एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत शनिबार भएको एकमात्र खेलमा लखनऊ सुपर जाएन्ट्स विजयी भएको छ । लखनऊले पञ्जाब किंग विरुद्ध २१ रनको जित हासिल गर्न सफल भएको हो ।
२०० रनको विशाल लक्ष्य पछ्याएको पञ्जावले २० ओभरमा ५ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि शिखर धवनले ५० बलमा ७ चौका र ३ छक्का सहित सर्वाधिक ७० रन बनाए ।
ओपनर जोनी बेयरस्टोले २९ बल खेल्दै ४२ रन जोडे । यस्तै लियम लिभिङस्टोनले १७ बलमा २८ रन बनाए । अन्य ब्याटरले सम्झनलायक प्रदर्शन गरेनन् ।
लखनऊका लागि मयंक यादवले डेब्युमा ३ विकेट लिन सफल भए भने मोहसिन खानले २ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको। लखनऊले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९९ रन जोड्यो । ओपनर क्वीन्टन डीककले ३८ बलमा सर्वाधिक ५४ रन जोडे ।
यस्तै क्रुनल पण्ड्याले ४३ तथा आज कप्तानी गरेका निकोलस पुरनले ४२ रन बनाए ।
पञ्जाबका स्याम करनले ३ अर्ष्दिप सिंहले २ तथा कागिशो रबाडा र राहुल चहरले १-१ विकेट लिए ।
लखनऊको यो दोस्रो खेलमा पहिलो जित हो । पञ्जाब भने ३ खेलमा १ जित निकाल्ने सफल रहेको छ ।
आईपिएलमा आईतवार दुई खेल हुँदै छन् । दिनको ३:४५ बजे हुने खेलमा गुजरात टाईटन्स र सनराईजर्स हैदराबाद भिड्ने छन् भने दिनको दोस्रो खेलमा साँझ ७:४५ बजे दिल्ली क्यापिटल्स र चेन्नाई सुपर किंग्स भिड्ने छन् ।




