• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

समय अगावै जनक शिक्षाद्वारा पाठ्यपुस्तक विक्री सुरु


  •   बिहिबार, चैत १५, २०८० मा प्रकाशित
  • धनगढी । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले सुदूरपश्चिममा शैक्षिक सत्र सुरु हुने बित्तिकै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुगाउने लक्ष्य अनुसार मङ्गलवारदेखि पाठ्यपुस्तक बिक्री वितरण सुरु गरेको छ ।

    Advertisement

    लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख रामबहादुर कुँवर अनुसार वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि बाजुराका विक्रेताबाट पाठ्यपुस्तक विक्री सुरु गरिएको हो ।

    बाजुराको स्वामिकार्तिक गाउँपालिकाका २५ विद्यालयका लागि आफूले झन्डै २५ लाख रुपियाँ बराबरका पुस्तक लैजान लागेको रुविया सपिङ सेन्टरका सञ्चालक नरेश जङ्ग शाहीले बताउनुभयो ।

    जनक शिक्षाका प्रदेश प्रमुख कुँवरका अनुसार सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका लागि पाठ्यपुस्तक विक्री गर्ने दिन तय गरिएको छ । उहाँले भन्नुभयो, पहिलो हिमाली जिल्लाबाट विक्री सुरु गरेका छौ, त्यस अनुसार चैत १३ र १४ गते बाजुरा, १५ र १६ गते दार्चुला जिल्लाका विक्रेतालाई पाठ्य पुस्तक विक्री गरिने भएको छ ।

    यस्तै गरेर पहाडी जिल्ला बझाङका लागि चैत १७ गते , बैतडीका लागि १८ गते , अछामका लागि १९, डोटीका लागि २० र डडेलधुराका लागि २१ गते पाठ्यपुस्तक विक्री गरिने छ । तराईका जिल्ला कैलाली र कञ्चनपुरका लागि भने क्रमशः चैत २२, २३, २४, २५, २६ र २७ गते पाठ्यपुस्तक विक्री गरिने भएको छ ।

    यस वर्ष सुदूरपश्चिमका १६५ विक्रेता मार्फत कक्षा १ देख १२ कक्षासम्मका विद्यार्थीका लागि १९ लाख १५ हजार १८५ थान पुस्तक विक्री गरिने जनक शिक्षाका प्रदेश प्रमुख कुँवरले बताउनुभयो । यस पटक झन्डै ६० हजार विद्यार्थीलाई पुस्तक विक्री गरेर ३५ करोड रुपियाँको कारोबार गर्ने लक्ष्य जनक शिक्षाले लिएको छ ।

    जनक शिक्षाले अघिल्लो वर्ष १७ लाख ४१ हजार ७८ थान पाठ्यपुस्तक विक्री गरेर ३० करोड रुपियाँको कारोबार गरेको थियो । जनक शिक्षाको सुदूरपश्चिमको गोदाममा ८० प्रतिशत पाठ्यपुस्तक रहेको हिमाली र पहाडी जिल्लाका लागि पाठ्यपुस्तक विक्री गर्ने काम सक्ने क्रममै कैलाली र कञ्चनपुरलाई लक्षित गरेर बाँकी २० प्रतिशत पाठ्यपुस्तक आइपुग्ने प्रदेश प्रमुख कुँवरले बताउनुभयो ।

    सुदूरपश्चिममा सबैभन्दा बढी पाठ्यपुस्तक कैलालीका विद्यार्थीका लागि छ लाख १४ हजार ७९६ थान आवश्यक पर्छ । यस्तै गरेर सबैभन्दा कम डडेलधुरालाई एक लाख तीन हजार ३३० थान पुस्तक चाहिन्छ । यस्तै गरेर कञ्चनपुरलाई दुई लाख ८९ हजार १५७, बैतडीलाई एक लाख ७८ हजार ३६०, बझाङलाई एक लाख ७७ हजार २१५, अछामलाई एक लाख ६५ हजार ८३१, डोटीलाई एक लाख ३७ हजार ६९२, बाजुरालाई एक लाख २७ हजार ८०६ र दार्चुलालाई एक लाख २१ हजार १२ थान पाठ्यपुस्तक आवश्यक पर्छ ।

    बिहिबार, चैत १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer