• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पूर्वाधार क्षेत्रमा चिनियाँ लगानीका लागि उपप्रधानमन्त्री श्रेष्ठको आग्रह


  •   सोमबार, चैत १९, २०८० मा प्रकाशित
  • चीन । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा जलविद्युत्, कृषि तथा पूर्वाधार क्षेत्रमा उच्च सम्भावना रहेको जनाउँदै ती क्षेत्रमा लगानीका लागि चिनियाँ पक्षसँग आग्रह गरेका छन् ।

    Advertisement

    जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठले आज सिचुवान प्रान्तीय जनसरकारका गभर्नर हुवाङ क्वाङसँगको भेटमा सिचुवानका लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्न आग्रह गरे।

    नेपालमा विदेशी लगानीलाई प्रोत्साहित गर्न कानुनी, संरचनात्मक तथा प्रक्रियागत उल्झन हटाइएको जानकारी दिँदै उनले विदेशी लगानीलाई खुला हृदयले स्वागत गरिने बताए।

    नेपालको विकास प्रक्रियालाई तीव्र गतिमा अघि बढाउन के गर्न सकिन्छ भनेर आफू चीन भ्रमण आएको उल्लेख गर्दै उनले विकासलाई तीव्रता दिन छिमेकीको सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। चीनसँगको व्यापार घाटा न्यूनीकरणका लागि सहयोग गर्न चिनियाँ पक्षसँग आग्रह गरे।

    नेपालले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा ठूलो मात्रामा सहभागिता जनाउन आग्रह गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सरकार र निजी क्षेत्रका तर्फबाट सहभागिताका लागि अनुरोध गरे।

    उनले नेपाल र चीनबाट भएका उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाएको बताए। नेपालले चीनसँगको सम्बन्धलाई अत्यन्त महत्व दिएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीनबीच समस्यारहित सम्बन्ध रहेको बताए।

    चीनले नेपालको विकास प्रक्रियामा सदियौँदेखि सहयोग गर्दै आइरहेको स्मरण गर्दै उनले चीनलाई नेपालले संकटको साथीका रूपमा लिँदै आएको बताए। परराष्ट्रमन्त्री श्रेष्ठले चीनलाई अत्यन्त असल छिमेकीका रूपमा लिइएको र नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको दोहो¥याए।

    राजनीतिक परिवर्तपछि आर्थिक विकासलाई मुख्य कार्यभार बनाएर अघि बढिरहेको तथा सरकार आर्थिक विकासमा केन्द्रित भएको उल्लेख गर्दै उनले समृद्धिको यात्रामा छिमेकी राष्ट्र चीनको विशेष सहयोगको अपेक्षा गरिएको बताए।

    उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा पारस्परिक लाभ हासिल हुने गरी सहयोगात्मक सम्बन्धलाई अभिवृद्धि आफूले चीन भ्रमण गरेको उल्लेख गरे।

    उनले दुई देशबीचको सम्बन्धलाई उच्चस्तरीय भ्रमणले थप प्रगाढ बनाएको बताए। उनले आफ्नो चीन भ्रमणले नेपाल र सिचुवान सरकारको सहयोगात्मक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे।

    सिचुवान प्रान्त सरकारका गभर्नर हुवाङले द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन उच्चस्तरीय भ्रमण र भेटवार्ताले महत्वपूर्ण सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे। उनले नेपालको विकासमा सिचुवान साझेदारी गर्न तयार रहेको प्रतिबद्धता जनाए।

    प्रतिनिधिमण्डलस्तरमा भएको सो भेटमा नेपालका तर्फबाट चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयमा सहसचिव कृष्णप्रसाद ढकाल, छेन्दुस्थित नेपाली महावाणिज्यदूत सुरेश राउतलगायत सहभागी थिए।

    भेटमा चीनका तर्फबाट सिचुवान प्रान्तीय जनसरकारका उपगभर्नर पुबु दुनझाउ, महासचिव चेन क्विङ्गलगायत सिचुवान प्रान्तीय जनसरकारका अधिकारीहरूको सहभागिता रहेको थियो।

     

    सोमबार, चैत १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer