• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

रेशम चौधरीले ज्यान मार्ने धम्की दिएको नाउपा नेताको दाबी


  •   सोमबार, चैत १९, २०८० मा प्रकाशित
  • काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेताहरुले पार्टीका संस्थापक रेशमलाल चौधरीले आफूहरुलाई ज्यान मार्ने धम्की दिएको बताएका छन् ।

    Advertisement

    नाउपाका संस्थापक केन्द्रीय सदस्य रमेश बिकले आफूलाई नेता रेशम चौधरीले आइतबार एउटा छलफलमा आफूलाई हत्या पनि हुन सक्छ भनेर धम्की दिएको बताए ।

    ‘हिजो हामी रेशम दाइलाई पार्टी कार्यालयमा भेट्न जाँदा त्यो मिटिङमा टीकापुर नगरपालिकाका मेयर साब, वडा नं ४ का वडाध्यक्ष, वडा नं ५ का वडाध्यक्ष संयुक्त रुपमा बसेका थियौं । उहाँले सिधै के भन्नुभयो भने यदि सुदूरपश्चिममा कमलबहादुर शाहको सरकार ढल्यो भने तिमी चारै जनाको हत्या पनि हुन सक्छ भनेको हुनाले आज ममाथि भौतिक आक्रमण हुँदा म असुरक्षित छु भन्ने महसुस भयो’, बिकले सोमबार रिपोर्टस क्लबको पत्रकार सम्मेलनमा भने ।

    सोमबार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा संस्थापक केन्द्रीय सदस्यहरुको बैठक सुरु हुनुअघि आफूमाथि रेशम चौधरीसँगै आएका व्यक्तिहरुले कुटपिट गरेको बिकले बताए । आइतबार ज्यान मार्ने धम्की दिएको र सोमबार आफूहरुमाथि आक्रमण हुनुले असुरक्षा बढेको नेता बिकले बताए ।

    नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनमा सहभागिताको विषयमा छलफल गर्न तीन सदस्यीय वार्ता टोली बनाएको छ । वार्ता टोलीमा नेता दामोदर पण्डित, रमेश बिक पनि छन् । उनीहरुले सरकारमा सहभागिताका विषयमा छलफल गर्न बालुवाटार जाने भनेका थिए ।

    तर बालुवाटार गएमा बालुवाटारबाहिरै पिट्ने धम्की पनि दिएको बिकले बताए । ‘उहाँ (रेशम) ले हिजो पनि हामीलाई फोन गरेर प्रधानमन्त्रीलाई वालुवाटार भेट्‍नु नजानू, यदि गयौ बालुवाटार बाहिरै पिट्छौं भन्नुभयो’ उनले भने ।

    सोमबार बोलाइएको संस्थापक केन्द्रीय सदस्यहरुको बैठक सुरु हुनुअघि नै रेशम चौधरीसहितका नेताहरु पार्टी कार्यालयमा उपस्थित भएका थिए । त्यसक्रममा संस्थापक केन्द्रीय सदस्यको मात्र बैठक बस्ने वा रेशम चौधरीहरुलाई पनि सहभागी गराउने भन्ने विषयमा विवाद हुँदा हात हालाहाल भएको थियो ।

    सुदूरपश्चिममा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन् र उनले नागरिक उन्मुक्ति पार्टीको समर्थन लिन ५ जनालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् ।

    गत हप्ता कैलालीमा बसेको नाउपाको संस्थापक केन्द्रीय समितिको बैठकले सुदूरपश्चिम सरकारबाट बाहिरिने निर्णय गरेको थियो । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी सुदूरपश्चिम सरकारबाट बाहिरिने पक्षमा छिन् भने पार्टीका परिकल्पनाकार रेशम चौधरी बाहिरिन नहुने पक्षका छन् ।

    गत पुसमा कैलालीमा भएको महाधिवेशनबाट रेशमलाल चौधरी अध्यक्षमा निर्वाचित भएका थिए । तर निर्वाचन आयोगले त्यसलाई मान्यता दिएन । त्यसैले हाल नाउपामा उनकी पत्नी रञ्जिता श्रेष्ठ चौधरी आधिकारिक अध्यक्ष छिन् ।

    पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले भने केन्द्रीय समितिको बैठकमा बाहिरको मान्छे प्रवेश नपाउनुपर्ने तर बैठकमा आएर कुटपिट गर्नु गम्भीर भएको बताइन् ।

    उनले भनिन्, ‘ नाउपाको बैठक मैले बोलाएकी हुँ। त्यहाँ त केन्द्रीय पदाधिकारी मात्रै आउनुपर्ने हो। तर बाहिरको मान्छे आएर कुटपिट गर्‍यो भन्‍ने सुनेँ । किनकी म यो कुरा थाहा पाएपछि आइपुगेकी थिएँ ।’

    रेशम चौधरीले पार्टीका नेताहरूलाई ज्यान मार्ने धम्की दिएको हो भन्ने प्रश्नमा उनले भनिन्, ‘यस विषयमा मैले के भन्नू, केही भन्नै मिल्दैन ।’

    यता, पार्टीका संस्थापक नेता रेशम चौधरीले भने आफूले कसैलाई पनि ज्यान मार्ने धम्की नदिएको बरू पार्टीको विवाद पार्टी कार्यालयमै मिलाउन आग्रह गरेको बताए ।

    ‘बैठकमा संस्थापक सबैलाई समेटेर लैजाने कुरामा बहस भइरहेको थियो । त्यहीबीचमा साथीहरूले वालुवाटार जान्छौं प्रधानमन्त्रीलाई भेट्न भन्नुभयो’, उनले भने, ‘मैले वालुवाटार नजान आग्रह गरेँ । तर उहाँहरूले जिद्दी नै गर्नुभयो । त्यसपछि मैले त्यता गए बरू माओवादी पार्टीमै प्रवेश गरे भैगयो नि त भनेँ ।’

    उनले आफूले बैठकमा केही गलत शब्द बोलेको भने स्वीकार थरे । ‘मैले आग्रह गर्दा साथीहरू उग्र भएर आउनुभयो । त्यसपछि मैले पनि केही कडा भएर बोलेँ, तर गलत शब्द बोलेको भए फिर्ता लिन्छु पनि भनेकै हुँ।’

    आफूहरू सुदूरपश्चिममा कमल शाह नेतृत्वको सरकारमा सहभागी भइसकेकाले अब समर्थन फिर्ता लिन नहुने उनको भनाइ छ ।

    सोमबार, चैत १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer