• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अब न्यायाधीश बन्न ४० अंक ल्याए पुग्छ


  •   सोमबार, चैत २६, २०८० मा प्रकाशित
  • काठमाडौं । जिल्ला न्यायाधीशका लागि परीक्षा लिन थालेको ८ वर्ष भयो । तर अहिलेसम्म जम्मा १६ जना परीक्षा पास गरेर न्यायाधीश भएका छन् । पछिल्लो पटक २९ जिल्ला न्यायाधीशका लागि १६ देखि २० साउनमा परीक्षा भएको थियो, तर २११ जना परीक्षार्थीमध्ये एक जना मात्र उत्तीर्ण भए ।

    Advertisement

    न्याय सेवा आयोग ऐन अनुसार पदपूर्ति गर्नुपर्ने कूल सिटमध्ये ४०/४० प्रतिशत न्याय सेवाको राजपत्रांकित द्वितिय श्रेणी पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृत र कानुनमा स्नातक गरेर आठ वर्ष निरन्तर वकालत गरेका कानुन व्यवसायीका लागि छुट्याइन्छ । उनीहरूले परीक्षामा न्यूनतम ५० अंक ल्याउनुपर्छ ।

    तर पछिल्लो परीक्षाहरुमा ५० होइन, ४० कटाउन समेत परीक्षार्थीलाई मुस्किल परेको छ । त्यसैले न्यायाधीश हुन अब ५० को सट्टा ४० अंक ल्याए पुग्ने भएको छ ।

    केही नेपाल ऐन संशोधन विधेयकमा सरकारले प्रचलित (न्याय सेवा आयोग) ऐन को दफा १३ को उपदफा ४ मा संशोधन गर्दै ‘जिल्ला न्यायाधीश पदमा नियुक्तिको लागि सिफारिस गर्न आयोगले लिने परीक्षामा उत्तीर्ण हुनको लागि प्रत्येक पत्रमा कम्तीमा ४० प्रतिशत अंक प्राप्त गर्नु पर्नेछ’ भन्ने संशोधन ल्याएको थियो । विधेयकमाथि दफावार छलफल गरिरहेको कानुन न्याय तथा मानव अधिकार समितिले आइतबार यसलाई पास गरेको छ ।

    उतिर्णाङ्क घटाएपछि परीक्षामा पास भएकाहरु नै न्यायाधीश हुने कानुन मन्त्री पदम गिरीको विश्वास छ । अन्य सेवामा पास हुनका लागि ४० अंक भए पुग्ने तर, न्याय सेवामा ५० अंक ल्याउनैपर्ने प्रावधान आफैंमा अमिल्दो भएको उनले बताए ।

    ‘अन्य सेवामा पास हुनका लागि ४० प्रतिशत भए पुग्छ । लोक सेवाको परीक्षामा ४० प्रतिशत ल्याए पास भइन्छ । तर, न्यायाधीशका लागि भने न्यूनतम ५० प्रतिशत ल्याउनैपर्ने विषय त्यति व्यवहारिक देखिएन’ आइतबार कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले भने ।

    कानुन मन्त्रालयका सचिव फणिन्द्र गौतमका अनुसार न्याय सेवा आयोगले प्रचलित व्यवस्था संशोधन गरेर उत्तीर्णाङ्क ४० मा झार्न सुझाव पठाएको थियो ।

    हालको पाठ्यक्रमअनुसार जिल्ला न्यायाधीश हुन चार वटा विषयको परीक्षा पास गर्नुपर्छ, जसमा विधिशास्त्र, संवैधानिक कानुन र कानुन प्रणालीको विषय हुन्छ । देवानी कानुन तथा कार्यविधिको परीक्षा दिनुपर्छ । फौजदारी कानुन र कार्यविधि तेस्रो पत्रमा राखिएको छ । चौथो पत्रमा मिसल खण्ड राखिएको हुन्छ ।

    कसरी नियुक्त हुन्छन् न्यायाधीश ?

    संविधानको धारा १४९ अनुसार जिल्ला न्यायाधीश तीन तरिकाबाट नियुक्त हुन्छन् ।

    पहिलो, रिक्त पदमध्ये २० प्रतिशत कानुनमा स्नातक उत्तीर्ण, न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृत मध्येबाट ज्येष्ठता, योग्यता र कार्यक्षमता मूल्यांकनका आधारमा न्यायाधीश नियुक्त हुन्छन् ।

    दोस्रो, ४० प्रतिशतमा न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतले खुला प्रतियोगितात्मक परीक्षामा भाग लिन पाउँछन् । उतिर्ण भएकामध्ये बढी नम्बर ल्याउनेहरु न्यायाधीश नियुक्त हुन्छन् ।

    तेस्रो, बाँकी ४० प्रतिशत खुल्ला परीक्षा हुन्छ, जहाँ कानुनमा स्नातक गरेर कम्तीमा आठ वर्ष निरन्तर वकालत गरेका कानुन व्यवसायीले परीक्षा दिन पाउँछन् ।

    ज्येष्ठता, योग्यता र कार्यक्षमता मूल्यांकनका आधारमा नियुक्ति पाउने सम्भावना कम भएका अधिकृतहरु खुला परीक्षामा सहभागी हुने गरेका छन् । तर खुला परीक्षामा पास गर्नेहरुको संख्या न्यून भएपछि खाली भएको सिटमा ज्येष्ठता, योग्यता र कार्यक्षमता मूल्यांकनका आधारबाट नियुक्ति गरिन्छ ।

    यसो गर्दा परीक्षामा फेल भएकाहरु समेत न्यायाधीश नियुक्त हुन थालेपछि आलोचना समेत भयो । फेल भएकाहरुलाई न्यायाधीश हुन नदिन पनि उत्तीर्णाङ्क घटाउनु परेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको तर्क छ ।

    सरकारको तर्कमा संसदीय समिति पनि सहमत भयो । अब यो व्यवस्था अब प्रतिनिधि सभा हुँदै राष्ट्रिय सभामा पुग्छ । राष्ट्रिय सभाबाट पनि पास भए सभामुख हुँदै प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयक कानुनमा रुपान्तरित भएर न्यायाधीशका लागि लिइने परीक्षामा पास हुन ४० अंक मात्र ल्याए पुग्ने व्यवस्था कार्यान्वयनमा आउँछ ।

     

    सोमबार, चैत २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer