• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

खगेन्द्र नवजीवन केन्द्रमा बेथिति


  •   शनिबार, चैत १७, २०८० मा प्रकाशित
  • काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा भएको बेथिति, अनियमितता र भ्रष्टाचारको प्रतिवेदन बुझाएको एक महिना पुग्दा पनि कार्यान्वयन थालनी भएको छैन ।

    Advertisement

    सङ्घको अनियमितता अध्ययन गर्न गठित उच्चस्तरीय छानबिन एवं अनुगमन समितिले फागुन १६ गते काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई बुझाएको प्रतिवेदन कार्यान्वयन गरेर प्रगति विवरण प्रस्तुत गर्न पदाधिकारीलाई निर्देशन दिए पनि कार्यान्वयन प्रक्रिया अघि बढ्न नसकेको हो ।

    प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाको संयोजकत्वमा माघ १० गते गठित समितिले छानबिनका क्रममा व्यापक अनियमितता, पदाधिकारी र मनोमानी भएको निष्कर्षसहित बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन थाल्न निर्देशन दिनुभएको थियो ।

    उहाँले सङ्घका अध्यक्ष साम्देन लामालाई बोलाएर तीन महिनाभित्रै पूर्ण रूपमा प्रतिवेदन कार्यान्वयन गरिने प्रस्ट पार्दै तत्काल काम सुरु गर्न निर्देशन दिनुभएको थियो तर सङ्घका पदाधिकारीको आलटालले प्रतिवेदनको एउटा बुँदा पनि कार्यान्वयन भएको छैन । प्रजिअ बस्नेतले भन्नुभयो, “प्रतिवेदन बुझेपछि तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छु । कार्यान्वयन प्रगति पनि ल्याउन निर्देशन दिएको छु तर अहिलेसम्म कुनै विवरण आएको छैन ।”

    उहाँले अध्यक्ष लामालाई बोलाएर प्रगति विवरण माग्ने बताउनुभयो । उहाँले कुनै प्रगति नभएमा ‘अर्को स्टेप’ चाल्ने चेतावनी दिनुभयो । ‘अर्को स्टेप’ भनेको तदर्थ समिति हो भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “खगेन्द्र नवजीवन केन्द्रमा बेथिति र भ्रष्टाचार छ, प्रतिवेदन कार्यान्वयन लापर्बाही देखिएमा त्यो पनि हुन सक्छ ।” अध्यक्ष लामाले प्रतिवेदन कार्यान्वयन गर्ने सुरसार गर्नुभएको छैन । उहाँले प्रतिवेदन कार्यान्वयनको विषय के हुँदै छ भनेर सोध्दा ‘हुँदै छ, सल्लाह हुँदै छ’ भन्ने जवाफ दिनुभयो ।

    गृहमन्त्रीको चासो

    नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रको भ्रष्टाचार र बेथिति, अनियमितता र भ्रष्टाचारका सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले प्रतिवेदन कार्यान्वयन र कारबाही प्रक्रिया अघि बढाएपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पनि चासो व्यक्त गर्नुभएको छ ।

    खगेन्द्र नवजीवन केन्द्रमा आश्रित नागरिक र अपाङ्गता अधिकारकर्मीको टोलीसँगको भेटमा मन्त्री लामिछानेले केन्द्रलाई नमुना बनाउने आश्वासन दिनुभएको छ । उहाँसँगको भेटपछि अपाङ्गता अधिकारकर्मी एवं अधिवक्ता विदुरकुमार थापाले भन्नुभयो, “गृहमन्त्रीले प्रतिवेदन सचिवालयमा प्राप्त भएको, कानुन बनाएरै अनियमितता भ्रष्टाचार रोक्ने, आवश्यक कारबाही अघि बढाउने र खगेन्द्र नवजीवन केन्द्रलाई नमुना बनाउने बताउनुभयो । हामी आशावादी छौँ ।”

    शनिबार, चैत १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer