• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नारायणी नदीमा बन्ने सिग्नेचर पुलको डिजाइन यस्तो


  •   मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित
  • चितवन । नारायणगढ र गैँडाकोटलाई जोड्ने गरी नारायणी नदीमा बन्ने सिग्नेचर पुलको डिजाइन अन्तिम चरणमा पुगेको छ ।

    Advertisement

    सडक विभागअन्तर्गत पुल महाशाखाका प्रमुख ललीजन खनालले डिजाइनको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् । उनले यसै आर्थिक वर्षमा निर्माणको काम सुरु हुने आशा व्यक्त गरे । उनले भने, ‘ तुँदी कन्स्ट्रक्सन कम्पनीले कामको डिजाइन अन्तिम चरणमा पुगेको जनाएको छ । यसअघि टोली गएर त्यहाँको स्थलगत अध्ययन र माटो परीक्षण गरिसकेको छ । ढिलोमा यस आर्थिक वर्षभित्र काम सुरु गर्ने विश्वास छ ।’

    गत भर्दौमा पुल महाशाखाको टोली आएर नारायणी नदीमा बन्ने सिग्नेचर पुलको सर्भे गरेको थियो । साधारण पुल नभएकोले निकै लामो समय लागेको पुल महाशाखा प्रमुख खनालले जनाए । फिल्ड निरीक्षणपछि निर्माणको ठेक्का पाएको तुँदी कन्स्ट्रकसनले अहिले पुलको डिजाइन गरिरहेको छ । उसको डिजाइनलाई पुल महाशाखाले स्वीकृति दिएपछि निर्माणको काम सुरु हुन्छ ।

    सिग्नेचर ब्रिज अहिले भएको पुलचोकको पुलभन्दा उत्तरतर्फ बन्ने छ । सिग्नेचर ब्रिज ४ वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम अगाडि बढाइने जनाइएको छ । ४२० मिटर लामो हुने उक्त पुल निर्माण गर्न एक अर्ब ६८ करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

    सरकारले पूर्व–पश्चिम राजमार्गलाई ‘एसियन हाइवे’ को रूपमा स्तरोन्नति गर्न थालेसँगै नदीेमा पनि थप दुई लेनको पुल बिस्तार गर्न लागेको हो । अहिले नारायणी नदीमा भएको पुल २०३८ सालमा निर्माण गरिएको पुल भएकोले अहिले जीर्ण बन्दै गइरहेको छ ।
    २०७५ सालमा विश्व बैंकले नेपालका विभिन्न चार स्थानमा सिग्नेचर पुल निर्माण गर्न चार अर्ब लगानी गर्ने सम्झौता गरेको थियो । सोही समझदारी अनुसार नारायणीमा बन्ने पुल भने पहिलो सिग्नेचर पुल हो । सडक विभाग मातहतको पुल महाशाखाका अनुसार अहिलेसम्म नेपालमा विभिन्न ठाउँमा सिग्नेचर पुल निर्माण भइसकेका छन् ।

    सिग्नेचर पुल अन्तर्गत आर्चब्रिज, केबल नेटवर्किङ आर्च, सस्पेन्सन लगायतका संरचना पर्छन् । चार थरिका सिग्नेचर पुलमध्ये कुनै एक सिग्नेचर पुल तयार हुने जनाइएको छ । सिग्नेचर पुल तयार भएपछि भरतपुर र गैँडाकोट क्षेत्रमा थप सहरी सौन्दर्य थपिने विश्वास गरिएको छ ।

     

    मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer