• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

काठमाण्डू तराई द्रुतमार्ग: प्रस्थान बिन्दुमै निर्माण अनिश्चित


  •   सोमबार, चैत १९, २०८० मा प्रकाशित
  • काठमाडौं । राजधानीका घरजग्गा व्यवसायीहरूले काठमाण्डौ-तराई/मधेश द्रुतमार्गबाट नजिकै भएको दाबी गर्दै उपत्यकाको दक्षिणी क्षेत्रमा घरजग्गाको विज्ञापन गर्न सुरु गरेको एक दशक भइसक्यो।

    Advertisement

    तर देशको विकासलाई कायापलट गर्ने भनिएको यो सडक बनिसक्न अझै कति समय लाग्छ भन्ने प्रश्नको एउटा टडकारो पाटो करिब ४०० रोपनी जग्गाको मुआब्जा हो।

    काठमाण्डू उपत्यकाबाट एक घण्टामै निजगढ पुगेर पूर्व पश्चिम राजमार्ग भेटिने गरी बनाउन सुरु गरिएको द्रुतमार्गको १३ मध्ये ७.६ किलोमिटर लामो एउटा खण्ड आगामी वर्षभित्र पूरा भइसक्ने ठानिएको छ। बाँकी कैयौँ खण्डहरूमा कतै काम धमाधम भइरहेको छ भने केही खण्डमा भर्खरै ठेक्का सम्झौता भएको छ।

    तर कुल ७०.९७ किलोमिटर लामो काठमाण्डू-तराई/मधेश द्रुतमार्गको करिब छ किलोमिटर लामो खण्डमा भने निर्माण सुरु हुने समय नै अझैसम्म अनिश्चित छ।

    “काठमाण्डूको प्रस्थानबिन्दु खोकनाबाट सुरु भएर करिब छ किलोमिटरसम्मको खण्डमा चाहिँ जग्गा प्राप्त गर्ने प्रक्रिया पूरा नभएका कारणले त्यो प्याकेजमा चाहिँ ठेक्काको प्रक्रिया नै सुरु हुन बाँकी नै रहेको छ,” द्रुतमार्ग निर्माणको जिम्मा लिएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बीबीसीसँग भने।

    द्रुतमार्गको निर्माणको समन्वय गरिरहेको नेपाली सेनाका अनुसार द्रुतमार्गका लागि आवश्यक कुल जग्गाको तीन प्रतिशत जग्गाको मात्रै मुआब्जा टुङ्गो लाग्न बाँकी छ।

    द्रुतमार्ग निर्माणका लागि आवश्यक पर्ने भनिएको १५,४१६ रोपनी जग्गामध्ये द्रुतमार्गको प्रस्थान विन्दुमा पर्ने ३७७ रोपनी जग्गा अधिग्रहण हुन बाँकी छ।

    खोकना र फर्सिडोलका स्थानीयले जग्गाको मुआब्जा बुझ्न नमान्दा काम सुरु भएको छ वर्षसम्म पनि त्यो क्षेत्रमा द्रुतमार्ग बनाउने जग्गा नै सरकारले प्राप्त गर्न सकिरहेको छैन।

    सबै खण्डहरूको काम नसकिएसम्म काठमाण्डूबाट एक घण्टामा मधेश पुग्ने बाटो खुल्दैन।

    “काठमाण्डूलाई महेन्द्र राजमार्गसम्म जोड्ने नबन्दासम्म हामीले यो सडक प्रयोग गर्न सक्दैनौँ। एउटा प्याकेज मात्रै पूरा हुनु वा एउटा नहुनुले यसलाई प्रयोगका लागि तयार नगरे पनि बाँकी खण्डको काम द्रुत बनाउन सहयोग गर्छ,” प्रवक्ता भण्डारी भन्छन्।

    यहाँका स्थानीय बासिन्दाले सरकारले दिएको मुआब्जा कम भएको र द्रुतमार्गले ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेका ठाउँहरू मास्न लागेको लगायतका विषय उठाएका छन्। यहाँ द्रुतमार्गको प्रस्थानबिन्दु कहाँ रहने भन्ने पनि विवाद छ।(विविसी)

     

    सोमबार, चैत १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer