• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपालगन्ज-अयोध्या साइकल यात्रा


  •   आइतबार, चैत २५, २०८० मा प्रकाशित
  • नेपालगन्ज । नेपाल र भारतबिच धार्मिक पर्यटन प्रवर्द्धन गर्दै बढी भन्दा बढी भारतीय धार्मिक पर्यटक नेपालगन्ज भित्र्याउने उद्देश्यका साथ नेपालगन्ज साइक्लिङ्ग क्लबले नेपालगन्ज–अयोध्या साइकल यात्राको आयोजना गरेको छ ।

    Advertisement

    भारतीय नागरिकलाई नेपालगन्जको प्रसिद्ध धार्मिक शक्तिपीठ बागेश्वरी मन्दिरसम्म ल्याउन र नेपालगन्जदेखि भारतको अयोध्यास्थित राम मन्दिरसम्म नेपालीहरूलाई सहज रूपमा दर्शन गराउन प्रचारप्रसार गर्ने उद्देश्यले सो साइकल यात्रा गरिएको नेपालगन्ज साइक्लिङ्ग क्लबका पूर्व अध्यक्ष गगन थापाले बताउनुभयो । उहाँले सो यात्रामा नेपालगन्ज साइक्लिङ्ग क्लबका कोषाध्यक्ष राजेश गुप्ताको नेतृत्वमा ६ सदस्यीय साइकल टोली साइकलमै अयोध्यास्थित राम मन्दिर पुगेको बताउनुभयो ।

    नेपालगन्जको वागेश्वरी मन्दिरबाट यात्रा सुरु गरेर सो टोली भारतको अयोध्यास्थित राम मन्दिरसम्म पुगेको छ । टोलीलाई पहिलो चरणमा बागेश्वरी मन्दिरबाट बिदाइ गरिएको थियो भने दोस्रो चरणमा नेपाल भारत नाका जमुनाहाबाट बिदाइ गरिएको नेपालगन्ज साइक्लिङ्ग क्लबका पूर्व अध्यक्ष थापाले बताउनुभयो । उहाँले जमुनाहा नाकामा बिदाईका क्रममा क्लबका साईकलिस्टहरूको टोलीलाई भारतको बाबागन्जसम्म स्कटिङ्ग गरेर पुर्‍याइएको बताउनुभयो ।

    नेपालगन्जदेखि अयोध्याको दुरी १८० किमी छ । नेपालगन्ज साइक्लिङ्ग क्लबका कोषाध्यक्ष गुप्ताको नेतृत्वमा अयोध्या गएको टोलीमा क्लबका सदस्यहरू बाबुराम विश्वकर्मा, पुष्पराज न्यौपाने, प्रदीप बाहुन, विवेक यादव र रोहित चौहान सहभागी हुनुहुन्छ । टोलीले अयोध्यामा पुगेर बागेश्वरी मन्दिरको महत्त्व बारे त्यहाँका सन्त महन्त लगायत अगुवा व्यक्ति र संस्थाहरूलाई जानकारी गराउने काम गरिरहेको क्लबका पूर्व अध्यक्ष थापाले बताउनुभयो ।

    नेपालगन्ज–अयोध्या साइकल यात्राले दुवै ठाउँबिच धार्मिक पर्यटनको विकासमा ठुलो टेवा पुर्‍याउने विश्वास गरिएको नेपालगन्ज पर्यटन प्रवर्द्धन मञ्चका संयोजक कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले भारतीय धार्मिक पर्यटकलाई ठुलो सङ्ख्यामा आकर्षित गर्ने योजना बनाएर काम गर्न सके त्यसबाट देशकै आर्थिक अवस्था बलियो हुने बताउनुभयो।

    नेपालगन्ज साइक्लिङ्ग क्लबले पर्यटनको विकासका लागि टुर दी ठाकुरद्वारा लगायत विभिन्न धार्मिक र ऐतिहासिक महत्वका स्थानहरूसम्म साइकल यात्राको आयोजना गर्दै आएको क्लबले जनाएको छ ।

    आइतबार, चैत २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer