काठमाडौं । आज पहाडी इलाकाका थोरै स्थानमा हल्का वर्षा तथा कोशी र मधेशका तराईमा हावाहुरीको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
पश्चिमी र स्थानीय वायुको प्रभावका कारण आज दिउँसो कोशी र मधेश प्रदेश तथा देशको पहाडी भेगमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। पहाडी भेगका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
आज राति कोशी र मधेश प्रदेश तथा देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकीका पहाडी भेगका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।




