• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ ११, २०८३
☰
बिहिबार, भदौ ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

नेपाली सेनाद्वारा डेढ दर्जन अधिकृतको सरुवा


  •   आइतबार, चैत १८, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपाली सेनाले डेढ दर्जन अधिकृतहरुको सरुवा गरेको छ।

    Advertisement

    सेनाले प्रमुख सेनानीसहितका अधिकृतहरुलाई केही दिन अघि काज नियुक्ति (पदस्थापन) र सरुवा गरेको हो। सैनिक स्रोतले दिएको जानकारी अनुसार सैनिक प्रहरी गणका प्रमुख सेनानी दिनेश गौतमलाई नेपाली सैनिक वार कलेजमा लगिएको छ।

    मध्यपश्चिम पृतना हेडक्वार्टरका प्रमुख सेनानी सुभाषचन्द महत सैनिक कमाण्ड तथा स्टाफ कलेज पुगेका छन्। सेनानी विशालबहादुर शाहको सैनिक प्रहरी गणमा सरुवा भएको छ। अनुशासनहीन सैनिकहरुलाई पक्राउ गरेर थुन्ने सैनिक प्रहरी गण (मिलिटरी पुलिस) मा उनी आइपुगेका हुन्। यसअघि गुणस्तर नियन्त्रण महाशाखामा कार्यरत थिए।

    नेपाली सैनिक प्रतिष्ठानका सहसेनानी भीमसेन देवकोटालाई सुरक्षा तथा समारोह व्यवस्था सचिवालय, प्रधानमन्त्रीको कार्यालय, भगवतीदल गणका सहसेनानी भीमबहादुर भुजेललाई सैनिक उच्च शिखर शिक्षालयमा लगिएको छ।

    गुरुबक्स गुल्मका सहसेनानी सरोज कोइराला,महावीर गण (रेञ्जर) का सहसेनानी अरुण थापा र कालीभञ्जन गण (ई) का सहसेनानी शिखा गुरुङको नेपाली सैनिक प्रतिष्ठानमा पदस्थापन गरिएको छ।

    नम्बर ६ युद्धकवच गुल्मका सहसेनानी अमिर मोक्तान, नम्बर १५ बाहिनी अड्डाका क्याप्टेन गोविन्द थापा र नम्बर १ राजदल गणका सहसेनानी सुशान्तसिंह भण्डारीको पदस्थापन पनि प्रतिष्ठानमै भएको छ।

    चरक (गुप्तचर) बाहिनीका सहसेनानी कृष्णबहादुर थापा सैनिक इण्टेलिजेन्स शिक्षालयमा काज नियुक्ति भएका छन्। प्रधानसेनापतिको कार्यालयमा सहसेनानी राजु श्रेष्ठ आएका छन्। उनी युद्धभैरव गणमा थिए।

    सहसेनानी अस्मित सिल्वाल,राजु श्रेष्ठ, डा.अविन अधिकारीलाई सैनिक उच्च शिखर शिक्षालयमा लगिएको छ।

    उनीहरु क्रमशः भैरववाहन गुल्म, भैरवदल गण,वीरेन्द्र अस्पतालमा कार्यरत थिए । पशुपतिप्रसाद गणका उपसेनानी प्रशान्त फडेराको नेपाली सैनिक व्याटल स्कूलमा सरुवा भएको छ। नेपाली सेनाले एकै पटक उनीहरुको सरुवा गरेको हो।(डिसी नेपाल)

     

    आइतबार, चैत १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer