• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, जेठ २८, २०८३
☰
बिहिबार, जेठ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ, ढुक्क भएर लगानी गर्नुहोस्: परराष्ट्रमन्त्री श्रेष्ठ


  •   बुधबार, चैत १४, २०८० मा प्रकाशित
  • बेइजिङ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएको र कानुनी एवं प्रक्रियागत सरलता कायम गरेको उल्लेख गर्दै ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन् ।

    Advertisement

    चीनको बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको ‘उदाउँदो नेपाल: लगानीको सम्भावना’ विषयक ‘पूर्वलगानी सम्मेलन’लाई सम्बोधन गर्दै उहाँले विश्वका लगानीकर्ताका लागि नेपालमा उपयुक्त अवसर भएको जानकारी गराए ।

    “विश्वका ठुला बजारहरूसँग निकटता भएकाले विदेशी लगानीकर्ताका लागि नेपाल सबैभन्दा उपयुक्त देश हो”, परराष्ट्रमन्त्री श्रेष्ठले भने, “चीन नेपालको महत्त्वपूर्ण व्यापार साझेदार र प्रत्यक्ष वैदेशिक लगानी रहेको देश हो । सबैभन्दा छिटो बढ्दै गइरहेको अर्थतन्त्र, चीन र भारत नै हो, त्यसैले नेपाल लगानीका लागि उपयुक्त स्थल हो ।”

    तीन करोड जनसङ्ख्या भएको एवं सस्तो श्रम शक्तिको उपलब्धता भएको नेपाल आफैँमा राम्रो बजार भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले नेपालमा लगानीको ठूलो अवसर रहेको स्पष्ट पारे । विगतका वर्षहरूमा, नेपाल चिनियाँ व्यवसायी नेताहरूका लागि लगानीको अत्यन्तै आकर्षक गन्तव्य भएको उल्लेख गर्दै उनले लगानीका लागि जलविद्युत्, पर्यटन, पूर्वाधार, सूचना प्रविधि र उत्पादनमूलक उद्योग क्षेत्रमा लगानीका लागि नेपाल सरकारले प्राथमिकता दिएको बताए।

    “व्यापारमैत्री वातावरण स्थापना र विदेशी लगानी आकर्षित गर्नका लागि हामीले नीति, संस्था र कार्यविधि सुधार गरेका छौँ”, परराष्ट्रमन्त्री श्रेष्ठले भने, “लगानी सम्मेलनको प्रारम्भमा कानुनी, संस्थागत र प्रक्रियागत सुधार लगायतका महत्त्वपूर्ण निर्णयहरू भएका छन्”, नयाँ वैदेशिक लगानी नीति लागू भएको उल्लेख गर्दै उहाँले लगानीसम्बन्धी धेरै कानुनी औजार बनेको र लगानीसम्बन्धी ऐनमध्ये भूमि अधिग्रहण ऐनसहित १२ वटा ऐन सम्मेलनअघि संशोधनको तयारीमा रहेको जानकारी दिए ।

    उपप्रधानमन्त्री श्रेष्ठले भने, “हामी थप नीति, नियामक, र प्रक्रियागत सुधारहरू लागू गर्न लागि परेका छौँ, सुधारको अर्को चरणमा बौद्धिक सम्पत्ति अधिकारहरू समावेश हुनेछन् ।” उनले चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि निःशुल्क भिसा दिइने बताउँदै नेपालले झन्झटमुक्त भिसा प्रक्रिया लागू गरेको बताए ।

    “विदेशी लगानीको स्थिति स्वदेशी उद्योगको सरह हुने कानुनी व्यवस्था गरेका छौँ”, परराष्ट्रमन्त्री श्रेष्ठले भने, “लिज फाइनान्सिङ, इक्विटी लगानी, संयुक्त उद्यम, वा प्रविधि हस्तान्तरण सम्झौताहरूमार्फत नयाँ व्यवसाय स्थापना गर्न सम्भव छ ।” उनले ऊर्जा उपलब्धताको सुधारिएको र पछिल्लो समय बढी भएको विद्युत् छिमेकी मुलुकमा निर्यात गर्न नेपाल सक्षम भएको बताए ।

    हाल नेपाल सामाजिक–आर्थिक रूपान्तरणमा केन्द्रित भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले सन् २०२६ सम्ममा अति कम विकसित मुलुकबाट माथि उठ्ने, सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा परिणत हुने र सन् २०४५ सम्ममा कार्बन उत्सर्जनमा शून्यमा पुग्ने लक्ष्यका साथ नेपाल अगाडि बढेको बताए । “ठुला लक्ष्यहरू हासिल गर्न नेपालको आन्तरिक स्रोत मात्र पर्याप्त छैन”, परराष्ट्रमन्त्री श्रेष्ठले भने, “स्रोतको कमीलाई पूरा गर्न हामीलाई पर्याप्त लगानी, आधुनिक प्रविधि र महत्त्वपूर्ण पूर्वाधार चाहिएको छ ।”

    नेपालले चीनसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले पारस्परिक लाभका लागि परिष्कृत आर्थिक साझेदारीको लागि नेपाल तत्पर रहेको बताए । उनले दुई राष्ट्रको घनिष्ठ सांस्कृतिक सम्बन्ध र भौगोलिक निकटतालाई सरकार र व्यावसायिक क्षेत्रहरूसँगको संलग्नतालाई अगाडि बढाउन तत्पर रहेको उल्लेख गरे ।

    नेपाल र चीनबीच सन् १९५५ मा द्विपक्षीय सम्बन्ध स्थापना भए पनि जनस्तरको सम्बन्ध भने सदियौँदेखि रहिआएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, “हाम्रा प्राचीन भौगोलिक सम्बन्ध, वैवाहिक सम्बन्ध, सांस्कृतिक समानता, आपसी बुझाइ र बुद्ध धर्मका कारण एक अर्कासँग गाँसिएको छ ।”

    नेपाल–चीनबीच समस्यामुक्त दरिलो द्विपक्षीय सम्बन्ध कायम राखिएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले एक अर्काको सम्मान र समझदारी सम्बन्धको आधार भएको स्पष्ट पार्नुभयो । उनले भने, “हामीले सधैँ एक अर्काको संवेदनशीलता र चासोलाई सम्मान गरेका छौँ । ‘एक चीन नीति’प्रति नेपालको सदैव प्रतिबद्धता रहिआएको छ ।”

    नेपाल र चीनले सन् २०१७ मा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ कोअपरेसन’ को समझदारीमा हस्ताक्षर गरेर परिवर्तनकारी यात्रा सुरु गरेको स्मरण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, “एक वर्षपछि, हामीले रेलवे, सडक, उड्डयन, बन्दरगाह, र पावर ग्रिडहरूमा लगानी गर्ने निर्णयका अलवा हिमालयपार बहुआयामिक आबद्धता सञ्जाल अवधारणामा रहेर पूर्वाधार विकास गर्ने निर्णय गरेका छौँ ।”

    सन् २०१९ मा राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धलाई विकास र सहयोगका लागि सदा–स्थायी मित्रतासहितको सहयोगको रणनीतिक साझेदारीमा स्तरोन्नति गरिएको उल्लेख गर्दै उनले नेपाल–चीन सम्बन्ध सुदृढ तुल्याउने कार्यमा त्यसबेलादेखि उल्लेखनीय प्रगति भएको बताए ।

    “कुनै समय बाधाका रूपमा चिनिने हिमालय शृङ्खला नयाँ युगको सहकार्यको पुलमा परिणत हुनेछ”, परराष्ट्रमन्त्री श्रेष्ठले भने, “हामी हिमालयपार बहुआयामिक आबद्धता सञ्जाल निर्माण गर्न दृढतापूर्वक समर्पित छौँ ।” चीन नेपालको महत्त्वपूर्ण व्यापारिक साझेदार र प्रत्यक्ष वैदेशिक लगानी गर्ने सबैभन्दा ठूलो देश रहेको उल्लेख गर्दै उनले चीन आर्थिक, प्राविधिक र सामाजिक क्षेत्रमा ठूलो सफलता हासिल गर्ने राष्ट्रहरूको सबैभन्दा ठूलो उदाहरण भएको बताए ।

    चिनियाँ कम्युनिस्ट पार्टीको दूरदर्शी नेतृत्वमा छोटो अवधिमा लाखौँ मानिसलाई गरिबीबाट बाहिर निकालेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ अनुभव र विशेषज्ञताबाट नेपालले पनि सिक्न चाहेको बताए ।

    मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका प्रतिष्ठित व्यापारिक नेताहरूको यो उत्साहजनक भेलालाई सम्बोधन गर्न पाउँदा मलाई खुसी लागेको उल्लेख गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले यसले विकास र नवप्रवर्तनका लागि उत्प्रेरकको रूपमा विश्वव्यापी रूपमा ख्याति कमाएको बताए ।

    चाइना चेम्बर अफ इन्टरनेसनल कमर्स र चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेडसँगको सहकार्यमा दूतावासले आयोजना गरेकोमा नेपाली दूतावासलाई धन्यवाद दिँदै उनले यस सम्मेलनले आगामी महिना काठमाडौँमा हुन लागेको लगानी सम्मेलनलाई सफल बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।

    “शिखर सम्मेलनको मुख्य उद्देश्य साझा समृद्धिका लागि हाम्रा दुई देश र जनताबीचको सहकार्यलाई बढावा दिनु हो”, परराष्ट्रमन्त्री श्रेष्ठले भने, “यस्ता क्रियाकलापले व्यावसायिक समुदायहरू सामाजिक–आर्थिक रूपान्तरणमा प्रमुख भूमिका खेल्नेछ ।”

    कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै पूर्वाधार, कृषि, पर्यटन र सेवालगायत क्षेत्रमा लगानीका लागि आग्रह गरिन् । नेपालमा लगानीमैत्री वातावरण बनाइएको जानकारी दिँदै उहाँले चिनियाँ लगानीकर्तालाई नेपालमा स्वागत गर्न तयार रहेको बताइन् । चीनका लागि नेपाली राजदूत विष्नुपुकार श्रेष्ठले नेपालमा लगानीको वातावरण अनुकूल रहेको उल्लेख गर्दै ढुक्क भएर लगानी गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गरे । कार्यक्रममा चिनियाँ लगानीकर्ताको सहभागिता थियो ।(रासस)

    बुधबार, चैत १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer