• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग


  •   शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
  • काठमाडौं । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा व्यवसायीले ठूलो लगानी भएको होटल क्षेत्रलाई सरकारले चाँडो उद्योगको मान्यता दिनुपर्ने औँल्याए । साथै उनीहरुले सरकारले हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले नेपालको पर्यटन क्षेत्रलाई निरुत्साहित गरिरहेको र यसले पर्यटन क्षेत्रमा नकारात्मक असर परेको बताए ।

    Advertisement

    बैठकमा नेपाल उद्योग वाणिज्य महाङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो भएकाले विदेशी पर्यटक आगमन खुम्चिएको दाबी गर्नुभयो ।अध्यक्ष ढकालले भारतीय नागरिकको विवाहको इभेन्ट भारतभन्दा बाहिर गर्ने प्रचलन रहेको भन्दै उक्त इभेन्ट नेपालमा गर्नसक्ने गरी नीतिगत रुपमा व्यवस्था गर्न पनि आवश्यक रहेको खाँचो औँल्याउनुभयो । साथै उहाँले ठूलो लगानी भएका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान सञ्चालन गरी बढीभन्दा बढी विदेशी पर्यटक ल्याउने योजना बनाउन पनि माग गर्नुभयो ।

    होटल सङ्घ नेपालका प्रथम उपाध्यक्ष प्रवीनबहादुर पाण्डेले होटलमा ठूलो लगानी भए पनि उद्योगको मान्यता पाउन नसकेकेको भन्दै यस क्षेत्रलाई चाँडै उद्योगको रुपमा कानुनी मान्यता दिनुपर्ने धारणा राख्नुभयो । सङ्घका अनुसार होटल क्षेत्रमा झण्डै नेपालको बजेट बराबरको लगानी रहेको छ ।

    वायु सेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीले हवाई टिकटमा लगाइएको करले विमान चड्ने घटेको र यसले समग्र पर्यटन क्षेत्रमा नकारात्मक असर परेको बताउनुभयो । उहाँले विमानस्थल बनाएर नचल्ने अवस्था रहेको भन्दै भएका विमानस्थलमा व्यावसायिक उडान विस्तार एयरलाइन्सलाई सहजीकरण गरिनुपर्ने औंँल्याउनुभयो । रेष्टुडेन्ट एण्ड बार एशोसिएशनका उपाध्यक्ष सङ्घर्ष विष्टले रेष्टुरेन्टमा पनि करोडमाथि लगानी भइरहेकाले होटल साथै यसलाई क्षेत्रलाई पनि उद्योगको रुपमा मान्यता दिन माग गर्नुभयो ।

    नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सिज् (नारा) का अध्यक्ष शिव अधिकारीले जलयात्रा व्यवसाय प्रवद्र्धनका लागि नदी किनारमा अर्बौ लगानीमा खुलेका होटल रिसोर्टको लगानी संरक्षण हुने गरी नदी नीति बनाइनुपर्ने खाँचो औँल्याउनुभयो । टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बाँस्तोलाले पर्यटन बोर्डलाई अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा सक्रिय बनाइनुपर्ने बताउनुभयो ।

    बैठकमा सांसदहरुले पर्यटन व्यवसायीले उठाएका मागलाई सरकारले सम्बोधन गर्नेगरी समितिले पहलकदमी लिनुपर्नेमा जोड दिनुभयो । पर्यटन क्षेत्रको नीतिगत उल्झन सुधारेर, होटल क्षेत्रलाई उद्योगको मान्यता प्रदानगर्ने, वायुसेवा निगमको संस्थागत सुधार, अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनलगायत विषयमा जोड दिएर पर्यटनलाई थप चलायमान बनाउन उहाँहरुको सुझाव थियो । सांसदहरु प्रकाशमान सिंह, भीम आचार्य, पशुपति शमशेर जबरा, उदयशमशेर जबरा, दामोदर पौडेल बैरागी र शिशिर खनालले बोल्नुभएको थियो ।

    सांसद र व्यवसायीको कुरा सुनिसकेपछि समितिका सभापति राजकिशोर यादवले नेपालको पर्यटन र हवाई यातायात क्षेत्रलाई प्रवद्र्धन गर्ने विषयमा सम्बद्ध सरोकारवाला निकाय एक भएर अघि बढ्नुपर्ने बताउनुभयो । महासङ्घले पर्यटन विकासको लागि वास्तविक मुद्दाको उठान गरेको भन्दै सो विषयमा सम्बद्ध मन्त्रालय, विभाग र सचिवहरुसँग व्यापक छलफल गरेर खाका तयार गरिने बताउनुभयो ।

    महासङ्घको पर्यटन तथा हवाई यातायात समितिले देशमा पर्यटनको विकास गर्दै विदेशी मुद्रा भित्र्याएर अर्थतन्त्रको विकास गर्न संसद्को उक्त समितिलाई सात बुँदे सुझावसमेत पेस गरेको थियो । विशेषगरी महासङ्घले पर्यटनको दिगो विकासका लागि टास्कफोर्सस गठन गर्नुपर्ने, भारतीय पर्यटकले नेपाल आउँदा ल्याउन पाउने नगदको सीमा बढाउनुपर्ने, तारे होटलमा लगाइएको लक्जरी कर हटाउनुपने, हवाई खरिदमा टिकटमा लगाइएको कर हटाउनुपर्नेलगायत माग गरिएको छ । बैठकमा पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर सहभागी हुनुहुन्थ्यो ।

    शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer