• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

टिकटकसँग किन तर्सिएका छन् पश्चिमा देशहरू, कस्तो खतरा छ


  •   मङ्गलबार, चैत १३, २०८० मा प्रकाशित
  • चीनले संयुक्त राज्य अमेरिकाको संसद्‌‌मा पेस भएको टिकटकसम्बन्धी एउटा कानुनको मस्यौदाको आलोचना गरेको छ।

    Advertisement

    उक्त विधेयक पारित भएर कानुन बनेमा अमेरिकामा टिकटक प्रतिबन्धित हुन सक्छ। चीनले त्यसलाई अन्यायपूर्ण भनेको छ।

    टिकटकमा चिनियाँ कम्पनीको स्वामित्व छ। वर्षौँदेखि उक्त एपका कारण सुरक्षासम्बन्धी चुनौती थपिएको भन्दै चिन्ता र चर्चा हुँदै आएको छ।

    कैयौँ पश्चिमा देशका अधिकारी, नेता र सुरक्षासम्बन्धी निकायले औपचारिक कामकाजमा प्रयोग हुने फोनमा टिकटक राख्न र चलाउन प्रतिबन्ध लगाएका छन्।

    टिकटकबारे व्यक्त गरिएका तीनवटा मुख्य चिन्ता र तीबारे उक्त कम्पनीको प्रतिक्रियाबारे यहाँ चर्चा गरिएको छ।

    १. टिकटकले ‘अत्यधिक’ डेटा सङ्कलन गर्छ
    टिकटकले चलनचल्तीमा रहेको अभ्यासअनुरूप नै डेटा सङ्कलन गर्ने गरिएको बताएको छ।

    आलोचकहरूले बारम्बार टिकटकले ठूलो परिमाणमा डेटा सङ्कलन गर्ने गरेको आरोप लगाउँदै आएका छन्।

    सन् २०२२ को जुलाईमा अस्ट्रेलियाको साइबर कम्पनी इन्टरनेट २.० का अनुसन्धानकर्ताहरूले साइबर सुरक्षासम्बन्धी एउटा प्रतिवेदन प्रकाशित गरेका थिए। त्यसमा डेटा सङ्कलनको विषयलाई धेरैतिर प्रमाणका रूपमा प्रस्तुत गरिएको छ।

    टिकटकको सोर्स कोडको अध्ययन गर्दै अनुसन्धानकर्ताहरूले त्यसले धेरै विवरण भेला पार्ने गरेको औँल्याएका थिए।

    उनीहरूका अनुसार टिकटकले प्रयोगकर्ता भएको स्थान, प्रयोगमा रहेको मोबाइल कस्तो हो भन्ने विवरण र त्यसमा अरू कुन एप छन् भन्ने जस्ता विवरण सङ्कलन गर्छ।

    यद्यपि सिटिजन ल्याबले गरेको उस्तै जाँचले “अरू लोकप्रिय सोशल मिडिया मञ्चसँग तुलना गर्दा टिकटकले पनि उस्तै खालका विवरण सङ्कलन गर्दै प्रयोगकर्ताको व्यवहार बुझिरहेको” निष्कर्ष निकाल्यो।

    गत वर्ष जोर्जा इन्स्टिट्यूट अफ टेक्नोलजीले भनेको थियो: “मुख्य कुरा के हो भने अधिकांश अन्य सोशल मिडिया र मोबाइल एपले उही काम गर्छन्।”

    २. चीन सरकारले टिकटकमार्फत् जासुसी गर्न सक्छ

    टिकटकले आफ्नो कम्पनी पूरै स्वतन्त्र रहेको अनि “चीन सरकारलाई प्रयोगकर्ताको विवरण नबुझाएको र मागियो भने पनि नदिने” बताउँदै आएको छ।

    गोपनीयतासम्बन्धी विज्ञहरूको चित्त नबुझे पनि हामीमध्ये धेरैले सामाजिक सञ्जाल प्रयोग गर्दा आफूसँग सम्बन्धित गोप्य विवरणको ठूलो भाग सुम्पन तयार भएका हुन्छौँ।

    नि:शुल्क सुविधा दिएको हुनाले ती सञ्जालले हामीबारे थाहा पाउँछन् र आफ्ना प्ल्याट्फर्ममा प्रयोगकर्तालाई उपयुक्त विज्ञापन देखाउन त्यस्तो जानकारी प्रयोग गर्छन्। त्यस्तो डेटा अन्य कम्पनीलाई इन्टरनेटमा अन्यत्र विज्ञापन प्रयोजनका लागि पनि बिक्री गरिन्छ।

    टिकटक धेरै चलनचल्तीमा रहेको गैरअमेरिकी एप हो। टिकटकको स्वामित्व बेइजिङस्थित विशाल प्रविधि कम्पनी बाइटड्यान्ससँग भएकाले विज्ञहरू चिन्तित देखिन्छन्। फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट र यूट्यूबले उति नै परिमाणमा डेटा सङ्कलन गर्छन्। तर ती अमेरिकी कम्पनी हुन्।

    विश्वका अरू देशमा जस्तै अमेरिकी सांसदहरूले वर्षौँसम्म ती मञ्चले सङ्कलन गर्ने डेटा आफ्नो देशको राष्ट्रिय सुरक्षालाई जोखिममा पार्ने गरी अनैतिक प्रयोजनमा आउँदैनन् भन्ठानेका थिए।

    सन् २०२० मा राष्ट्रपति डोनल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेशमा टिकटकले गरेको डेटा सङ्कलन चीनलाई सम्भवतः “अमेरिकी सरकारका कर्मचारी र ठेकेदारको अवस्थिति थाहा दिने, व्यक्तिगत जानकारीका सूची बनाएर ब्ल्याकमेलमा प्रयोग हुन सक्ने र व्यावसायिक जासुसी हुन सक्ने” आशङ्का व्यक्त गरिएको थियो।

    अहिलेसम्म प्रमाणहरूले त्यस्तो जोखिम सैद्धान्तिक मात्र भएको सङ्केत गर्छन्। तर सन् २०१७ मा चीनले पारित गरेको एउटा अस्पष्ट कानुनले डर बढाइदिएको छ।

    चीनको राष्ट्रिय गुप्तचर कानुनको दफा ७ मा सबै चिनियाँ संस्था र नागरिकहरूले गुप्त सूचना सङ्कलन गर्ने चीनको प्रयासमा “साथ, सहयोग र सहकार्य” गर्नुपर्ने लेखिएको छ।

    टिकटकलाई मात्र नभई सबै चिनियाँ कम्पनीलाई शङ्कापूर्ण दृष्टिले हेर्ने मानिसहरू उक्त प्रावधानलाई उद्धृत गर्छन्।

    यद्यपि जोर्जा इन्स्टिट्यूट अफ टेक्नोलजीका अनुसन्धानकर्ताहरूले उक्त दफाको वाक्यलाई अप्रासङ्गिक रूपमा उद्धरण गर्ने गरिएको तर्क गरेका छन्। उनीहरूका अनुसार उक्त कानुनमा प्रयोगकर्ता र निजी कम्पनीको अधिकार संरक्षण गर्न सचेत बनाउँदै अन्य प्रावधान पनि राखिएको छ।
    ।
    तर सन् २०२२ मा बाइटड्यान्सले बेइजिङस्थित केही कर्मचारीले अमेरिका र यूकेमा कार्यरत कम्तीमा दुई पत्रकारको अवस्थिति पत्ता लगाउन उनीहरूसँग सम्बन्धित डेटा हेरेको स्वीकार गरेका थिए। सञ्चारमाध्यमलाई सूचना चुहाउने भन्ठानिएका अरू कर्मचारीहरूसँग ती पत्रकारको भेट हुन लागेको छ कि छैन भनेर हेर्न उनीहरूले त्यसो गरेको टिकटकले जनाएको थियो।

    टिकटककी एक प्रवक्ताले प्रयोगकर्ताको डेटा अनधिकृत रूपमा हेर्ने ती कर्मचारीहरूलाई बर्खास्त गरिएको बताइन्।

    उक्त कम्पनीले प्रयोगकर्ताको डेटा कहिल्यै चीनमा भण्डारण नगरिएको र त्यसका लागि अमेरिकाको टेक्ससमा डेटा सेन्टरहरू बनाइरहेको अनि युरोपमा समेत त्यहाँका नागरिकका लागि त्यही डेटा भण्डारण गर्ने गरिएको बताएको छ।

    युरोपेली सङ्घ ईयूमा टिकटक अरू सामाजिक सञ्जालभन्दा धेरै अघि बढेको छ। उसले युरोपमा सङ्कलित डेटाको उपयोगसँग सम्बन्धित विषय हेर्न एउटा स्वतन्त्र साइबरसुरक्षा कम्पनीको सेवा लिएको छ।

    “हाम्रा युरोपेली प्रयोगकर्ताहरूका डेटा विशेष रूपमा डिजाइन गरिएको सुरक्षित स्थानमा राखिएको छ,” टिकटकले भनेको छ, “अनि त्यसमा कडा स्वतन्त्र जाँच र प्रमाणीकरणबाट अनुमोदित कर्मचारीहरूको मात्र पहुँच हुन्छ।”

    ३. टिकटक ‘ब्रेनवाश’ गर्ने साधन बन्न सक्छ
    टिकटकले आफ्नो ‘कम्युनिटी गाइडलाइन्स’ले “समुदाय वा ठूलो जनसमुदायलाई हानि पुर्‍याउने मिथ्या वा भ्रामक सूचना तथा सङ्गठित रूपमा गरिने गलत व्यवहार” रोक्ने तर्क गरेको छ।

    सन् २०२२ को नोभेम्बरमा अमेरिकाको सङ्घीय जाँच ब्यूरो एफबीआईका निर्देशक क्रिस्टोफर रेले अमेरिकी सांसदहरूलाई भनेका थिए: “चीन सरकारले … सिफारिस गर्ने एल्गरिदममा नियन्त्रण गर्न सक्छ, जुन अरूलाई प्रभाव पार्ने काममा प्रयोग हुन सक्छ।”

    चीनमा मात्र उपलब्ध टिकटकको भगिनी एप दोयिनमाथि धेरै निगरानी हुन्छ। विवरणहरूका अनुसार त्यसमा युवा प्रयोगकर्ता पुग्ने गरी शैक्षिक र हितकारी सामग्रीहरूलाई प्रवर्धन गरिन्छ। दोयिनसँग सम्बन्धित तथ्यले पनि टिकटकबारे आशङ्का रहेको देखिन्छ।

    चीनमा सबै सामाजिक सञ्जाल व्यापक निगरानी पर्छन्। ‘इन्टरनेट प्रहरी’ले सरकारको आलोचना गरिएका वा राजनीतिक अस्थिरतालाई प्रोत्साहन गर्ने सामग्रीहरू हटाउने गर्छन्।

    एक अमेरिकी प्रयोगकर्ताले शिन्जियाङका मुस्लिमहरूमाथि बेइजिङले गरेको व्यवहारबारे कुरा गरेका कारण उनको टिकटक खाता निलम्बनमा परेको थियो। त्यसको निकै विरोध भएपछि टिकटकले माफी माग्दै उनलाई उक्त खाता पुनः चलाउन दिएको थियो।

    सिटिजन ल्याबका अनुसन्धानकर्ताहरूले टिकटक र दोयिनको तुलना गरेका थिए। टिकटकले सोही प्रकारको राजनीतिक नियन्त्रण नगर्ने उनीहरूको निष्कर्ष छ।
    जोर्जा इन्स्टिट्यूट अफ टेक्नोलजीका विश्लेषकहरूले समेत ताइवानको स्वतन्त्रता वा चिनियाँ राष्ट्रपति सी जिन्पिङबारे गरिएका ठट्टा जस्ता विषय खोजेका थिए।

    त्यसमा उनीहरूको निष्कर्ष थियो: “यी विषयबारे टिकटकमा सहजै भिडिओहरू फेला परे। तीमध्ये धेरैजसो लोकप्रिय थिए र व्यापक रूपमा शेअर भएका थिए।”

    समग्रमा भन्नुपर्दा टिकबारे सैद्धान्तिक त्रास र सैद्धान्तिक जोखिम रहेको देखिन्छ।

    आलोचकहरूले टिकटक किंवदन्तीको जस्तै ‘ट्रोजन होर्स’ भएको तर्क गर्छन्। अहिले हानिकारक नदेखिए पनि यो द्वन्द्वका बेला शक्तिशाली अस्त्र बन्न उनीहरू ठान्छन्।

    यो एप भारतमा यसअघि नै प्रतिबन्धित छ। सन् २०२० मा टिककटसहित दर्जनौँ चिनियाँ एप चलाउन रोक लगाइएको थियो।

    अमेरिकामा हुने टिकटक प्रतिबन्धको असर उक्त सञ्जालका लागि निकै ठूलो हुन सक्छ। अमेरिकाको निर्णयलाई उसका साझेदारहरूले पनि अनुसरण गर्ने गरेको पाइन्छ।

    अमेरिकाले विशाल चिनियाँ टेलिकम कम्पनी ह्वावेईको फाइभजी पूर्वाधारमा प्रतिबन्ध लगाउन आग्रह गर्दा त्यस्तै भएको थियो। त्यस बेला समेत सैद्धान्तिक जोखिमलाई नै आधार मानिएको थियो।

    अहिले एकतर्फी जोखिम देखिन्छ। चीनले अमेरिकी एपहरूबारे चिन्ता लिनुपर्दैन किनकि चिनियाँ नागरिकको पहुँच त्यसमा वर्षौँदेखि रोकिँदै आएको छ।

     

    मङ्गलबार, चैत १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer