जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा आयोजना गरिएको नागरिक अभिनन्दन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह जुम्ला पुग्नुभएको छ ।
पूर्वराजा शाहलाई राप्रपा प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीसहित राजाका समर्थकहरूले विमानस्थल पुगेर स्वागत गर्नुभएको थियो ।
नागरिक अभिनन्दन कार्यक्रको मुल आयोजक समितिले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्न पुर्वराजा शाह जुम्ला पुग्नुभएको हो । पुर्वराजा शाहले सम्बोधनको क्रममा जुम्लामा उत्पादन हुने कालीमार्सी धान, स्याउ, ओखर र तिला, हिमा नदीले सञ्चित हुने खेतीयोग्य जमिन उर्भर भुगोलको विषयमा चर्चा गर्नुभयो। यिनै उत्पादनलाई बृद्धि गरी जुम्ला समृद्धि हुने बताउनुभयो ।
प्रकृतिले भरिपूर्ण सुन्दर जुम्ला यहाँको आफ्नै सहनसहन रहेको बताउँदै उहाँले नेपाल भाषाको उद्गमस्थल सिंजा जुम्ला भएको बताउनु भयो। यो क्षेत्र पशुपालनका हिसावमा पनि महत्वपूर्ण रहेका पुर्वराजा शाहको भनाइ छ। यहाँको जडबुटिको पनि उत्तिकै महत्व रहेको उहाँले बताउनु भयाे ।
उहाँले बजारीकरण गर्न तीनवटै सरकारको ध्यान जान जरुरी रहेका बताउनु भयो। आज देश कता जाँदै छ, पत्तो छैन । देश परनिर्भतामा रहेको छ । युवाहरु विदेसिनु पर्ने अवस्था छ । अव देश बनाउने जिम्मा नागरिकको काधमा आएको शाहको भनाइ थियो ।
एकदिनको जुम्ला बसाइको क्रममा पूर्वराजा ज्ञानेन्द्रले चन्दननाथ मन्दिरकोसमेत दर्शन गरेर फर्किनु भयो ।




