारीहरूले चाहिँ भारतसँग यसै महिनाको अन्त्यमा मिति सकिन लागेको उक्त अनुमति नवीकरण हुनेमा आफूहरू “ढुक्क” रहेको बताएका छन्।

    नेपालले बर्खायाममा केही मात्रामा जलविद्युत् भारत निर्यात गर्दै आएको भए पनि सुक्खायाममा कम्तीमा ४० प्रतिशत ऊर्जा भारतसँग किन्छ।

    नेपालमा लोडशेडिङको चिन्ता किन
    नेपालमा विशेष गरी सुक्खायाममा स्वदेशी उत्पादनले बिजुलीले माग धान्न सक्दैन।

    त्यस्तो अवस्थामा नेपाल र भारतबीच भएको ऊर्जा आयात-निर्यात सम्झौताअन्तर्गत नेपालले भारतको प्रतिस्पर्धी बजारबाट बिजुली किन्ने गर्छ।

    नेपालले इन्डियन एनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) बाट प्रतिस्पर्धाका आधारमा विद्युत् किनिरहेको छ।

    त्यसका लागि नेपालले प्रतिस्पर्धामा भाग लिन पाउने अनुमतिबारे दुई देशबीच एउटा सम्झौता भएको छ।

    सम्झौताअन्तर्गत भारतको आईएक्सको ‘बिडिङ’मा नेपाल विद्युत् प्राधिकरणले भाग लिन पाउँछ।

    तीन वर्षअघि दिइएको उक्त अनुमतिको म्याद पाँच वर्षको छ। तर त्यसलाई प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान रहेको नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरूले बताएका छन्।

    यस वर्षको उक्त अनुमतिको म्याद आगामी आइतवार अर्थात् मार्च सकिने उनीहरूले बताए।

    उक्त सम्झौताअन्तर्गत प्राधिकरण आफूले बिजुली आयात गर्ने अघिल्लो दिन नै मूल्य तथा परिमाणबारे आईएक्सको ‘बिडिङ’मा सहभागी हुने गर्छ। त्यसकै आधारमा बिजुली नेपाल ल्याउँछ।

    प्राधिकरणले उक्त अनुमति नवीकरणका लागि तीन महिनाअघि नै पत्राचार गरेको भए पनि अहिलेसम्म भारतले जबाफ नदिएको विवरण सार्वजनिक भएपछि नेपालमा त्यसबारे चासो व्यक्त भइरहेको छ।

    कान्तिपुर दैनिकले मङ्गलवार त्यस्तो अनुमति नवीकरण गर्न भारतले “आनाकानी गरेको” विवरण उल्लेख गरिएको प्रमुख समाचार प्रकाशित गरेपछि सामाजिक सञ्जालमा पनि त्यसबारे चर्चा र चासो व्यक्त भएको देखिन्छ।

    प्राधिकरणका अधिकारीलाई उद्धृत गर्दै उक्त समाचारमा तीन महिनाअघि पठाएको पत्रको जबाफ भारतले नदिएको उल्लेख छ।

    प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बीबीसीसँगको कुराकानीमा पनि प्राधिकरणले तीन महिनाअघि नै भारतलाई अनुमति नवीकरणका लागि आग्रह गर्दै पत्राचार गरिएको तर हालसम्म जबाफ नआएको बताए।

    यद्यपि उनले म्याद सकिन अझै केही दिन बाँकी रहेकाले आफूहरू आशावादी रहेको र आत्तिनुपर्ने अवस्था नभएकोमा जोड दिए।(बिबिसी)

    मङ्गलबार, चैत १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer