• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

परम्परागत सीप सिकाउँदै काभ्रेका ज्येष्ठ नागरिक


  •   बुधबार, चैत १४, २०८० मा प्रकाशित
  • धुलिखेल । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ का ९२ वर्षीया गणेशमाया देउला एक हप्तादेखि नयाँ पुस्तालाई निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप सिकाइरहेकी छन् । नेवार समुदायमा रहेका कामका लागि आवश्यक पर्ने विभिन्न सामग्री बुन्ने व्यक्ति र सीप नै लोप हुने अवस्थामा पुगेका बेला यहाँका वृद्धाले नयाँ पुस्तालाई उक्त सीप हस्तान्तरण गर्ने काम गरेकी हुन् ।

    Advertisement

    महिलाले सीप सिक्ने इच्छा व्यक्त गरेपछि आफूले जानेको कुरालाई सिकाउने काम गरेको उनले बताइन् । “सिक्न मन लागेको भनेर मन गरेपछि मिम्चा, ढकिचा, पिचा, खैंचा, कलालीलगायत सामग्री बुन्ने सीप सिकाइरहेको छु,” उनले भनिन्, “सिक्ने भनेर इच्छा व्यक्त गर्नेहरुलाई जानेको सीप दिएको हुँ ।”

    सुरुमा सिकाउँदा अप्ठ्यारो मानेर सिकेकाहरुको बिस्तारै अलिअलि हात बस्दै गएको उनले बताइन् । त्यसरी सीप सिक्न चाहनेका लागि उनीसँगै ८६ वर्षीया आशामाया देउला र ८५ वर्षीया दिलमाया देउलाले सिकाइरहेकी छन् ।

    पनौती–७ का ललिता नापितले आमाहरुपछि परम्परागत सीप नै हराएर जाने अवस्था भएकाले चोया काट्ने र बुन्ने सीप सिक्न थालेको बताइन् । “पहिला त निकै गाह्रो महसुस भएको थियो, सिक्दै जाँदा सहज हुने रहेछ”, बुनेको मिमिचा देखाउँदै उनले भनिन्, “यो हाम्रो नेवार समुदायका बालबालिकाको बेलविवाह गर्ने, व्रतबन्ध गर्ने र पूजा गर्ने बेलामा सामग्री राख्नका लागि नभई हुँदैन, यसको आवश्यकता पूरा गर्न अब आफैँ बुन्नसक्ने भएकी छु ।”

    सँगै सीप सिकिरहेकी रिता प्रधानले बुन्न आए पनि थालनी गर्ने र चोया काट्न अझै अभ्यास कम भएको सुनाइन् । नयाँ पुस्तालाई खासै चासो नभएको अवस्थामा यहाँका महिला भने चोयाबाट बन्ने विभिन्न सामग्री बुन्ने सीप सिकिरहेकी छन् ।

    परम्परागत सीप हस्तान्तरणका लागि पनौती पर्यटन विकास केन्द्रले तालिमको आयोजना गरेपछि यहाँका महिलाले सो अवसर पाएका हुन् । एकातिर जन्मदेखि मरणसम्म आवश्यक गर्ने सामग्री बनाउने सिप सिक्न पाउनु र अर्कोतिर सजावट तथा कलात्मक सामग्री बनाउने तालिम लिन पाउनु खुसीको कुरा भएको सहभागीको भनाइ छ ।

    “सामग्री देख्दा कसरी बुन्ने र उत्पादन गर्ने होला भन्ने खुल्दुली लागिरहेको थियो, अहिले आएर घरमा नै बसेर सिक्ने अवसर मिल्यो”, पनौती–७ की मेरिना सैँजुले भनिन्, “यसले अब परम्परागत सामग्री बनाउनेसँगै व्यावसायिक बन्ने बाटो खुल्ने आत्मविश्वास बढेको छ ।” हरेक पसल, होटल, घर र बजारमा सजाएर राखेको सामग्री देखेर यसले व्यावसायिक रुपमा अगाडि बढ्न मद्दत पुग्ने विश्वास बढेको उनले बताइन् ।

    सोही ठाउँकी इन्दिरा नापितले निगालोको चोयाबाट बन्ने सामग्री बनाउने पहिलो अनुभव लिन आएको बताइन् । काम सिक्न पाउनु राम्रो कुरा भएकाले सिक्न थालेको उनले सुनाइन् । पनौती बजारभरिमा नै तीन वृद्धा आमामा मात्रै बुन्ने सीप भएकामा नयाँ पुस्तालाई हस्तारण गर्न र संरक्षणका लागि सीप सिकेको उनको भनाइ छ । उनीहरुलगायत तालिममा पनौतीभित्रका ३१ महिलाले सो सीप सिकिरहेका छन्। यही चैत ४ गतेदेखि सुरु भएको तालिम आगामी शनिबार समापन हुने पनौती पर्यटन विकास केन्द्रले जनाएको छ ।

    नेवार समुदायमा जन्मेदेखि नमरुञ्जेलसम्मका लागि आवश्यक पर्ने निगालाका सामग्री बनाउन जान्ने व्यक्तिको पनि अभाव बन्दै जानु र आवश्यक परेका बेलामा बजारमा तत्काल किन्नका लागि पनि खोज्दै हिँड्नुपर्ने अवस्था आएका बेला नयाँ पुस्तालाई उत्पादन गर्ने सीप प्रदान गर्न तालिम आयोजना गरेको पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले बताए ।

    “नेवार समुदायको बेल विवाह, व्रतबन्ध, विभिन्न जात्रा, पूजाआजा र अन्य विभिन्न कार्यमा आवश्यक पर्ने सामग्री बनाउने सीप नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि तालिमको आयोजना गरेको हो”, उनले भने, “यस्तो सामग्री बनाउने सीप पनौतीबजारमा नै तीनजना वृद्धासँग मात्रै छ, उहाँहरु बिरामी हुने बेलामा र कतै जाने बेलामा आवश्यक परेका सामग्री बनाउने व्यक्ति नै नपाउने अवस्थामा पुगेका कारण नयाँ पुस्तामा हस्तान्तरण गर्न आवश्यक ठानेर तालिम आयोजना गरेका हौँ ।”

    सीप सिकाइसँगै त्यसले परम्परा धान्ने, सीप हस्तान्तरण हुने र आम्दानीसमेत गर्न सकिने भएकाले पनि तालिमको आयोजना गरेको उनको भनाइ छ । तालिमबाट सिकेको सीपमार्फत उत्पादन हुने सामग्री पर्यटन विकास केन्द्रले खरिद गर्ने र त्यहीबाट बिक्री गर्ने योजनामा विकास केन्द्र रहेको छ । रासस

    बुधबार, चैत १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer