• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भन्सारले अर्बौंका सामान लिलाम गर्दै, आयात प्रतिबन्धित वस्तु अधिक


  •   शनिबार, चैत १७, २०८० मा प्रकाशित
  • काठमाडौं । विभिन्न भन्सार कार्यालयले अर्बौं रुपैयाँका सामान लिलाम बिक्रीका लागि प्रक्रिया थालेका छन् ।

    Advertisement

    यसरी लिलाम बिक्रीमा राखिएका वस्तु आयात प्रतिबन्धित वस्तुसमेत छन् । १३ चैतमा सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सिया पर्साले निकालेको लिलामी सूचनामा सुपारी, पोस्ता दाना, मुसुरो दाल, कालो मास दाल, वाइनजस्ता वस्तुको मात्रा अधिक देखिएको छ ।

    सरकारले कोभिड-१९ महामारीपछि आयातमा प्रतिबन्ध लगाएका वस्तु लिलामी सूचीमा परेका छन् । भन्सार विभागका निर्देशक पुण्यप्रसाद खड्काका अनुसार भन्सार विभागले आफ्नो सामान छुटाउन कानुन अनुसार दिइएको समयभित्र दाबी–विरोधका लागि कोही पनि नआएका वस्तु क्रमशः लिलामीमा राख्न थालेको छ । सोही क्रममा सुक्खा बन्दरगाहले ती सामान लिलामीमा राखेको उनले बताए ।

    भन्सार विभागका अनुसार देशभरि १० अर्ब रुपैयाँभन्दा बढीको मालवस्तु लिलामी गर्नुपर्ने अवस्था छ । सुक्खा बन्दरगाहमा मात्र साढे ३ देखि ४ अर्ब रुपैयाँको मालवस्तु यस्तो अवस्थामा रहेको पाइएको छ ।

    भन्सार भित्रैबाट वैधानिक रूपमा हुने तस्करीका लागि धेरैजसो सामग्री भन्सार गोदाम भित्रिएर थन्किएको हुन सक्ने अनुमान छ ।

    विभागका निर्देशक खड्काका अनुसार यी सामान कतै गलत नियतले ल्याइएका थिए कि भन्ने शंका गर्ने ठाउँ पर्याप्त देखिएको थियो । भन्सार राजस्व कम भएपछि सामान दाबी गर्न विभागले आह्वान गर्दा समेत दाबी नपरेपछि यस्तो शंका गरिएको उनले बताए ।

    सुक्खा बन्दरगाहमा मात्र ३ सयभन्दा बढी वस्तु लिलामी गर्नुपर्ने अवस्था रहेको उनले बताए । सुक्खा बन्दरगाहमा खाली छन् भनी दाबी गरिएका कन्टेनरमा यस्ता वस्तु भेटिएका थिए ।

    सुक्खा बन्दरगाहमा रेल्वेमार्फत सिधै कन्टेनर आउन सक्छन् । लामो समयदेखि कन्टेनर राखिएको र भन्सार क्लियरेन्सका लागि नआएपछि विभागले स्थानीय प्रशासनको रोहवरमा जाँच गर्दा प्रतिबन्धित वस्तु र एउटा प्रज्ञानपन पत्रबाट अर्को सामान भित्र्याउन खोजेकोसम्म भेटिएको उनले जानकारी दिए ।

    केही महिना अगाडिमात्र यस्ता शंकास्पद कन्टेनर खोलिएका थिए । त्यस क्रममा सरकारले आयातमा प्रतिबन्ध लगाएको समयमै आएका वस्तु भेटिएको थियो ।

    ‘एकातर्फ भन्सार राजस्व घटिरहेको र अर्कातर्फ भन्सारमा सामान आएर थुप्रिएपछि क्लियरेन्स गर्न कार्यालयहरूलाई ताकेता गरिएको थियो,’ निर्देशक खड्काले भने, ‘त्यस क्रममा कन्टेनर खोलेर हेर्दा आयात प्रतिबन्धित, कर छल्ने नियतले समेत सामान ल्याएको पाइएको थियो ।’

    भन्सारमा गाडीसमेत आएर लामो समय थन्किएका थिए । विभागले व्यापारीलाई ताकेता गर्न थालेपछि गाडीहरू भने वैधानिक रूपमा छुटिरहेको निर्देशक खड्काले जानकारी दिए ।

    कोभिडका समयमा अर्थतन्त्रमा असर गर्ने र विलासिताका वस्तुको आयात नियन्त्रण गर्न सरकारले केही वस्तुमा आयात प्रतिबन्ध लगाएको थियो । कुनैमा कोटा तोकेर आयात प्रतिबन्ध लगाएको थियो । यसको उद्देश्य विदेशी मुद्रा सञ्चितिमा चाप पर्न नदिनु थियो ।

    सरकारले आयात प्रतिबन्ध लगाएपछि पनि आयात भएका धेरै वस्तु भन्सारमा आएर थन्किएका थिए । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले अघिल्लो महिना समेत पोस्ता दाना र सुपारी बिक्रीका लागि लिलामी सूचना निकालेको थियो ।

    कस्ता वस्तु छन् लिलामीमा ?

    सुक्खा बन्दरगाहले निकालेको लिलामी सूचना अनुसार ठूलो मात्रामा सुपारी लिलाम हुँदैछ । २० करोड रुपैयाँभन्दा बढी मूल्यांकन गरिएको सुपारी लिलामीमा राखिएको छ ।

    लुब्रिकेन्ट जस्तो देखिने तरल पदार्थ नाममा समेत ठूलो परिमाणको वस्तु लिलाममा राखिएको छ । यसबाहेक फर्नेस आयल, पोस्ता दाना, एग्रो मेसिन र यसको पार्टपूर्जा, अटो पार्ट्स, वासिङ मेसिन, राइसमिल, ई–रिक्सा पार्ट्स, फिड सप्लिमेन्ट, सोयामिल, भोड्का, जीन, वाइन, मुङ तथा मसुरो र कालो दाल बढी मात्रामा लिलामीमा राखिएको छ ।

    नियम अनुसार भन्सार कार्यालयमा ६० दिनभित्र सामान गोदाममा राखेर थन्क्याइएको पाइए कार्यालयले जफत गरी लिलामी प्रक्रियामा लैजान सक्छ । यसपटक कतिपय सामान लिलामी गर्नुपर्ने र कतिपय सामान नष्ट गर्नुपर्ने अवस्थामा समेत भेटिएको निर्देशक खड्काले जानकारी दिए ।

    भन्सारले बढायो निगरानी

    गोदाममा ठूलो मात्रामा मालवस्तु आएर भित्रिने तर भन्सार क्लियरेन्स नगर्ने परिपाटी हटाउन भन्सारले निगरानी बढाएको समेत निर्देशक खड्काले जानकारी दिए ।

    उनका अनसार अब कन्टेनर कति आए, कहिले आयो, कति दिन रोकियो, कसले ल्याएको जस्ता विषय खुल्ने गरी अभिलेख राख्ने प्रणाली १ जनवरीबाट लागु गरिएको छ ।

    यो विवरण अब भन्सार प्रशासनलाई प्राप्त हुन्छ । यसले गलत नियतले कन्टेनर भित्र्याउनेलाई समेत कारबाही गर्न सहज हुने उनले जानकारी दिए ।

    शनिबार, चैत १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer