• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

चन्दा उठाएर संगठनविरुद्ध मुद्दा लड्दैछन् प्रहरीका वरिष्ठ सईहरू


  •   बिहिबार, चैत १५, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ सईहरुले अहिले सामाजिक सञ्जाल ह्वाट्स एप ‘ग्रुप’ बनाएका छन्, ग्रेड पीडित समूह । यो ग्रुपमा देशभरका हजार बढी वरिष्ठ सई आवद्ध भएका छन् ।

    Advertisement

    उनीहरुले धमाधम १५०० रुपैयाँ अनलाइन बैंकिङमार्फत तोकिएको खातामा डिपोजिट पनि गरिरहेका छन् । रकम प्रहरीकै एक वरिष्ठ सईको खातामा जम्मा हुन्छ । त्यसको जानकारी यो समूहमा दिइन्छ ।

    यसरी १५०० रुपैयाँ धमाधम संकलन गरेका प्रहरीका वरिष्ठ सईहरु अहिले आफ्नै संगठनविरुद्ध कानूनी लडाइ लडिरहेका छन् । संगठन मात्र होइन, सरकारले समेत बेवास्ता गरेको भन्दै उनीहरु न्यायको ढोका ढकढक्याउन सर्वोच्च अदालत पुगेका छन् ।

    विनयकुमार चन्दसहित १४ जना वरिष्ठ सईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, प्रहरी प्रधान कार्यालय लगायतलाई विपक्षी बनाउँदै १६ पुसमा सर्वोच्चमा रिट दायर गरेका थिए ।

    वरिष्ठ सईको दर्जामा बढुवा भएपछि सई पदमा रहँदा खाईपाई आएभन्दा कम तलब पाएको उनीहरुको दाबी छ । १७ पुसमा सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश र मुद्दालाई अग्राधिकार दियो । त्यसपछि ८ फागुनलाई पेसी तोकिए पनि बहस भएन ।

    अर्को पेशी १८ चैतलाई तोकिएको छ । पेसी नजिक आउँदा मुद्दाको बहसका लागि भनेर बहालवाला वरिष्ठ सईहरु रकमको जोहो गर्न थालेका छन् । ‘हामीले मुद्दा त दायर गर्‍यौं, तर बहसका लागि पैसा नभएपछि अहिले १५०० रुपैयाँका दरले रकम उठाउन थालेका छौं’ एक वरिष्ठ सईले अनलाइनखबरसँग भने, ‘ह्वाट्स एपमा ‘ग्रेड पीडित समूह’ बनाएर रकम उठाउने अभियान जारी छ ।’

    यो मुद्दाको ‘लिडिङ लयर’को रुपमा नेपाल प्रहरीकै पूर्वएसपी तथा अधिवक्ता डा. गणेश रेग्मी छन् । पहिलो पेसी १७ पुसमा रेग्मीले बहालवाला वरिष्ठ सईहरुका तर्फबाट बहस गरेका थिए ।

    अब वरिष्ठ अधिवक्ताहरुमार्फत बहस गराउने तयारी छ । अधिवक्ता रेग्मीका अनुसार १८ चैतको पेशीका लागि भनेर वरिष्ठ अधिवक्ता शम्भु थापा, हरि उप्रेती, टीकाराम भट्टराईले बहस गर्दैछन् ।

    नेपाल प्रहरीमा अहिले जनपदतर्फ १ हजार १ सय ७१ वरिष्ठ सईको दरबन्दी छ ।

    के हो वरिष्ठ सईको मुद्दा ?

    प्रहरीको तल्लो तहमा वर्षौंसम्म बढुवा नभएको भन्दै असोज २०७७ मा प्रहरी नियमावली २०७१ मा आठौं संशोधन गयो, जसमा रिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद सिर्जना गरिएको थियो । ऐन संशोधनको अर्को वर्ष वरिष्ठ सईको १ हजार १७१ दरबन्दीमा सिनियर सईहरु बढुवा भए ।

    तर वरिष्ठको तीन तारे फुली लगाएका उनीहरुले तलब भने सई हुँदा भन्दा कम पाए । सईमा ८ ग्रेडसम्म खाएका उनीहरुले वरिष्ठ सई भएपनि पहिला भन्दा २६२ रुपैयाँ कम तलब पाए । सईमा ८ ग्रेड खाएकाहरुको तलब ४३ हजार ९९४ रुपैयाँ थियो, अहिले पनि त्यही छ । तर वरिष्ठ सईमा बढुवा भएकापछि उनीहरुले २६२ रुपैयाँ कम अर्थात ४३ हजार ७३२ रुपैयाँ बुझ्दै आएका छन् ।

    १ साउन २०७९ बाट लागू भएको तलवमानअनुसार वरिष्ठ सईको सुरु स्केलको तलव ४० हजार ९ सय ९८ रुपैयाँ छ । सईको ३४ हजार ७ सय ३० रुपैयाँ छ ।

    सई दर्जामा रहेकालाई १ हजार ४५६ रुपैयाँका दरले ८ ग्रेडसम्म दिइन्छ । जसअनुसार ८ वर्ष सई दर्जामा बिताएकाहरुको तलव ४३ हजार ९ सय ९४ रुपैयाँ हुन्छ ।

    तर वरिष्ठ सईमा जम्मा २ ग्रेड दिन्छ । प्रतिगेड १ हजार ३ ६७ रुपैयाँका दरले २ ग्रेड थप गर्दा वरिष्ठ सईको तलव ४३ हजार ७ सय ३२ रुपैयाँ मात्रै हुन्छ । जसकारण ८ ग्रेड बुझेका सईहरु वरिष्ठ सईमा बढुवा हुँदा तलब भने कम पाए ।

    वरिष्ठ सईहरुको तर्फबाट मुद्दा लडेका अधिवक्ता रेग्मीका अनुसार ‘नियमावली संशोधन गरेर इन्सपेक्टर भर्नाको आन्तरिक ५० र खुल्ला ५० प्रतिशतलाई संशोधन गरेर ६०/४० (खुल्ला ६०, आन्तिरक बढुवा ४०) बनाइयो, त्यहीँबाट समस्या सुरु भएको हो । आन्तरिक बढुवाको प्रतिशत घटाएपछि सईबाट इन्सपेक्टरमा बढुवा हुनेहरु हरेक पटक १० प्रतिशतका दरले छुट्दै गएका थिए ।

    १० प्रतिशतका दरले कम बढुवा हुँदा १० वर्षमा सईबाट इन्सपेक्टरमा बढुवा गर्नुपर्नेको संख्या दोब्बर भयो । ‘लामो समय भएपछि बढुवा हुने प्रतिस्पर्धीको संख्या दोब्बर भएपछि इन्सपेक्टर बनाउनुको साटो वरिष्ठको फुली लगाइदिएर सरकारले अल्झाउन खोज्यो’ पूर्वएसपी समेत रहेका रेग्मीले भने, ‘त्यहाँमाथि तलवमान ख्याल नगर्दा वरिष्ठ सईहरुले अहिलेको स्थिति भोग्नुपरेको छ ।’

    सशस्त्र प्रहरीमा पनि नेपाल प्रहरीकै जस्तो वरिष्ठ सईको पद छ । तर सशस्त्रमा भने यस्तो समस्या छैन । सईको सुरुको तलव स्केल ३४ हजार ७३० रुपैयाँ छ । १ हजार १५८ रुपैयाँका दरले ६ ग्रेड थपिदा सईले अधिकतम ४१ हजार ६ सय ७८ रुपैयाँ तलब बुझ्छन् ।

    वरिष्ठ सईको सुरु तलव स्केल ४० हजार ९९८ रुपैयाँ छ । त्यसमा १ हजार ३६७ रुपैयाँका दरले २ ग्रेड थप हुँदा वरिष्ठ सईले ४३ हजार ७३२ रुपैयाँ बुझ्दै आएका छन् । अर्थात सशस्त्रमा ६ ग्रेड खाने सईले भन्दा वरिष्ठ सईले २ हजार ५४ रुपैयाँ बढी छ ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी भीमप्रसाद ढकाल भने यो विषय अदालत प्रवेश गरिसकेकाले अब बोल्न नमिल्ने बताउँछन् । ‘अब अदालतले, जे भन्छ त्यही गर्ने हो’, उनले भने, ‘हाम्रोतर्फबाट यसमा केही भन्न मिल्ने अवस्था छैन ।’

     

    बिहिबार, चैत १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer